Thursday, February 28, 2019

रबिन्द्र अधिकारी को हुनुहुन्थ्यो ? उहाँको संक्षिप्त जीवनी......

rabindra adhikary
रबिन्द्र अधिकारी ( जीवनी)
पिता - इन्द्र प्रसाद अधिकारी 
माता - लक्ष्मीदेवी अधिकारीको 
जन्म मिति - बि.सं. २०२६ साल बैशाख २२ गते 
जन्मस्थल - कास्की भरतपोखरी गाबिस-९ जामुनाबोटमा 
श्रीमती - बिद्या भट्टराई( तत्कालीन विद्यार्थी नेतृ , हाल त्रिभुवन विश्वविद्यालय अन्तर्गत आरआर क्याम्पसमा प्राध्यापनरत)
अध्ययन - ब्यवस्थापनमा स्नातकोत्तर
सन्तान : दुई छोरा(विराज र स्वराज )
Rabindra Family
विद्यार्थी राजनीति :
१. २०३७ सालमा विद्यार्थी राजनीति मार्फत राजनीतिमा प्रवेश,
२. प्रबेशिका उतीर्ण गर्ने बित्तिकै बन बिज्ञान अध्ययन संस्थानमा भर्ना भएपनि केही समयपछि २०४२ सालमा पृथ्वीनारायण क्याम्पस पोखरामा अध्ययन शुरू ,
३. बिद्यालयदेखि नै राजनितिमा चासो राख्ने हुनाले क्याम्पस पुगेपछि बिद्यार्थी राजनैतिक गतिबिधिमा सक्रिय,
४. २०४४ सालमा अनेरास्वबियु पृथ्वीनारायण क्याम्पस कमिटीको अध्यक्ष,
५. २०४५ मा १ बर्ष माध्यमिक बिद्यालयमा अध्यापन,
६. २०४५ सालमा स्वबियु पृथ्वीनारायण क्याम्पस सदस्य,
७. २०४५ सालमा नै अनेरास्वबियु कास्की जिल्ला कमिटी अध्यक्ष,
८. २०४७ सालमा गण्डकी अन्चल अध्यक्ष तथा अनेरास्वबियु केन्द्रीय सदस्य,
९. २०४९ सालमा पृथ्वीनारायण क्याम्पस पोखरामा स्वबियु सभापति निर्वाचित,
१०. २०५३ सालमा त्रिबि केन्द्रीय क्याम्पस किर्तीपुरमा स्वबियु सभापति निर्वाचित,
११. २०५३ सालमा नै स्वबियु काउन्सिल नेपालका संयोजक निर्वाचित,
१२. २०५६ सालमा अनेरास्वबियुका केन्द्रीय अध्यक्ष,
विद्यार्थी आन्दोलनमा उल्लेख्य :
  • शिक्षामा भएको निजीकरण र ब्यापारिकरण विरुद्ध लामो संघर्ष 
  • प्रबिधिक शिक्षाको बिस्तार र गुणस्तरियता, सबैका लाई गुणस्तरिय शिक्षा जस्ता आन्दोलनको अगुवाइ  
  • वहुचर्चित कालापानी मार्चको नेतृत्व
  • सीमा सुरक्षा अभियान, नेपाली भू-भाग डूबाउने लक्ष्मणपुर बांधको बिरोध 
  • शाहज्यादा पारस शाहको ज्यादती बिरुद्द आन्दोलन, हत्यारा बस्ने दरबारमा हैंन जेलखानमा हो भन्दै ५ लाख २३ हजार हस्ताक्षर दरबारमा बुझाउने आन्दोलनको नेतृत्व 
  •  यातायात लगायत सार्बजनिक क्षेत्रमा ३३ प्रतिशत बिद्यार्थी सहूलियतको आन्दोलनको प्रमुख अगुवाई

