Saturday, October 13, 2018

नेपाल बन्यो च्याम्पियन : टि-२० बिश्वकप एसिया ( पूर्वी ) छनौट

photo: Sompal Kami (Twitter)
नेपाल आईसीसी टि-२० बिश्वकप छनौट एसिया ( पूर्वी ) छनौट प्रतियोगिताको बिजेता बनेको छ।
प्रतियोगिताको सिंगापुरसंगको अन्तिम खेल वर्षाले पुरा हुन नसकेपछि अंकतालिकामा समान अंक रहेपनि नेट रन-रेटको आधारमा नेपाल अघि रहँदै विजेताको रुपमा प्रतियोगिताको अन्त्य गरेको हो।
विजेता हुँदै नेपाल, उपविजेताको रुपमा सिंगापुर र तेश्रो हुँदै मलेसिया टि-२० बिश्वकप छनौटको दोश्रो चरण एसिया छनौट प्रवेश गर्न सफल भएका छन्। एसिया छनौटमा नेपाल, सिंगापुर, मलेसिया सहित यएई, कुवेत र कतार छनौट भएका छन्। एसिया छनौटबाट उत्कृस्ट २ टिम टि-२० बिश्वकपको ग्लोबल छनौट खेल्न छानिनेछन्।
सन् २०१४ पछि नेपालले पहिलो पटक कुनै प्रतियोगिताको उपाधि जितेको हो। यसै बर्ष फेब्रुवरीको डिभिजन-२ को फाइनलमा नेपाल युएईसंग पराजित भएको थियो।
टस जितेर नेपालले सिंगापुरलाई ब्याटिंग गर्ने निम्तो दिएको थियो जसपछि सिंगापुरले १७.३ ओभरमा ८१ रनमै सम्पूर्ण विकेट गुमाउन पुगेको थियो। जवाफमा ब्याटिंग थालेको नेपालले दोश्रो इनिंगको ३ बल खेल्दा वर्षाको कारण खेल रोकिएको थियो। खेल रोकिंदा ०.३ ओभरमा नेपालको स्कोर १/१ थियो जसपछि पुनः खेल सभव भएन।
प्रतियोगितामा नेपालले म्यानमार, मलेसिया, थाईल्याण्ड, चिन र भुटानलाई सजिलै पराजित गर्यो भने सिंगापुरले पनि समान टिमहरुलाई पराजित गरेको थियो।

No comments: