विश्वकप ट्रफि सार्वजनिक गर्ने पहिलो भाग्यमानी नेपाली खेलाडी बने सन्दिप
इङ्ग्ल्याण्ड र वेल्समा सन् २०१९ को मे ३० देखि १४ जुलाइसम्म आयोजना हुने आइसीसी एकदिवसिय विश्वकपको ट्रफि टुर अन्तर्गत पोखरामा सार्वजनिक गरिएको छ । हिजो साझ काठमाडौको स्वंयम्भुमा राखिएको ट्रफि आज विहान पोखरा पोखरा रंगशाला लगिएको हो|
विश्वकप ट्रफीका साथ युवा लेग स्पिनर सन्दीप लामिछाने
ट्रफिलाई पोखरा स्थित क्रिकेट मैदानमा युवा खेलाडी सन्दिप लामिछानेले सार्वजनिक गरेका थिए । विश्वकप ट्रफि सार्वजनिक गर्ने पहिलो नेपाली खेलाडी बनेका सन्दिप र ट्रफिलाई माछापुच्छ्रेलाई पछाडी पारेर पत्रकारलाई अगाडी राखिएको थियो ।विश्वका २० देशका ६० शहरमा लगिने यो ट्रफि दुबईबाट नेपाल ल्याइएको हो ।