Saturday, December 15, 2018

द पावर(नेपाली क्रिकेटको सफलताका धरोहर)ले खेलाडी जीवनबाट विसाए व्याट र बल


शक्तिदाइले खेलाडी जीवनबाट सन्यास लिदै गर्दै टि यु खेल मैदानमा लिएको सेल्फी 
#शक्ति_गौचन
एउटा यस्तो नाम,जस्ले खेलले मात्र नभै आफ्नो शान्त स्वाभाब र हसिलो अनुहार अनि नेपालको लागि १९ बर्स खेली नेपाललाई एक दिबसिय मान्यता सम्म ल्याई पुर्याई,आफ्नो खेल जीवनबाट सन्यास लिए।खाइ नखाइ अभाबै अभाबमा खेलेर पनि देशलाइ यहाँसम्म पुराउने मुख्य भुमिका शक्ति दाइको पनि थियो । विपक्षि ब्याटम्यानले अरु बलरलाइ कुटिरहेको बेला शक्ति दाइले अनेकौ पटक सम्हालेको याद ताजा छ । सलुट छ दाइ तपाइलाइ देशले शधै सम्झनेछ ❤️


वि सं २०४१ बैशाख १०गते भैरहवाकामा जन्मिएका दायाँ हाते लेग स्पिनर शक्तिले अभिभावकसँग भारतको मुम्बईमा बस्दा बल र ब्याट समाएका थिए । मुम्बईमै उमेर समूहको क्रिकेट खेलेका उनले सन् २००० मा यू–१७ टोलीको नेतृत्व गर्दै नेपाली क्रिकेटको यात्रा आरम्भ गरेका थिए । ‘बाबु’, ‘शक्ति, द पावर’, ‘घुचु’, ‘हुटिया’ उपनामले चिनिने शक्तिले सन् २००२ मा भएको एसीसी ट्रफीमा ओमनविरुद्ध नेपाली राष्ट्रिय टोलिबाट डेब्यू गरेका थिए ।
पाली क्रिकेटले अन्तर्राष्ट्रिय जगतमा सफलता पाउन थालेदेखिको निरन्तर स्तम्भ र साक्षी हुन शक्ति गौचन । भैरहवाको टोलीबाट उदाएका यि प्रतिभाले नेपाली क्रिकेटलाई लगभग दुई दशक साथ दिए । यही दुई दशक लामो यात्रालाई विश्राम दिदै शक्तिले सक्रिय खेलाडी जीवनबाट शनिबार हात उठाएका छन् शक्तिले साउनमा नेदरल्यान्ड्सविरुद्धको एकदिवसीय शृंंखला आफ्नो अन्तिम अन्तर्राष्ट्रिय खेल हुने घोषणा गरेका थिए।एकदिवसीय मान्यता पाएपछि नेपाली राष्ट्रिय टोलीले नेदरल्यान्ड्ससँग पहिलो खेल खेल्ने तयारी गर्दै थियो। सोही खेल शक्तिका लागि राष्ट्रिय टोलीबाट अन्तिम अन्तर्राष्ट्रिय खेल थियो। नेदरल्यान्ड्स भ्रमणको पहिलो खेलमा हार बेहोरेको नेपालले दोस्रो खेलमा जितका साथ शृंखला बराबरी गर्दा शक्तिको अन्तर्राष्ट्रिय भ्रमणले पनि सुखद बिट मारेको थियो।
The Power Shakti Gauchan

शक्ति घरेलु मैदानमा हुने अन्तर्राष्ट्रिय खेलपछि घरेलु समर्थकमाझ खेलजीवनबाट बिट मार्ने चाहनामा थिए। तर नेपाल क्रिकेट संघ (क्यान) को अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) बाट निलम्बन र नेपालमा अन्तर्राष्ट्रिय टोलीको भ्रमणका लागि कतैबाट पनि पहल नहुँदा शक्तिले एभरेस्ट प्रिमियर लिग (इपिएल) नै खेलजीवनको अन्तिम प्रतियोगिता र चितवन टाइगर्स अन्तिम प्रतिद्वन्द्वी हुने निधो गरे।
कीर्तपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा जारी एभरेस्ट प्रिमियर लिग (इपिएल) मा शक्तिको टोली पोखरा राइनोजले समूहको अन्तिम खेलमा चितवन टाइगर्सलाई ७ विकेटको नतिजा सुम्पिएसँगै उनको सुखद बिदाइ लक्ष्य पूर्ण हुन सकेन। अन्तिम खेलमा पोखराले नियमित कप्तान काइल कोइट्जरको स्थानमा उनलाई कप्तानको जिम्मेवारी दिएको थियो।
प्रतियोगिताको सुरुआती ४ खेल गुमाएसँगै पोखरा यसअघि नै प्रतियोगिताबाट बाहिरिसकेको थियो। प्रतियोगिताको ५ खेलमा गरी १८.५ ओभर बलिङ गरेका शक्तिले मात्र २ विकेट लिए। बिदाइको क्षणमा आफूलाई सम्हाल्न नसक्दा खेलमैदानमै उनको आँसु झर्यो। उनको भावुक क्षणलाई उपस्थित सबैले अनुभूत गरे। शक्तिलाई पोखरा राइनोज र चितवन टाइगरका खेलाडीले काँधमा राख्दै मैदानवरपर घुमाए। सो क्रममा उनले नेपालको झन्डा काँधमा बोकेर आँसु झार्दै दर्शकलाई अभिवादन गरेका थिए।
‘मेरो एउटै चाहाना थियो, घरेलु समर्थकमाझ खेलजीवनलाई पूर्णविराम लगाउने,’ शक्तिले भने, ‘एटटा खेलाडीले सधैं खेलजीवनको सुखद अन्त्य चाहन्छ। तर मेरो हकमा भने त्यो भएन। मैले राष्ट्रिय स्तरको प्रतियोगिताबाटै खेल जीवन टुंग्याउने निर्णय लिएको हुँ।’

शक्तिले १९ वर्षे खेलजीवनबाट टाढा भए पनि आफू क्रिकेटबाट भने कहिल्यै टाढा नहुने बताए। शक्तिले अब आफ्नो लक्ष्य नेपाललाई १० वर्षभित्र टेस्ट राष्ट्रको मान्यता दिलाउनु रहेको बताए।

‘हामीले अहिले एकदिवसीय राष्ट्रको मान्यता पाएका छाैं, यो ठूलो उपलब्धि हो। अब मेरो सपना र लक्ष्य भनेको नेपाललाई आगामी १० वर्षभित्रमा टेस्ट राष्ट्रको मान्यता दिलाउनु हो,’ शक्तिले भने, ‘त्यसको लागि म हरेक क्षेत्रबाट लागिपर्नेछु।’


उनले सम्पूर्ण नेपाली क्रिकेट समर्थकलाई धन्यवाद व्यक्त गरे। चितवनविरुद्धको खेलमा शक्तिले ४ ओभरमा २५ रन दिए पनि विकेट भने प्राप्त गर्न सकेनन्। पोखराको इनिङमा उनी १ रनमा अविजित रहेका थिए।
नेपाली क्रिकेटका पावरको विश्राम

अगामी दिन अझ शसक्त रहनु शक्ति दाइ
नेपाली क्रिकेटलाई यो स्थानसम्म ल्याई पुर्याएर आफ्नो जिम्मेवारी नयाँ पुस्तालाई सुम्पने तपाईको यो निर्णयको स्वागत सँगै सुखद भविष्यको शुभकामना।
तपाईको योगदानलाई नेपाली क्रिकेट जगतले कहिले बिर्सने छैन।









Monday, November 26, 2018

सामाजिक सुरक्षा योजना बारे जानकारी

#योगदानका_अाधारमा_सामाजिक_सुरक्षा_भनेको_के_हो?

~६० वर्ष नाघेपछि आजीवन पेन्सन
व्यवसायजन्य रोग/दुर्घटनाको सबै खर्च भुक्तानी
काठमाडौँ — निजी क्षेत्रमा कार्यरत श्रमिकलाई अवकाशपछि आजीवन निवृत्तिभरण (पेन्सन) को व्यवस्थासहित सरकारले योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम लागू गरेको छ, यसको औपचारिक सुरुवात सरकारले मंगलबारदेखि गर्दै छ!

~श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले रोजगारदाता र श्रमिकको योगदानमा स्थापना गरेको सामाजिक सुरक्षा कोषबाट वृद्ध अवस्था, औषधि उपचार, स्वास्थ्य तथा मातृत्व, दुर्घटना तथा अशक्तता र आश्रित परिवार सुरक्षा योजना कार्यक्रम सुरु गरेको हो, ‘निजी क्षेत्रका कम्तीमा ३५ लाख श्रमिकको सामाजिक सुुरक्षा ग्यारेन्टी गर्न कार्यक्रम लागू गरिएको हो,’ श्रममन्त्री गोकर्ण विष्टले भने, ‘श्रमजीवी वर्ग नयाँ युगमा प्रवेश गर्नेेछ ।’

~सामाजिक सुरक्षा कोषबाट आजीवन पेन्सनलगायत सुविधा पाउन श्रमिक र तिनको रोजगारदाता कम्पनीले कोषमा जागिर अवधिभर निश्चित रकम योगदान गर्नुपर्नेछ । कोषमा झन्डै १९ अर्ब ३३ करोड रुपैयाँ जम्मा भइसकेको छ । अर्थ मन्त्रालयले सामाजिक सुरक्षाका लागि निजी र सार्वजनिक क्षेत्रका सम्पूर्ण कामदारको मासिक तलबबाट एक प्रतिशत रकम कोषमा जम्मागर्दै आएको छ!