राजनीतिक यात्रा :
१. २०४६ सालदेखि राजनीतिमा विशेष सक्रिय,
२. पञ्चायत विरोधी आन्दोलनमा लागेका कारण २०४६ सालमा ८ महिना जेल जीवन,
३. प्रतिगमन विरोधी आन्दोलनमा ४ पटक पक्राउ परी हिरासत,
४. बिगतमा एमाले कास्की जिल्ला कमिटीका सदस्य,
५. बिगतमा एमाले कास्की जिल्ला कमिटीका सचिव,
६. बिगतमा एमाले कास्की जिल्ला कमिटीका अध्यक्षमा निर्वाचित,
७. संविधान सभा २०६४ को सभासद,
८. २०७० सालको संविधानसभा सदस्य,
९. रुपान्तरित व्यबस्थापिका संसदको सदस्य,
१०.२०७४ को आमनिर्वाचनमा पुन: तेस्रोपटक कास्कीवाट प्रतिनिधि सभामा निर्वाचित, 
११.नेकपाका केन्द्रीय सदस्य ,
१२.वर्तमान सरकारका संस्कृति ,पर्यटन तथा नागरिक उड्डयनमन्त्री,
कृति/प्रकाशन
१. संविधानसभा : लोकतन्त्र र पुनर्संरचना
२. समृद्द नेपाल
३. बिगत दुई दशकदेखि राजनीति एवं विकास सम्बन्धी उंहाका सयौ अनुसन्धान र राजनीतिक लेखहरु प्रकाशित हुदै आएका छन!!
निधन:२०७५ फाल्गुन १५ 