~श्रमसचिव महेशप्रसाद दाहालका अनुसार कोषमा प्रतिमहिना डेढ अर्ब थपिँदै जानेछ । ‘यो सबभन्दा ठूलो कोष हुनेछ । सञ्चयकोषमा योगदान गर्ने ६ लाख छन् । यसमा एकै पटक ३५ लाखको योगदान हुनेछ,’ उनले भने, ‘तत्काल उद्योग/प्रतिष्ठानमा कार्यरत श्रमिकले कोषमा नियमित रूपमा तलबबाट निश्चित रकम जम्मा गरी सामाजिक सुरक्षा कार्यक्रममा सहभागी हुन पाउनेछन!

~अनौपचारिक क्षेत्रलाई बिस्तारै समेट्दै लैजाने योजना छ ।’ वृद्ध अवस्था सुरक्षा योजनाअन्तर्गत कोषमा योगदान गर्ने श्रमिकले ६० वर्ष कटेपछि निवृत्तिभरण (पेन्सन) वा एकमुष्ट रकम बुझ्न पाउने व्यवस्था गरिएको छ । ‘१५ वर्ष निरन्तर योगदान गरेका श्रमिकले यस्तो सुविधा पाउनेछन् । त्यसका लागि एउटै रोजगारदातासँग श्रम गर्नु पर्दैन,’ श्रमसचिव दाहालले भने,

~कोषमा रोजगारदाताले श्रमिकको आधारभूत पारिश्रमिकको १० प्रतिशत सञ्चयकोषबापत र ८.३३ प्रतिशत उपदानबापत समेत गरी जम्मा १८.३३ प्रतिशत रकम र श्रमिकले सञ्चयकोषबापत गर्नेे १० प्रतिशत योगदान गरी जम्मा २८.३३ प्रतिशत रकमबाट वृद्ध अवस्था सुरक्षा योजना सञ्चालन गरिनेछ!

~योगदानकर्ताले श्रम नियमावलीबमोजिम २०७४ भदौ १९ अगाडिको उपदानबापत प्राप्त गर्नेे रकम रोजगारदाताबाट भुक्तानी लिई त्यसभन्दा पछाडिको उपदान रकम मात्र यस योजनाका लागि पठाउनुपर्नेछ!

~२०७६ साउन १ गतेपछि कार्यरत श्रमिकले यो सुविधा पाउनेछन् । ‘हाल सञ्चयकोष र उपदान प्राप्त गरिरहेका श्रमिकहरूले चाहेमा वा यस योजनामा सहभागी हुने भनी उनीहरूका प्रतिष्ठानमा सामूहिक सम्झौता भएको अवस्थामा समावेश हुन्छ,’ उनले भने!

~योगदानकर्ताको अवकाश उमेर पूरा भएपछि कोषमा जम्मा गरेको रकम (रोजगारदाताका तर्फबाट भएको योगदानसमेत) र उक्त रकममा कोषले गरेको लगानीबाट प्राप्त प्रतिफलसमेत जोडी हुन आउने कुल योगलाई १८० महिना (१५ वर्ष) ले भाग गर्दा हुन आउने रकम प्रत्येक महिना निजले जीवनकालभर निवृत्तिभरण पाउने दाहालले बताए!

~योगदानकर्ताको सुविधा प्राप्त गर्ने उमेर नपुग्दै मृत्यु भएमा हकवालालाई कोषमा गरेको योगदान, रोजगारदाताको तर्फबाट भएको योगदान र कोषको लगानीबाट प्राप्त प्रतिफलसमेत जोडी हुन आउने कुल योगदान रकम एकमुष्ट रूपमा प्रदान गरिनेछ!

~अवकाश सुविधा लिने योगदानकर्ताले कोषमा जम्मा गरिएको सञ्चयकोष र उपदानबापतको योगदान रकम, रोजगारदाताको तर्फबाट गरेको योगदान र त्यसमा कोषले गरेको लगानीबाट प्राप्त प्रतिफलसमेत जोडी हुन आउने रकम निज अवकाश हुँदाका बखत एकमुष्ट भुक्तानी पाउने सुविधा रहेको सचिव दाहालले बताए!

~औषधि उपचार, स्वास्थ्य तथा मातृत्व
सामाजिक सुरक्षा कोषमा ६ महिना योगदान गर्ने योगदानकर्ताले औषधि उपचार तथा स्वास्थ्य सुविधा पाउनेछन् तर मातृत्व सुरक्षाबापत सुविधा पाउन १८ महिनाको अवधिमा १२ महिना योगदान गरेको हुनुपर्छ!

~योगदानकर्तालाई चिकित्सकको परामर्श सेवा, अस्पताल भर्ना तथा शल्यक्रियाबापतको शुल्क, रोग परीक्षण तथा उपचारबापतको खर्च, औषधिको बिलबमोजिमको खर्च, योगदानकर्ता वा योगदानकर्ताको श्रीमतीको नियमित गर्भ परीक्षण, अस्पताल भर्ना, शल्यक्रिया तथा तीन महिनासम्मको शिशुको उपचारबापतको खर्च, घरैमा बसी उपचार गराएकामा चिकित्सक वा स्वास्थ्यकर्मीले बिरामीको घरमै गई प्रदान गरेको परामर्श सेवाबापतको शुल्क दिइनेछ!

~‘अस्पतालमा भर्ना भई उपचार गराउनुपर्ने योगदानकर्तालाई वार्षिक रूपमा एक लाख रुपैयाँमा नबढ्ने गरी सुविधाको रकम भर्ना भएको अस्पतालमा सिधै भुक्तानी गरिनेछ,’ उनले भने, ‘अस्पताल भर्ना भई उपचार गराउनुपर्ने अवस्थाबाहेकका योगदानकर्तालाई चिकित्सकको प्रेस्क्रिप्सनबमोजिम वार्षिक रूपमा बढीमा २५ हजार रुपैयाँसम्म प्रदान गरिनेछ ।’

~महिला योगदानकर्ता वा योगदानकर्ताकी पत्नी प्रसूति भएको अवस्थामा प्रसूति स्याहारका लागि प्रतिशिशु एक महिनाको न्यूनतम पारिश्रमिक बराबरको रकम उपलब्ध गराइनेछ । यस्तो रकम २४ हप्ताभन्दा बढी अवधिको गर्भपतन वा मृत शिशु जन्म भएको अवस्थामा समेत प्रदान गरिनेछ ।

~रोजगारदाताबाट पारिश्रमिकसहितको बिरामी बिदा पाउने अवधि (कम्तीमा वार्षिक १२ दिन) भन्दा लामो अवधिसम्म अस्पतालमा बसी उपचार गराउँदा वा चिकित्सकको सिफारिसमा घरमै बसी उपचार गराउनुपर्ने अवस्थाका योगदानकर्ताले आधारभूत पारिश्रमिकको ६० प्रतिशत रकम बिरामीसुविधाबापत पाउनेछन् ।

~रोजगारदाताबाट पारिश्रमिकसहितको प्रसूति बिदा पाउने अवधि (कम्तीमा साठी दिन) बाहेक प्रसूति बिदा बस्नुपर्दा सो अवधिका लागि निजले खाइपाई आएको आधारभूत पारिश्रमिकको ६० प्रतिशतका हिसाबले योगदानकर्तालाई प्रसूति बिदाको रकम सुविधाबापत भुक्तानी गरिनेछ ।

~बिरामी बिदा वा प्रसूति बिदा पाउने अवस्थामा रोजगारदाताको व्यवसाय बन्द भएको वा रोजगारी अन्त्य भएका कारण बिदा पाउने अवस्था नभएमा रोजगारदाताले प्रदान गर्नुपर्ने बिदा अवधिको आधारभूत पारिश्रमिकको ६० प्रतिशत रकम कोषले योगदानकर्तालाई भुक्तानी गर्नेछ ।

~दुर्घटना तथा अशक्तता सुरक्षा योजना
योगदानकर्ता रोजगारीजन्य दुर्घटनामा परी वा व्यवसायजन्य रोगको उपचार गर्दा लाग्ने सम्पूर्ण खर्च कोषले नै बेहोर्ने सचिव दाहालले बताए । रोजगारीजन्यबाहेक अन्य दुर्घटना भएको अवस्थामा कोषले ७ लाख रुपैयाँसम्मको मात्र उपचार खर्च बेहोर्नेछ ।

~अस्थायी पूर्ण अक्षमता भएका योगदानकर्ताले खाइपाई आएको आधारभूत पारिश्रमिकको ६० प्रतिशत बराबरको रकम मासिक रूपमा काममा नफर्कंदासम्म पाउनेछन् । स्थायी अक्षमता भएका योगदानकर्ताको अक्षमताको अनुपातमा खाइपाई आएको आधारभूत पारिश्रमिकको ६० प्रतिशत बराबरको रकमलाई शतप्रतिशत मानी निजको अक्षमता प्रतिशतका आधारमा जीवनकालभर निवृत्तिभरण सुविधाबापत मासिक रूपमा रकम पाउनेछ ।

~स्थायी पूर्ण अक्षमता भएका योगदानकर्ताले खाइपाई आएको आधारभूत पारिश्रमिकको ६० प्रतिशत बराबरको रकम मासिक रूपमा जीवित रहुन्जेल वा आफैं हिँडडुल गर्न नसकेमा हेरचाह गर्ने आश्रित परिवारको सदस्य वा अन्य व्यक्ति वा संस्थालाई भुक्तानी गर्नेव्यवस्था गरेको छ ।

~आश्रित परिवार सुरक्षा योजना
दुर्घटना वा व्यवसायजन्य रोगका कारणबाट योगदानकर्ताको मृत्यु भएमा निजको पति वा पत्नीले योगदानकर्ताको अन्तिम आधारभूत पारिश्रमिकको ६० प्रतिशतका दरले जीवित रहेसम्म निवृत्तिभरण पाउनेछन्, तर यो सुुविधा योगदानकर्ताको पति वा पत्नीले अर्को विवाह गरेमा वा निजको वैकल्पिक रोजगार रहेको अवस्थामा भने दिइनेछैन!

~योगदानकर्ताको मृत्यु भएको अवस्थामा १८ वर्ष उमेर पूरा नभएका सन्ततिले शैक्षिक वृत्तिबापत योगदानकर्ताको अन्तिम आधारभूत पारिश्रमिकको ४० प्रतिशत रकम मासिक रूपमा पाउनेछन् तर एकभन्दा बढी सन्तति सुविधा पाउने अवस्थाको भएमा आधारभूत पारिश्रमिकको ६० प्रतिशत रकमलाई दामासाहीले प्रदान गरिनेछ!

~‘योगदानकर्ताको एकाघरको पति वा पत्नी वा छोरा वा छोरी नभएको तर एकाघर सगोलका आश्रित बाबुआमा रहेछन् भने निजहरूलाई योगदानकर्ताको आधारभूत पारिश्रमिकको ६० प्रतिशत रकम निजहरूको जीवनकालभर मासिक रूपमा कोषले प्रदान गर्नेछ,’ उनले भने, ‘तर बाबुआमा दुवै जीवित भएमा दुवैलाई दामासाहीले सुविधा प्रदान गरिनेछ ।’

~जुनसुकै कारणले योगदानकर्ताको मुत्यु भएमा अन्तिम संस्कारमा आश्रित परिवारलाई २५ हजार रुपैयाँ एकमुष्ट उपलब्ध गराइने उनले बताए!
प्रकाशित : मंसिर ११, २०७५
 #कान्तिपुर

Friday, October 26, 2018

विश्वकप ट्रफि सार्वजनिक गर्ने पहिलो भाग्यमानी नेपाली खेलाडी बने सन्दिप

इङ्ग्ल्याण्ड र वेल्समा सन् २०१९ को मे ३० देखि १४ जुलाइसम्म आयोजना  हुने आइसीसी एकदिवसिय विश्वकपको ट्रफि टुर अन्तर्गत पोखरामा सार्वजनिक गरिएको छ । हिजो साझ काठमाडौको स्वंयम्भुमा राखिएको ट्रफि आज विहान पोखरा पोखरा रंगशाला लगिएको हो|
विश्वकप ट्रफीका साथ युवा लेग स्पिनर सन्दीप लामिछाने












ट्रफिलाई पोखरा स्थित क्रिकेट मैदानमा युवा खेलाडी सन्दिप लामिछानेले सार्वजनिक गरेका थिए । विश्वकप ट्रफि सार्वजनिक गर्ने पहिलो नेपाली खेलाडी बनेका सन्दिप र ट्रफिलाई माछापुच्छ्रेलाई पछाडी पारेर पत्रकारलाई अगाडी राखिएको थियो ।विश्वका २० देशका ६० शहरमा लगिने यो ट्रफि दुबईबाट नेपाल ल्याइएको हो ।

Wednesday, October 24, 2018

पिपिएल विजेतालाई घरेलु क्रिकेट नेपालकै सर्वाधिक २७ लाख रुपैयाँ पुरस्कार


Pokhara Premier League
मार्की प्लेयर

  • LS Dhami
क्विन्स इभेन्ट्सले आयोजनामा  कार्तिक ९ गते शुक्रबार देखि पोखरामा सुरु हुने पोखरा प्रिमियर लिग ( पिपिएल ) टि -२० प्रतियोगिताको विजेताले नेपाली घरेलु क्रिकेटमै सर्वाधिक पुरस्कार राशी पाउने भएको छ। प्रतियोगिताको मुख्य प्रयोजन नमस्ते प्रिमियम बियरले गर्ने आयोजकले प्रेस बिज्ञप्तिमार्फत घोषणा गरेको छ।
लिगमा कुल ६ टोलि सहभागी हुँदै छन् जस अन्तर्गत चितवन राइनोजको मार्की प्लेयर पारस खड्का, बिराटनगर टाईटन्सको मार्की प्लेयर सन्दिप लामिछाने, बुटवल ब्लास्टर्सको मार्की प्लेयर सोमपाल कामि, पोखरा पल्टनको मार्की प्लेयर शरद भेसावकर, धनगढी ब्लुजको मार्की प्लेयर दिपेन्द्र ऐरि तथा काठमाडौँ रोयल्सको मार्की प्लेयर ज्ञानेन्द्र मल्ल रहेका छन्।
घरेलु क्रिकेटमा नेपालकै सर्वाधिक पुरस्कार राशी 
पोखरा प्रिमियर लिगको विजेताले यस अघि घोषणा गरे अनुसार नेपाली घरेलु क्रिकेटमै सर्वाधिक पुरस्कार राशी २७ लाख रुपैयाँ प्रदान गर्ने भएको छ। उपविजेता टोलिले १० लाख रुपैयाँ प्राप्त गर्नेछ।
यस अघि नेपाली घरेलु क्रिकेटमा धनगढी प्रिमियर लिगले ( डिपीएल ) पछिल्लो संस्करणको विजेतालाई सर्वाधिक २५ लाख रुपैयाँ प्रदान गरेको थियो जसलाई पिपिएलले उछिनेको छ। डिपीएलको उपविजेताले भने समान १० लाख रुपैयाँनै पाएको थियो।

Pokhara Cricket Ground
Pokhara Cricket Ground 

उत्कृस्ट ३ खेलाडीलाई सुजुकी जिक्सर बाइक
पिपिएल आयोजक क्विन्स इभेन्ट्सले शनिबार प्रतियोगिताको प्लेयर अफ द सिरिज, बेस्ट ब्याट्सम्यान र बेस्ट बलरले १५५ सिसीको सुजुकी जिक्सर बाइक पाउनेछ। नेपाली क्रिकेटमै एकै प्रतियोगितामा उत्कृस्ट ३ जना खेलाडीले बाइक पाउन लागेको यो नै पहिलो पटक हो।
यस्तै प्रत्येक खेलमा रिलायन्स सुपर टेक सिमेन्ट म्यान अफ द म्याचले नगद १० हजार रुपैयाँ र प्रायोजकहरुबाट (एक्स्टेप, सुबीसु, आदि) ५ हजार बराबरको गिफ्ट विभिन्न ह्याम्परप्राप्त गर्नेछन्। लिगको हरेक खेलको विजेता टिमले रिलायन्स सिमेन्ट विनिङ बोनसस्वरुप नगद पुरस्कार १५ हजार ५ सय रुपैयाँ प्राप्त गर्नेछ।
यसबाहेक प्रत्येक खेलमा क्लियर टिभी क्लियर क्याच विजेताले वार्षिक सुबीसुको प्रिमियम प्याकेज प्राप्त गर्नेछन्। साथसाथै हरेक खेलमा सबैभन्दा कम बलमा अर्धशतक प्रहार गर्नेले सुबीसु फास्टेस्ट ५० विजेताले सुबीसुकोतर्फबाट १ वर्षका लागि हाइ स्पिड इन्टरनेट सुविधा पाउनेछन्।
source:wicketNepal

चीनमा विश्वकै लामो ५५ किमी सामुन्द्रिक पुल सञ्चालनमा

#विश्वकै_लामो_सामुद्रिक_पुल (मेगा ब्रिज)को चिनिया राष्ट्रपति सी जिङ्पिङ्ले उद्घाटन
-५५ किलोमिटर लामो पुलले हङकङ, मकाउ र चीन जोड्ने
-यो पुल बुधबारदेखि खुल्ला । यस पुलले हङकङ, चीन र मकाउबीचको व्यापारमा वृद्धि गर्ने तथा यात्रा सहज हुने आंकलन
*यस पुलको बिशेषता 
-पुलको कुल लागत खर्च: २० अर्ब अमेरिकी डलर
-निर्माण समय: ९ वर्ष
-मजदुर: १४ हजार मजदुर र ३ सय जहाज परिचालित
-क्षमता: आठ रेक्टर स्केलको भूकम्प तथा सामुद्रिक आंधी समेत थेग्न सक्ने
-निर्माण सामग्री: ४ लाख टन स्टिलको प्रयोग