हिमाली छोरो आङछिरिङ : छोटो जीवनका लामो यात्री

Image result for आङ छिरिङ शेर्पापर्यटन मन्त्री रविन्द्र अधिकारीसँगै ताप्लेजुङमा बुधबार हेलिकोप्टर दुर्घटनामा परी निधन भएका आङ छिरिङ शेर्पा चर्चित सगरमाथा आरोही स्व. पासाङ ल्हामु शेर्पाका साँहिला देवर हुन् । भाउजू सगरमाथा चढ्दै गर्दा आङ छिरिङ ट्रेकिङ व्यवसायमा थिए, जो पछि विमानका मालिक बने ।
हिमाली पर्यटन व्यवसायमा लागेर आङ छिरिङले २० वर्षको छोटो अवधिमा आफूलाई यति एयरलाइन्स, तारा एयर अनि हिमालय एयरको मालिक मात्रै बनाएनन्, छोटै अवधिमा उनी नेपाली पर्यटन व्यवसायको ‘सम्राट’ मा परिणत भए ्
पछिल्लो अवधिमा नेपालमा स्याटेलाइट खरिद गर्ने तयारी गर्दागर्दै ५८ वर्षको उमेरमा आङ छिरिङको असामयिक निधन भयो ।
को हुन् आङ छिरिङ ?
सोलुखुम्बुको साविक जुविङ गाविस, (पासाङ ल्हामु गाउँपालिका) मा जन्मेका आङ छिरिङ सम्पन्न परिवारका साहिँला छोरा हुन् । उनका बुबाको प्रशस्त जग्गाजमीन र खर्क थियो, जहाँ चौंरी र भेडाहरु प्रशस्त थिए । गाउँको सम्पन्न मानिने शेर्पा परिवारले पशुपालनका साथै गाउँमा पैसाहरु पनि लगानी गर्ने गर्थ्यो ।
आङ छिरिङका चार दाजुभाइमध्ये जेठा दाजु अलि अगाडि नै बिते । माइला दाजु लाक्पा सोनाम यति एयरलाइन्सका चेयरमेन हुन् । उनी सगरमाथा आरोही पासाङ ल्हामुका पति हुन् ।
आङ छिरिङ सन् १९९८ सम्म ट्रेकिङ व्यवसायमा थिए । उनका भाइ टेन्डी शेर्पा पनि अन्य दुई दाजुभाइसँगै पर्यटन व्यवसायमै थिए । यसैवीच ०५५ सालमा सोलुखुम्बुमा एसियन एयरको हेलीकोप्टर दुर्घटनामा परी टेण्डीको निधन भयो ।
नागरिकता अनुसार केही फरक भएता पनि आङ छिरिङको उमेर ५८ वर्ष रहेको पारिवारिक स्रोत बताउँछ । हाल उनका श्रीमती र दुई छोरा छन् । दुबै छोराले व्यवसायमा बुबालाई सघाइराखेका थिए ।
पछिल्लो समय आङ छिरिङ यति एयर लाइन्सका प्रवन्ध निर्देशक थिए । दुर्घटनामा परेको डाइनास्टी हेलिकोप्टरमा पनि उनको सेयर लगानी छ । हिमालय एयर उनको पछिल्लो व्यसाय हो ।
सुरुमा आङछिरिङ आफैं टे्रकिङमा जान्थे । दाजु सोनाम र भाइ टेण्डीसमेत मिलेर तीनभाइले ट्रेकिङ चलाइराखेका थिए । सुरुमा दाजुभाइ मिलेर सानो ट्रेकिङ एजेन्सी खोलेका थिए । पछि त्यसैलाई फैलाउँदै फैलाउँदै ठूलो कम्पनी बनाए ।
सन् १९९८ मा उनीहरुले यति एयरलाइन्स सुरु गरे । २१ वर्षमा चलिरहेको यतिले हाल साढे ९ सय मानिसलाई प्रत्यक्ष रोजगारी दिइरहेको छ । यसका अतिरिक्त आङ छिरिङका अरु पनि धेरै कम्पनीहरु छन् । काठमाडौंको चर्चित गोकर्ण रिसोर्ट, चितवनको कसरा रिसोर्टदेखि लिएर ट्राभल एजेन्सी, ट्रेकिङ एजेन्सीहरु देशैभरि छन् । यति बाहेक हिमालय एयरलाइन्स र तारा एयरलाइन्स पनि आङ छिरिङकै हुन् ।
२० वर्षमा पर्यटन सम्राट !
पर्यटन व्यवसायी आङ छिरिङ शेर्पा मुख्य गरी पर्यटनसम्वद्ध व्यवसायमा संलग्न थिए । शेर्पाको थामसेर्कु समूहले पर्यटनलाई नै मुख्य आधार बनाएर विभिन्न फरक-फरक खालका व्यवसाय गरिरहेको छ । समूहका ‘मास्टर माइन्ड’ शेर्पा यति एयरलाइन्सका सञ्चालक थिए । तारा एयरमा पनि उनकै समूहको लगानी छ । हेलिकोप्टर सञ्चालक डाइनेस्टी एयरमा पनि शर्पाको मुख्य समूह साझेदारका रुपमा छ ।
नेपालको पहिलो अन्तर्राष्ट्रिय उडान भर्ने हिमालय एयरलाइन्समा पनि शेर्पाको साझेदारी छ । हिमालयमा चिनियाँ लगानीकर्ताहरु भए पनि शेर्पाकै मुख्य भूमिकामा यो एयरलाइन्स चलिरहेको छ ।
काठमाडौंको गोकर्ण फरेस्ट रिसोर्ट र चितवनको कसरा रिसोर्ट पनि शेर्पाकै स्वामित्वमा छ । यस्तै सोलुखुम्बुको यति माउन्टेन होम पनि यही समूहको हो । यस्तै केर एन्ड ड्वेनी नेपाल, कोरा टुर, यति एड्भेन्चर, यति होलिडेज लगायतका थुप्रै ट्राभल र टुर्सहरु पनि शेर्पाकै हुन् । थामसेर्कु समूहले पछिल्लो समयमा अन्य क्षेत्रमा पनि लगानी बढाउने गरी योजना बनाउँदै थियो ।