Monday, October 22, 2018

सन्दीपको अर्को छलाङ::बिग बास खेल्ने पहिलो एसोसिएट राष्ट्रको खेलाडि

sandeep with Universe Boss Chris Gyle
Sandeep Ipl

आईपीएलमा दिल्लीबाट खेलेका सन्दिपले ३ खेलमा ५ विकेट लिएका थिए भने ग्लोबल टि-२० लिगमा मोन्टरियल टाइगर्सको लागि खेल्ने क्रममा ५ खेलमा ८ विकेट लिएका थिए। यस्तै क्यारेबियन प्रिमियर लिगमा सेन्ट किट्स एण्ड नेभिस पेट्रीएट्सको लागि उनले ५ खेलमा कुल ७ विकेट लिएका छन्। सबै लिगमा सन्दिपको इकोनोमी राम्रो रहेको छ भने टिमको महत्वपूर्ण खेलाडीको रुपमा आफुलाई प्रमाणित गरेका छन्।


Sandeep with Michael Clarke
नेपाली लेग स्पिनर सन्दिप लामिछाने आइपीएल पछि बिश्वकै दोश्रर्चित अष्ट्रेलियाको घरेलु टि-२० प्रतियोगिता बिग ब्यास लिग खेल्ने पहिलो नेपाली खेलाडी बनेका छन्।
योसंगै सन्दिप बिग ब्यास लिग खेल्ने पहिलो एसोसिएट खेलाडी समेत बनेका छन्। प्रतियोगिता यहि डिसेम्बर १९ बाट सुरुहुँदै छ।
गत बर्ष इन्डियन प्रिमियर लिगमा दिल्ली डेयरडेभिल्सको प्रतिनिधित्व गरेसंगै सन्दिप विश्वभरका ट्वान्टी-२० लिगमा सहभागी हुँदै आएका छन्। क्यानडाको ग्लोबल टि-२०, क्यारेबियन प्रिमियर लिग (सिपिएल), अफगानिस्तान प्रिमियर लिग (एपिएल) खेलीसकेका सन्दिप केहि महिनापछि आयोजना हुने टि-१० लिगका लागि समेत छनौट भएका छन्।
अष्ट्रेलियाको घरेलु टि-२० प्रतियोगिता बिग ब्यासका लागि सन्दिप लामिछानेलाई मेलबर्न स्टारले अनुबन्धन गरेको हो। सन्दिपले बिग ब्यास लिग खेल्ने आफ्नो सपना रहेको समेत समय समयमा बताउंदै आएका थिए।
बिग ब्यास लिग खेले बापत सन्दिपले कति पैसा पाउनेछन् भने सार्वजनिक गरिएको छैन।
सन्दिपको टोलि मेलबर्न स्टारबाट ग्लेन म्याक्स्वेल, मार्कस स्टोइनिस, पिटर ह्यान्डसकम्ब, एडम जाम्पा, केभिन पिटरसन् जस्ता स्टार खेलाडीले खेलिसकेका छन्। स्टार्सले अहिलेसम्म प्रतियोगिताको उपाधि जित्न सकेको छैन।

बंगलादेश प्रिमियर लिगमा पनि सन्दिपको नाम :
यसै बीच बंगलादेशको घरेलु ट्वान्टी-२० प्रतियोगिता बंगलादेश प्रिमियर लिग (बिपिएल) मा समेत सन्दिप लामिछाने छनौट भएको खबर बाहिरिएको छ। प्रख्यात क्रिकेट साइट क्रिकइन्फो डट कमले उल्लेख गरे अनुसार सन्दिप लामिछानेले सिल्हेट सिक्सरको लागि प्रतियोगिता खेल्नेछन्। यस बिषयमा आधिकारिक जानकारी भने पुष्टि भैसकेको छैन।

पछिल्लो समयमा सर्वाधिक सफल नेपाली क्रिकेटर बन्नेक्रममा सन्दिपले इन्डियन प्रिमियर लिग (आइपिएल) बाट अन्तर्राष्ट्रिय फ्रेनचाइज क्रिकेट यात्रा सुरु गरेका थिए। नेपाली लेग स्पिनर यस अघि इन्डियन प्रिमियर लिग ( आईपीएल ), ग्लोबल टि-२० क्यानडा र क्यारेबियन प्रिमियर लिग टि-२० खेलीसकेका छन्। इन्डियन प्रिमियर लिगमा सन्दिप २० लाख भारतीय रुपैयाँमा बिक्रि भएका थिए भने क्यारेबियन प्रिमियर लिगमा ५ हजार डलर तथा ग्लोबल टि-२० लिग क्यानडामा ४० हजार डलरमा ड्राफ्टबाट सन्दिप छानिएका थिए।

Sunday, October 21, 2018

प्रिय सुफि एक पढ्नै पर्ने पुस्तक

प्रिय सुफी' पढी सक्दा केही आँशु रित्तियो, जिवनलाई प्रेम गर्दै जिउने कला र पाठ पनि सिकियो. 
Thank You so Much 🙏 @Subin Dai
केही मैले टिपेका महत्त्वपूर्ण 
-----LS---Dhami---------
-----------------
1.जब हामी एक्लै सपना देख्छौ त्यो मात्र सपना हो, तर जब हामी साथमा सपना देख्दछौ त्यो सत्यताको शुरूवात हो|
2.जसको भाग्यमा जसको प्रेम जति लेखिएको हुन्छ, त्यो भन्दा बढी रोएर, कराएर, हप्काएर, धुतेर, खोसेर लिन खोजे पनि सकिन्न।
3.अाफ्नै अनुभवको युनिभर्सिटीमा जिन्दगी नाउँको विषय पढिराख्नु, 
एकदिन पास हुनेछौ।
4.प्रेम पाएको मान्छेले पो प्रेम दर्शाउन सक्छ । प्रेम नै नपाएको मान्छेले प्रेम बदलामा प्रेम नै कहाँ फर्काउन सक्छ |
5.आसुले दु:ख बोल्छ ,हासोले सुख बोल्छ,शब्दले भाव बोल्छ।तर मौनताले पोल खोल्छ।
6.संसारमा म फैलिएर बाच्ने छु ।यति फैलने छु कि सारा संसार नै मेरो लागी साघुरो होस्। यति उड्ने छु कि आकाशको फैलावट मलाई कम लागोस् । यति हिड्ने छु कि मलाई बाटोहरुले मलाई नपुगोस् । यति बाच्ने छु कि जीन्दगी नअघाओस् ।
7.प्रेममा 'गन्तव्य' मात्र एउटै भएर पुग्दैन,समान 'गति'को पनि खाँचो पर्छ|
8.सामीप्यताले आत्मियता बढाँउछ भने दुरीले झन् दुरी निम्त्याउँदो रहेछ|
9.जीवन अन्धविस्वासले हैन,आत्मविस्वासले चल्छ|
10.मन यस्तो धागो हो जाहा सपनाकै मालाहरु ज्यादा उनिन्छन्।
11.जीवनमा मुखले प्रेम गर्छु भन्नेहरू कदमकदममा भेटिन्छन्  तर  प्रेमको कठोर परीक्षा दिनुपरे सबै दम तोड्ने गर्छन्|
12.मान्छे एउटै कारण ले मरिदिन्छ सोच्दैन बाच्ने हजार कारण हुन्छन् । 
13.सिरानी जतिसुकै नरम लगाउ,बिझाउन छ भने सपनाले पनि  बिझाउछ यहाँ,जति ओखती खाउ दुखाउनु छ भने हावाले पनि दुखाउछ यहाँ|
14.अरूको जीवन बुझ्नमा समय खेर नफाल,तुलनाले मानिसलाई कहील्यै खुशी हुन दिँदैन।
15.राम्रो कामको सुरुवात गर्न ढिलो गर्नुहुन्न । अहिले नै गरे त्यो पूरा हुन्छ । पछि गर्छु भन्यो भने त कुरा मात्र हुन्छ ।
16.प्रेम त त्यस्तो होस जसले मानिसलाई ब्युझावस , तर नबिझावस !!
17.मनको बगैंचा नै सुकेपछि रहरका पुतालीहरु पनि बसाइ सर्दा रहेछन भाग्य मा ठुलो भ्वाङ परेपछि सपना हरु पनि चुहेर सकिदो रहेछन्|
18.बच्चाले दुध खान कुन ईन्स्टिच्युटमा सिक्छ र ?आमाको छाती पनि एउटा  विश्वविद्यालय नै त हो ! 
19.जिन्दगी सोचे जस्तो कसैको हुदैन तर जिन्दगीमा सोच्नु चाहीं कसैले छाड्नु हुँदैन|
20.हरेक मानिस यात्री हो र उसको सबैभन्दा मन मिल्दो सहयात्री ,उ आफै हो ।
21.सम्झनामा तिनैले बलियो घर बनाएका हुन्छन जो  वास्तविकतामा दुरदुरसम्म पनि कहिँ नजर आउनन्न|
22.खुसी त्यो बेला मिल्छ, जब आश नै नराखेको कोही अप्रत्याशित साथ दिनलाई फेला पर्छ। यात्रामा कुरेर भेटिएकाले भन्दा जुरेर भेटिएकाले बढी खुसी दिन्छन् । 
23.संसारमा कोहि मान्छे गलत हुँदैन किनकी सत्यको परिभाषा हरेक मान्छे संग फरक हुन्छ" त्यसैले म भन्छु जो मान्छे संग जे छ ,उ जस्तो छ त्यो ठाँउमा उ ठिक नै छ !
24.तिमी फिल्म स्टार पक्कै होइनौं !
तर तिमी आफ्नो जिबनको सुपरस्टार हौ अनि मेरो जिबनको त झन मेगास्टार बन्दै छौ!
25.जिन्दगी...
तिमीले आँसुको खहरे लिएर आऊ... म मुस्कानको सागर लिएर पर्खिऊँला..। जिन्दगी... तिमी रोगको डढेलो बनेर लाग्यौ भने... म भित्र धैर्यको वर्षा हुनेछ..।।
😍
मैले त पढिसकेपछी आफ्ना मनमा उथलपुथल गरिरगरिरहका यी वाक्यांश  तिप्नै मन लाग्यो तपाईं लाइ त झन बर्षात आउने छ पुरै पढेपछि
त्यसैलाई यो पुस्तक खोजी खोजी पढौ।

Saturday, October 20, 2018

LS Dhami https://ift.tt/2IzfkzJ

देशभरी दशैँकाे चहलपहल : बैतडीका कृषकहरुलार्इ भने ‘खर काट्ने’ चटारो

LS Dhami 
नेपालीहरुको महान् चाड मानिने बडादशैँको चहलपहल जताततै छाइरहेका बेला बैतडीका स्थानीय महिला भने हिउँदका लागि खर काट्ने काममा व्यस्त भएका छन् ।
पछि गहुँ छर्नका लागि खेत तयार पार्ने बेला आउने भएकाले दशैँको महत्वभन्दा पनि उनीहरुले घाँस भित्र्याउने कामलाई निरन्तरता दिएका हुन् । स्थानीय महिलाले छिमेकीसँग पालोपैँचो गरी खर घाँस काट्ने गर्छन् ।
हिउँदे मौसममा गाईभैँसीलाई खुवाउन घाँसको अभाव हुने भएकाले मकैबाली भित्र्याएर खर घाँस भित्र्याउनमा लागेको हरिना साउदको भनाइ छ । यो मौसममा धेरै कामको चटारो हुने भएकाले कामको सिलसिलामा भारत गएका धेरैजसो युवा पनि घर फर्कने गरेका छन् ।
बैतडीका महिला दशैँको रमझममा रमाउनुभन्दा खर काट्नमै व्यस्त रहेका पाइन्छन् । मङ्सिर पहिलो सातातिर वनमा रहेको हरियो घाँसलाई काटेर खर बनाउने कार्य सम्पन्न गर्ने गरिन्छ ।
खर काट्ने बेला कतिपय ठाउँमा भिर भएकाले महिलाले जोखिम मोलेरसमेत खर काट्ने गरेका छन् । हरियो घाँसको लोभमा उनीहरु भिरमा चढेर खर काट्ने भएकाले प्रत्येक वर्ष अप्रिय घटनासमेत हुने गरेका छन् ।

Sunday, October 14, 2018

सुदूरपश्चिमका शैक्षिक धरोहर , आदरणीय गुरु शिवहरी मुडभरी


Image may contain: 3 people, people standing and outdoor
बिचमा आदरणीय गुरु 

हरेक व्यक्तिसंग केही न केही सपना हुन्छन । ठूलो भएपछि यो बन्ने । त्यो बन्ने । र ती सपनासंगै जोडिएर योजनाहरु पनि उसको दिमागमा हुर्किरहेका हुन्छन् ।
तर १२ वर्षसम्म बाख्रा चराएर हुर्केका उनीभित्र त सपनाले हुर्किने अवसर पनि पाएन । तर जीवन न हो । कति बेला कुन मोडमा कहाँ पुग्छ ? कुन मोडले जिन्दगी र जिन्दगीका सपनाहरु बदलिदिन्छ ?
सपना बिहिन तीनै व्यक्ति धेरैका जीवनका सपना पुरा गर्न जीवनको उत्तराद्र्धमा पनि सक्रिय छन् । ती व्यक्ति हुन्, शिवहरी शर्मा मुडभरी ।
२००८ सालमा नुवाकोटको झ्याङ्लीमा जन्मिएका उनी बुवा ऋषिराम शर्मा मुडभरी र आमा शान्तिका उनी एक्ला सन्तान थिए ।
उनी सानै थिए । घरमै अक्षराम्भ भयो । स्कुल भने टेक्न पाएनन । १२ वर्षसम्म गोठालो भएरै बिताए । गोठालो जान्थे । बाख्रा चराउथे । घर नजिक विद्यालय थिएन । अलि ठूलो भएपछि पिताजीले चिनिया खर्कमा रहेको पाठशालामा भर्ना गरिदिए । घरभन्दा निकै टाढा डाडामा पाठशाला थियो । दुई डाडाको खोचबाट हिड्नुपर्ने । डाडामा विद्यालय । विद्यालय जानेबेला आमाले चामल र भुटेको मकै दिएर पठाउथिन । भोक लाग्दा खाएस भनेर । एक कक्षादेखि तीन कक्षासम्म त्यही पढे । विद्यालय आउन जान दुई घण्टा भन्दा बढि लाग्थ्यो । आमाको माया । छोराले दुःख पायो भनेर आमाले भनिन्, भो यति दुःख गरेर पढ्न पर्दैन । उनको विद्यालय छुट्यो ।
उनी १५ वर्षका भए । आमाले उनलाई पढाउन काठमाण्डौं लगिन । भोटाहिटीमा रहेको बालकुमारी विद्यालयमा कक्षा तीनमा भर्ना गरिए । केही समय आमा त्यही बसिन । तर पछि एक्लै छोडेर आमा फर्किइन । उनी डेरामा बस्थे । आफै खाना बनाउथे । राशन सकिएपछि नुवाकोट फर्किन्थे । निधारमा नाम्लो । पिठ्युमा डोको । डोकोमा राशन । यसरी थुपै्र पटक राशन बोके । एक दिनमा घरबाट काठमाण्डौं पुग्थे । पाँच कक्षासम्म यसरी पढे ।
उनी काठमाण्डौंमै थिए । उनका बुवाका काका पर्ने नेपालगञ्जमा कन्जरभेटर थिए । कन्जरभेटरसंगै कैलाली घुम्न आएका उनका बुवा त्यसपछि नुवाकोट फर्किएनन । कैलालीको पवेरामा जग्गा किने । र यतै बस्न थाले । केही समयपछि उनकी आमा पनि कैलाली आईन । पछि उनी पनि कैलाली पुगे ।
र उनी हसुलियामा रहेको छिमानन्द प्राविमा ६ कक्षामा भर्ना भए । उनका बुवा गाँउमा जमिसकेका थिए । सबैले उनका बुवालाई सुबेदार बाजे भनेर सम्बोधन गर्ने । त्यतिबेला प्रत्येक गाँउमा एक जना महाजन हुन्थे । सबै मुस्लिम । ती मध्येका एक थिए,जहुर अहमद । जोसंग उनका बुवाको राम्रो सम्बन्ध थियो । उनका बुवाले जहुरसंगै छोरालाई पढाउन बरेली पठाए । जहुर बरेलीका बासिन्दा थिए । बरेलीको भोजीपुराभित्र एउटा कस्वा थियो, धौरा । धौराहा रहेको जहुरको घरमा बसेर उनले ६ देखि ८ कक्षासम्म पढे । त्यसपछि उनी बरेली आए । कुवँर दयाशंकर एडवर्ड मेमोरियल कलेज भर्ना भए । त्यहीबाट १० कक्षा पास गरे । त्यसपछि उनी काठमाण्डौं पुगे । ११ कक्षामा नेपाल नेशनल कलेजमा भर्ना भए । त्यहीबाट स्नातक गरे । त्यही कलेज पछि शंकरदेव क्याम्पस भयो । र कानपुर विश्व विद्यालयबाट अर्थशास्त्रमा डिग्री गरे ।
उनी २१ वर्षका थिए । लोकसेवाको परीक्षा खुल्यो । जनकपुर चुरोट कारखाना(जचुकाली),तत्कालिन शाही नेपाल वायु सेवा निगम, नेपाल औद्योगिक विकास निगम(एनआईडिसी) को संयुक्त आवदेन थियो । आवदेन भरे । परीक्षा दिए । पास भए । उनले जचुकालीमा चौथो तहको जागीर रोजे । मासिक तलव थियो, १८० रुपैया ।
जचुकालीको जागीर खाएपनि उनको रुची शिक्षण पेशामा थियो । शुरुमा पढाउनु सौख थियो । पछि त्यही सोख आदत बनिसकेका थियो । पढाउनै पर्ने एक किसिमको अम्मल जस्तो । गाँउमा केही समय आराम गर्छु भनेर गएका थिए । त्यहाँ पनि खाली बस्न सकेनन । मनमनै सोचे– पढाउन नपाएपछि म त बहुलाउछु । गाँउकै विद्यालयमा केही समय पढाए ।
जचुकालीका जागीरे । सरुवा भईरहन्थ्यो । तर सरुवा भएर जहाँ पुग्थे । त्यही पढाउन थाल्थे । उनी जहाँ गए पढाए ।
काठमाण्डौंबाट जागीर शुरु गरेका उनी त्यहाँबाट सरुवा भएर धनगढी आए । धनगढीबाट सरुवा भएर पुगे, महेन्द्रनगर ।
महेन्द्रनगरमा जचुकालीको जागीरसंगै सिद्धनाथ बहुमुखी क्याम्पसमा पढाउन शुरु गरे । त्यहाँबाट उनको सरुवा भयो, धनकुटा । धनकुटा छदा त्यही पढाए । र फेरि कञ्चनपुरमा आए । उनले अध्यापनलाई फेरि जोडे । केही वर्षपछि चितवन सरुवा भयो, त्यहाँ बालकुमारीमा पढाए । चितवनबाट सरुवा भएर पुगे, पुरानै ठाउ, महेन्द्रनगर । सिद्धनाथसंग त उनको पुरानो मोह । पढाउन किन छोड्थे । पढाउन थाले । जचुकालीको सातौ तहको अधिकृतबाट उनले २०५१ सालमा राजिनामा दिए । र फर्के हसुलिया । गाँउ फर्के । मन त उही थियो ।
रामदास सरसंग आग्रह गरेर आफैले पढेको छिमानन्द प्राविमा पढाउन थाले । उनी गाँउमा पढाईरहेको थाह पाएपछि धनगढी उपमहानगरपालिकाका तत्कालिन मेयर स्व.किशोर कुमार बम उनलाई भेट्न गाँउमै पुगे । बमले उनलाई ऐश्वर्य विद्या निकेतनको प्रधानअध्यापकको जिम्मेवारी निर्बाह गरिदिन आग्रह गरे । मेयर बमको आग्रह उनले टार्न सकेनन । र २०५३ सालमा उनले ऐश्वर्यको प्रधानअध्यापकको जिम्मेवारी सम्हाले । त्यतिबेला ऐश्वर्यको पढाईको अवस्था नाजुक थियो । प्लस टुमा जम्मा ६ जना विद्यार्थी थिए । ति पनि अन्यत्र जाने मनस्थितिमा थिए । विद्यालय लथालिंग थियो । शिक्षकहरुलाई तलव खुवाउन विद्यालयसंग पैसा थिएन । ऐश्वर्यमा कुल विद्यार्थी संख्या थियो, करीव चार सय ।
जव उनले ऐश्वर्यको जिम्मेवारी हातमा लिए । रातदिन नभनेर खटे । विस्तारै विद्यालयको अवस्था सुधार हुदै गयो । नतिजा पनि राम्रो आउन थाल्यो । विद्यार्थीको संख्या पनि बढ्यो । अभिभावक र विद्यार्थीहरु आकर्षित हुदै गए । प्लस टुमा मानविकी र व्यवस्थापन संकाय थपे ।
माध्यामिक शिक्षा विकास परियोजना मार्फत ल्याव भवन बनाए । जसका लागि तत्कालीन सांसद महेश्वर पाठकले सहयोग गरे । शिक्षाप्रेमी ठेकराज पन्तसंग आग्रह गरी ठेकराज सदन बनाए ।
ऐश्वर्यमा उनकै पालामा बिभागको व्यवस्था भयो । तलव खुवाउन सक्ने अवस्था नरहेको ऐश्वर्यमा उनले शिक्षकको संख्या थपे । र तलव पनि समयमै खाने व्यवस्था गरे । ऐश्वर्यले उनका पालामा भौतिक पूर्बाधार, गुणस्तरमा फड्को मा¥यो । उनले २०५९ सालमा प्रधानअध्यापकको पदबाट राजिनामा दिए । उनले विद्यालय छाड्दा विद्यार्थीको संख्या १२०० पुगिसकेको थियो ।
त्यसपछि उनी शान ईन्टरनेशनलको प्रिन्सिपलको जिम्मेवारी निर्बाह गर्दै काठमाण्डौं पुगे । त्यसको अवस्था पनि नाजुक थियो । सय जना जति विद्यार्थी । बीबीएको मात्र पढाई । लथालिंग अवस्था । उनले त्यहाँ चार वर्ष प्रिन्सिपलका रुपमा काम गरे । त्यो अबधिमा उनले नेपालमै पढाई नहुने माईक्रो बायोलोजीको पढाई शुरु गरे । गुणस्तरमा अब्बल बनाए । विद्यार्थी संख्या सयबाट चार सय पुग्यो । र उनी त्यहाँबाट पनि बिदा भए । उनी जहाँ जान्थे । त्यहाँ राम्रो छाप छोड्थे ।
शान ईन्टरनेशनलपछि उनी पुनः धनगढी फर्किए । धनगढीमा उनले धनगढी ईञ्जिनियरिङ कलेज(नाष्ट) को प्रमुखको रुपमा जिम्मेवारी सम्हाले । विज्ञान संकाय मात्र सञ्चालन थियो । प्लस र स्नातकमा कुल विद्यार्थीको संख्या थियो, ५९ । एउटा कक्षामा ५÷६ जना विद्यार्थी हुन्थे । बढि विद्यार्थी भएको कक्षामा १५÷१६ जना । विद्यार्थी संख्याले कलेजको आर्थिक अवस्था धान्न सक्ने अवस्था थिएन । शिक्षकहरुले ७÷८ महिनादेखि तलव पाएका थिएनन । उनले दिन भनेनन । रात भनेनन । निरन्तर खटिरहे ।
सिभिल ईञ्जिनियरिङ शुरु गरे । बीबीए थपे । उनले विद्यार्थी नपाएर झण्डै बन्द हुने अवस्थामा रहेको नाष्टलाई उचाईमा पु¥याए । गुणस्तरमा अब्बल बनाए । उनले जिम्मेवारी लिदा भाडाको एउटा घरमा सञ्चालनमा रहेको नाष्टको यतिबेला आफ्नै ६ वटा पक्की भवन छन् । विद्यार्थी संख्या १६०० नाघेको छ । पहिले ८ जना शिक्षक थिए । अहिले ६७ जना छन् ।
पोखरा विश्वविद्यालयको मातहतमा रहेका ५८ कलेजमध्ये नाष्ट १० उत्कृष्ट कलेज भित्र दरिएको छ । र हरेक वर्ष हुने परीक्षामा नाष्टबाट युनिभर्सिटिमा उत्कृष्ट नतिजा दिने विद्यार्थी परिरहेका छन् । नाष्टको यो सफलता शिवहरी शर्मा मुडभरीको अथक मिहिनेतको प्रतिफल हो । उनी कुशल प्रशासक हुन । उनले जुन शैक्षिक संस्थाको नेतृत्व गरे, त्यसको कायापलट नै भएको छ ।
उनी हरेक वर्ष विद्यार्थीहरुसंगै रुन्छन । जव विद्यार्थीहरुको विदाईको क्षण आउछ । उनी भावुक हुन्छन । आफूलाई सम्हाल्न सक्दैनन । विद्यार्थीहरु पनि रुन्छन । उनी पनि रुन्छन । विद्यार्थीसंगै विदाई समारोहमा रुन थालेको वर्षौ भयो । क्रम अझै जारी छ ।
यस पटक विद्यार्थी र उनीबीच विदाई कार्यक्रममा नरुने सहमती भयो । तर जव कार्यक्रम समापन हुने क्रममा थियो, विद्यार्थीहरु रुन थाले । र उनीहरुसंग रोयो, उनीपनि । भन्छन्, मैले आफूलाई सम्हाल्नै सकेन ।
विदाईको क्षण किन आउछ होला ? उनी आफैलाई प्रश्न गर्छन । जव हरेक नयाँ शैक्षिक सत्रमा नयाँ विद्यार्थीहरुको स्वागत कार्यक्रम आयोजना हुन्छ । त्यतिबेला उनी जति खुशी हुन्छन । उनीभित्र त्यहीबेला एउटा चिन्ता पनि शुरु भईसक्छ,अव विदाईका लागि तयार हुनु पर्छ ।
विद्यार्थीसंग उनको लगाव गजवकै छ । गुरु र शिष्यको सम्बन्ध अटुट र पवित्र हुन्छ । सबै गुरु आदर्श व्यक्ति हुदैनन । उनी विद्यार्थीका लागि आदर्श गुरु हुन् । संसारका जुन सुकै कुनामा पुगेपनि उनलाई विद्यार्थीहरुले अझै सम्झिन्छन । आदर गर्छन । चिन्ता गर्छन ।
सुदूरपश्चिममा शिक्षा क्षेत्रमा योगदान पु¥याउने थोरै व्यक्तिहरुमा उनी पनि चिनिन्छन । उनका उमेरका साथीहरु कतिपयको निधन भईसक्यो । कतिपय घरमा आराम गरेर बसिरहेका छन् ।
उनी गुरु हुन् । ज्ञानको ज्योती हुन् ।
परिवार मात्र पाल्ने सोच हुन्थ्यो भने । जचुकालीको जागीरमै जिन्दगी बिताउन सक्थे । जिन्दगी त बिताउनलाई होईन । न त काट्ने चिज नै हो ? यो त उपयोग गर्ने चिज हो । आफ्ना लागि अरुका लागि सदुपयोग गर्ने चिज हो ।
जचुकालीमा उनी अधिकृत थिए । त्यही रही रहेको भए उनी त्यो भन्दा माथिल्लो पदमा पुगेर अवकाश पाउथे होलान । तर त्यहा रही रहे उनले पढेको शिक्षा,ज्ञान र अनुभवले एउटा अधिकृत मात्र जन्मिन्थ्यो । तर उनले शिक्षण पेशा रोजे । र हजारौ अधिकृत उत्पादन गरे ।
एउटा बलेको दियोले हजारौ दियो बाल्न सकिन्छ । उनी पनि दियो हुन् । दियोको बाती हुन् । उनीभित्रको ज्ञान, शिक्षा र अनुभवको तेलले हजारौ दियो बलेका छन् ।
जिन्दगीमा उनले जोडेको यही हो । कमाएको यही हो । उनी भन्छन्, म यसैमा सन्तुष्ट छु ।
कक्षा कोठामा जति शान्ति उनलाई कहि मिल्दैन । उमेरले भन्छ, बृद्ध भईसक्यो । तर उनको मन अझै तन्नेरी छ । र त ७० वर्ष पुग्न एक वर्ष बाँकी रहदा न उनको उर्जा कमि छ ।
जव मान्छे बृद्ध हुदै जान्छ । शरीरमा उर्जा कम । आलस्य बढि । उत्साह कम । निराशा बढि हुन्छ । जीवनको उत्तरार्धमा मान्छे बिगतलाई सम्झिदै घोत्लिन्छ । ओहो, समय बितेको त पत्तै भएन । यो गर्न सकिएन । त्यो गर्न सकिएन । जिन्दगी त बेकारमा बित्यो । मान्छेहरु आफैले बाँचेको जिन्दगीलाई लिएर पछुतो गर्छन । तर उनलाई न पछुतो छ । न त उनीसंग पछुताउन समय छ । उनी यो उमेरमा पनि उत्तिकै सक्रिय छन् । उनको दैनिकी फेरिएको छैन । घरबाट कलेज । कलेजबाट घर । उनी समयको पक्का छन् ।
source:Pashchim today

Saturday, October 13, 2018

नेपाल बन्यो च्याम्पियन : टि-२० बिश्वकप एसिया ( पूर्वी ) छनौट

photo: Sompal Kami (Twitter)
नेपाल आईसीसी टि-२० बिश्वकप छनौट एसिया ( पूर्वी ) छनौट प्रतियोगिताको बिजेता बनेको छ।
प्रतियोगिताको सिंगापुरसंगको अन्तिम खेल वर्षाले पुरा हुन नसकेपछि अंकतालिकामा समान अंक रहेपनि नेट रन-रेटको आधारमा नेपाल अघि रहँदै विजेताको रुपमा प्रतियोगिताको अन्त्य गरेको हो।
विजेता हुँदै नेपाल, उपविजेताको रुपमा सिंगापुर र तेश्रो हुँदै मलेसिया टि-२० बिश्वकप छनौटको दोश्रो चरण एसिया छनौट प्रवेश गर्न सफल भएका छन्। एसिया छनौटमा नेपाल, सिंगापुर, मलेसिया सहित यएई, कुवेत र कतार छनौट भएका छन्। एसिया छनौटबाट उत्कृस्ट २ टिम टि-२० बिश्वकपको ग्लोबल छनौट खेल्न छानिनेछन्।
सन् २०१४ पछि नेपालले पहिलो पटक कुनै प्रतियोगिताको उपाधि जितेको हो। यसै बर्ष फेब्रुवरीको डिभिजन-२ को फाइनलमा नेपाल युएईसंग पराजित भएको थियो।
टस जितेर नेपालले सिंगापुरलाई ब्याटिंग गर्ने निम्तो दिएको थियो जसपछि सिंगापुरले १७.३ ओभरमा ८१ रनमै सम्पूर्ण विकेट गुमाउन पुगेको थियो। जवाफमा ब्याटिंग थालेको नेपालले दोश्रो इनिंगको ३ बल खेल्दा वर्षाको कारण खेल रोकिएको थियो। खेल रोकिंदा ०.३ ओभरमा नेपालको स्कोर १/१ थियो जसपछि पुनः खेल सभव भएन।
प्रतियोगितामा नेपालले म्यानमार, मलेसिया, थाईल्याण्ड, चिन र भुटानलाई सजिलै पराजित गर्यो भने सिंगापुरले पनि समान टिमहरुलाई पराजित गरेको थियो।

सन्दिपले कायम गरे राष्ट्रिय टोलीबाट ठुलो किर्तिमान

Sandeep Lamichhane

  • LS Dhami, असोज  २६ 
नेपाली राष्ट्रिय क्रिकेट टिममा २०१६ मा डेब्यु गरेका स्टार नेपाली लेग स्पिनर सन्दिप लामिछानेले एकपछि अर्को सफलताको भर्यांग चढीरहेका छन्।
भर्खरै १८ बर्ष उमेर पुरा गरेका सन्दिपले इन्डियन प्रिमियर लिग, क्यारेबियन प्रिमियर लिग, ग्लोबल टि-२० लिग जस्ता ठुला प्रतियोगितामा राम्रो प्रदर्शन गरेर चर्चा कमाईसक्दा राष्ट्रिय टिमको लागि पनि उतिकै योगदान दिईरहेका छन्।
मलेसियामा जारि आईसीसी टि-२० बिश्व कप छनौट एसिया ( पूर्वी ) छनौट प्रतियोगिता अन्तर्गत सिंगापुर बिरुद्धको खेलमा ४ विकेट लिएपछि गुगली ब्वाईले अर्को सफलताको ताज पहिरिएका छन्।
प्रतियोगितामा कुल २४ विकेट लिंदै उनले १९९६ देखि सुरु भएको नेपाली अन्तर्राष्ट्रिय क्रिकेटको इतिहासमै एकै प्रतियोगितामा सबै भन्दा धेरै विकेट लिने बलरको किर्तिमान आफ्नो नाम गरेका हुन्।
यस अघि यो रेकर्ड बसन्त रेग्मी र बिनोद दासको नाममा रहेको थियो। रेग्मीले सन् २०१२ को डिभिजन-४ प्रतियोगितामा तथा बिनोद दासले सन् २००५को एसीसी फास्ट ट्रयाक कन्ट्रीज ( तिन दिवसीय ) प्रतियोगितामा २१ विकेट लिएका थिए।


Basant Regmi
Basant Regmi

चिनसंग यस अघिको खेलमा ३ विकेट लिएपछि सन्दिपको प्रतियोगितामा कुल विकेट संख्या २० पुगेको थियो। बसन्त र बिनोदको बराबरी गर्न सन्दिपलाई १ विकेट र रेकर्ड कायम गर्न २ विकेटको आवस्यकता रहेको थियो।
सिंगापुरसंग खेलको छैठौं ओभरमा पहिलो ओभर बलिङ्ग गरेका सन्दिपले चेतन सूर्यवंशीलाई करन केसीको हातबाट क्याच आउट गराएर रेकर्डको बराबरी गरेका थिए। लगतै स्पेलको दोश्रो ओभर गरे पनि उक्त ओभरमा विकेट भने प्राप्त गर्न सकेनन्। त्यसपछि सन्दिपलाई पुनः १३ औं ओभरमा बलिङ्गमा ल्याईयो जुन ओभरको चौथो बलमा मनप्रित सिंहलाई बिनोद भण्डारीद्वारा स्टम्पिङ्ग गराउदै सन्दिपले नयाँ रेकर्ड कायम गरे।
त्यसपछि पनि सन्दिप रोकिएनन् र १८ औं ओभरको पहिलो र तेश्रो बलमा २ विकेट लिंदै विकेट संख्या २४ पुर्याए र ठुलो रेकर्ड कायम गरे।
 बिरुद्ध  विकेट  स्पेल 
म्यानमार४ विकेट ( २-०-३-४ )
मलेसिया५ विकेट ( ४-०-२०-५ )
थाईल्याण्ड५ विकेट ( ३-१-८-५ )
भुटान३ विकेट ( ४-२-६-३ )
चिन३ विकेट ( ४-१-४-३ )
सिंगापुर ४ विकेट ( ३.३-०-१६-४
प्रतियोगितामा सन्दिपले २४ विकेट लिन कुल २०.३ ओभर बलिङ्ग गर्दै मात्र ४१ रन खर्चेका छन्।
यस अघि पनि सन्दिपले यु-१९ स्तरमा गत बर्ष जुलाईमा सिंगापुरमा सम्पन्न यु-१९ बिश्वकप छनौट प्रतियोगितामा ६ खेलमा कुल २४ विकेट लिंदै  किर्तिमान राखेका थिए। यु-१९ र सिनियर स्तरमा अब एकै प्रतियोगितामा धेरै विकेट लिने किर्तिमान सन्दिप लामिछानेको नाममा थियो|
साभार:विकेट नेपाल 

Tuesday, October 2, 2018

खुशी पैसामा होइन परिस्थितिमा निर्भर हुन्छ एउटा बच्चा बेलून किनेर खुशी हुन्छ भने अनि अर्को बच्चा त्यहि बेलुन बेचेर 😍

LS Dhami https://ift.tt/2IzfkzJ

भूस्वर्ग खप्तड घुम्न जाने कि



  • Image result for खप्तडभूस्वर्ग खप्तड एक मनोरम दृश्य
  • LS Dhami
सुदुरको सुन्दर खप्तडमा न राज्यको आँखा परेको छ, न त पर्यटक नै पुग्न सकेका छन्। उचित प्रचार–प्रसार र सहज पहुँचमार्ग नहुँदा प्रकृतिले दिएको सुन्दरतामा रम्नबाट चाहेर पनि वञ्चित बन्नुपरेको छ।  

सुदूर पश्चिमको सेती अञ्चलका चार पहाडी जिल्ला डोटी, अछाम, बझाङ र बाजुराको संगम स्थल हो खप्तड। प्राकृतिक सुन्दरताको अलवा धर्मिक हिसावले पनि यसको उत्तिकै महत्व छ।
त्रिवेणी मन्दिर र वरपर सानाठूला गरि २४ ओटा मनोरम फाँट खप्तड क्षेत्रभित्र पर्दछ। फाँटभरि विभिन्न जातका फूलहरू छन्। कतै हरियाली समथर ठाउँ त कतै डाँडा। सफा हरियाली फाँटमाथि उडिरहेका रंगीविरंगी चराले झनै प्रकृतिमय छ खप्तड।
सधै हाँसिरहने दार्चुलाको अपि र बझाङको सैपाल हिमालले खप्तड क्षेत्रको सुन्दरतामा अझ निखार थपेको छ। यहाँ आउँदा जो कोहीलाई लाग्छ, यति सुन्दर ठाउँको आनन्द लिन नसक्ने हो भने पर्यटन यात्रा अधुरो हुन्छ। 
 राज्यले खप्तडको प्रचार प्रसारको साथै विकास र पुर्वाधार निर्माणमा ध्यान दिने हो भने खप्तडको पर्यटन विकासले स्थानीय बासिन्दाको जीवनस्तर बलियो बन्ने उनको तर्क छ। 

खप्तड क्षेत्र पुग्नका लागि डोटी, अछाम, बझाङ र बाजुराबाट पैदल हिँडेर एक दिन लाग्छ। २०४१ सालदेखि राष्ट्रिय निकुञ्जको रुपमा स्थापित खप्तड राष्ट्रिय निकुञ्ज मनोरम दृश्य मात्रै होइन, अमूल्य जडिबुटीका लागि पनि प्रसिद्ध छ।
यो क्षेत्र कस्तुरी र हिमचितुवाको पनि बासस्थान हो। सरकारी क्षेत्रको मात्र भर पर्दा अहिलेसम्म खप्तडको विकास हुन नसकेको भन्दै विभिन्न व्यवसायी आफैले सक्दो पहल गरेर यसको विकास गर्न लागिपरेका छन्। खप्तड क्षेत्रलाई विशेष पर्यटकीय गन्तब्य बनाउन आफूहरु लागिपरेको कञ्चनपुर जिल्ला होटल व्यवसायी संघका उपाध्यक्ष प्रमानन्द भण्डारीको भनाइ छ। 
पछिल्लो दुई वर्षयता खप्तडमा आन्तरिक पर्यटनको आगमनमा केही सुधार भएको छ। तर आवश्यक भौतिक पूर्वाधारका कारण हुने असुविधाले भने पर्यटकलाई सास्ती पनि हुने गरेको बताउँछन् नेपाल एसोशनका अफ टुर अपरेटर (नाटो) का महासचिब अमर बहादुर शाही। खप्तड घुम्न जाने पर्यटकका लागि नजिकका गाउँमा स्तरीय होमस्टे संचालन गर्न सकेमा धेरै हदसम्म सुविधा हुने उनको विश्वास छ। 
खप्तड राष्ट्रिय निकुञ्ज मानव बस्तीभन्दा टाढा भएका कारण आवासीय गृहको अभाव खड्किरहेको छ। नेपाल पर्यटन बोर्ड भने अब खप्तडसहित सुदुरका पर्यटकीय स्थलमा सुविधा पुर्याउन लागिपरेको बताउँछ। निकुञ्ज र नेपाली सेनासँग मिलेर आवासीय समस्यको समाधानको लागि पहल भइरहेको पर्यटन बोर्डका वरिष्ठ अधिकृत खड्कविक्रम शाहले बताए। तत्काल गृह निर्माण नभए टेन्ट सिस्टम बनाउने योजना भएको उनले सुनाए। 
कसरी पुग्ने खप्तड ?
काठमाडौंदेखि धनगढीसम्म हवाईजहाजका अलवा सुविधायुक्त बसको राम्रो पहुँच छ। बस चढेर धनगढी या अत्तरिया पुग्न सकिन्छ। त्यहाँबाट डोटीको सदरमुकाम सिलगढी बस चल्ने गरेको छ। 
सिलगढीबाट दुई घण्टा ग्रामीण भेगमा चल्ने जिप चढेर खप्तड निकुञ्जको प्रवेशद्वार तथा नेपाली सेनाको चेकपोष्ट झिंग्राना पुगिन्छ। 
झिंग्रानाबाट भने पाँच घण्टा पैदल यात्रा हिँडेपछि खप्तडको बीचपानी पुगिन्छ। बीचपानीबाट पाँच घण्टाको पैदल पछि खप्तडको मुख्य स्थान बाबा आश्रम पुगिन्छ। त्यही आसपासमा रमणीय स्थलहरु घुम्न सकिन्छ। 
कति दिन लान्छ खप्तड पुग्न ?
काठमाडौं–धनगढी हवाईजहाज १ घण्टा २० मिनेट र बसबाट पुरै १ दिन लाग्छ। अत्तरीया वा धनगढी पुगेपछि डोटीको सिलगढी पुग्न अर्को १ दिन लाग्छ। सिलगढीबाट २ घण्टा ग्रामीण क्षेत्रमा चल्ने जिप चढेर खप्तड निकुञ्जको प्रवेशद्वार नेपाली सेनाको चेकपोस्ट झिंग्राना पुगिन्छ। झिंग्रानामा १ दिन आराम गरेर दिनभर पुनः पैदल यात्रा गरेर बीचपानी पुग्न सकिन्छ।
बीचपानीबाट खप्तडको प्रमुख स्थान बाबा आश्रम पुग्न अर्को ५ घण्टा छुट्याउनुपर्छ। यसरी हेर्दा एक हप्तामा खप्तड घुम्न सकिन्छ। 
खाना तथा बासको प्रवन्ध  
धनगढीमा डिभोटी, रुवस, साथी, दिनेश, जलसा र सुभम् होटलमा वाई–फाईसहित सुविधा सम्पन्न तथा अन्य लजहरू अत्तरियामा पनि पर्याप्त छन्।  सिलगढीमा होटल डाँफे, ओम, शैलेश्वरी, सम्राट, रिमझिम लगायतका गेस्ट हाउस उपलव्ध छन्। ति गेष्टहाउस सबैमा वाइफाइसहितका सुविधा पाउन सकिन्छ।
झिंग्रानामा स्थानीय गाउँलेद्वारा सञ्चालन भएका होटलहरू छन्। ति होटलमा अत्याधुनिक सुविधा नभए पनि बेग्लै आनन्दको अनुभूति गर्न सकिन्छ। बीचपानीमा निकुञ्जको टेन्डरमा सञ्चालित एउटा बासस्थान र खप्तड पर्यटन क्षेत्र विकास समितिले निर्माण गरेको आठओटा कोठा रहेको काठै काठले निर्माण भएको पक्की घर छ। 
खर्चको हिसावकिताव 
काठमाडौंबाट धनगढी हवाईजहाजमा जाँदा ८ हजार र एसी बसबाट जाँदा २ हजार लाग्छ। अत्तरीया वा धनगढीमा खानासहित बस्न १ दिनको ३ हजार शुल्क लाग्छ। 
अत्तरीया वा धनगढीबाट डोटी सिलगढी बस चढेर जाँदा भाडा ५ सय लाग्दछ।  डोटी सिलगढीमा खाना बस्न सहित एक दिनको १५ सय शुल्क लाग्दछ। डोटी सिलगढीबाट झिंग्राना जिप टिकट बुकमा खाना बस्न १ दिनको ४ हजार शुल्क लाग्दछ। 
खप्तड निकुञ्जमा विदेशीको लागि टिकट शुल्क ३ सय ९० सहित घुम्म ५ हजार लाग्दछ भने आन्तरिकलाई निकुञ्जभित्र छिर्न टिकट शुल्क लाग्दैन तर घुम्न ४ हजार लाग्दछ।
खप्तड चिसो क्षेत्र भएकाले स्लिपिङ ब्याग, न्यानो ज्याकेट, रेनकोट, उनीको बाक्लो टोपी, बाक्लो मोजालगायतका न्यानो हुने कपडाहरू लैजानु जरुरी हुन्छ। त्यस्तै बडी लोसन, खोकी र टाउको दुखेको औषधि, हेन्डप्लास्ट बोकेर जानु पर्छ। 
 स्रोत:सेतोपाटी