यो समूहलाई सञ्चालनमा सबै व्यवसायलाई सफलताका साथ अघि बढाउन आङ छिरिङको ठूलो अभाव झेल्नुपर्ने उनका निकटस्थहरु बताउँछन् ।
पर्यटन व्यवसायीमाझ सबैभन्दा अग्रणी पहिचान बनाएका शेर्पाको निधनले विशेष गरी यति एयरलाइन्सलाई व्यवसायिक रुपमा बढी चुनौति थपिनेछ । तर, उनका उत्तराधिकारीहरु पनि सक्षम रहेकाले धेरै अप्ठोर अवस्था नआउने विश्वास उनको परिवार र कम्पनीका उच्च पदस्थ अधिकारीलाई छ ।
निकटस्थको नजरमा आङ छिरिङ
आङ छिरिङलाई नजिकबाट चिन्नेहरु उनलाई एकदमै भिजनरी, दिमागवाला मान्छे ठान्छन् । व्यवसाय दाजुभाइले मिलेर गरे पनि मुख्य ब्रेन आङ छिरिङ नै रहेको निकटस्थहरु बताउँछन् । सुरुमा यति एयरका एमडी माइला दाजु सोनाम आफैं थिए । भाइहरु छिरिङ र टेण्डी डाइरेक्टर थिए । पछि सोनामले तिमी चलाउ भनेर भाइ आङछिरिङलाई यति एयर सुम्पिए । र, आफूले बढीजसो ट्रेकिङ व्यवसाय हेर्न थाले । छिरिङ आएपछि २० वर्षको अवधिमा कम्पनीले ठूलो आकार लियो ।
जानकारहरुका अनुसार आङ छिरिङ मिलनसार स्वाभावका थिए । तर, सुरुमा भेट्नेले उनी छुचोजस्तो ठान्थे । गाली गरिहाल्ने बानि भएता पनि मनमा पाप नभएको र व्यापारिक दिमाग भएको व्यक्तिका रुपमा उनका व्यवसायिक पार्टनरहरु आङ छिरिङलाई स्मरण गर्छन् ।
आङ छिरिङको स्वभाव ‘रिजर्भ’मा बस्नेखालको थियो । उनी सतहमा आउनै नचाहने र मञ्चहरुमा नजाने स्वाभावका थिए । मिडया व कसैले केही बुझ्न चाहेमा उनी अरुलाई नै अघि सार्थे । पत्रकारलाई अन्तरवार्ता दिन मान्दैनथे ।
हिमाली जनताका साथी
आफैंं हिमाली भेगमा जन्मेको हुनाले आङ छिरिङले हिमाली जनताको सेवामा चासो दिने गरेको उनका निकटस्थहरु बताउँछन् । कतिपय अवस्थामा घाटै भएर पनि हिमाली भेगमा हवाइ सेवा सञ्चालन गर्ने गरेको दाबी उनका कम्पनीका कर्मचारीहरुको छ । जस्तो कि तारा एयरले दुर्गममा धेरै सेवा गरेको छ र बिरामीहरुले राहत पाएको कम्पनीका अधिकारीहरु बताउँछन् ।
‘अस्तिमात्रै सिमिकोटमा हिउँ पर्दा पनि तारा एयरले काम गर्‍यो,’ तारा एयरमा कार्यरत एक कर्मचारीले अनलाइनखबरसँग भने, ‘आङ छिरिङले हिमालका विकट क्षेत्रमा सेवा गर्न कहिल्यै छाडेनन् । एयरक्राफ्ट घाटामै गए पनि खाद्यान्न सप्लाई गर्ने उनको बानीलाई हेर्दा उनी बिजनेस मोटिभ मात्रै भन्दा पनि पर्यटनको विकासमा ध्यान दिने व्यक्ति थिए ।’
शेर्पाका सहपाठीहरुका अनुसार उनी हिमाली क्षेत्रको विकास गरेन भने विदेशी पर्यटकहरु आउँदैनन् भन्ने मान्यता राख्थे । आङ छिरिङ आफैं हिमाली भेगमा जन्मिएका हुनाले पनि उनलाई हिमाली क्षेत्रका जनताको दुःख थाहा थियो र त्यसलाई महसुस गर्थे ।
यति एयरलाइन्सका एक कर्मचारीले अनलाइनखबरसँग भने, ‘ आङ छिरिङ हिमाली भेगमा जन्मेका ठेट नेपाली छोरा हुन् । अरु शेर्पाका छोराहरु विदेश जान्छन्, तर उनी एकजना सच्चा नेपालीको छोरा थिए । त्यो समुदायबाट आएर उनले नेपालको पर्यटनमा साम्राज्य नै खडा गरेका थिए । उनको निधनले नेपालको पर्यटन व्यवसायले धेरै क्षति व्यहोर्नुपरेको छ ।’
सामाजिक कार्यहरुमा पनि आङ छिरिङले सहयोग गर्ने गरेका थिए । धेरैका बच्चाहरुलाई सहयोग गरेको उनका स्टाफहरु सम्झन्छन् । गत ल्होसारमा उनले २ लाख सहयोग गरेका थिए । स्टाफहरु विरामी हुँदा उपचारमा सहयोग गर्थे ।
तर, बुधबार एउटा भवितव्य आइलाग्यो । छोटो अवधिमा नेपालको पर्यटन एवं हवाइ यातायातको क्षेत्रमा अतुलनीय योगदान गरेका एकजना ‘हिमालका यति’ हामीमाझ अलप भएका छन् ।

अलबिदा रबिन्द्र दाइ !

-दीपक पौडेल 
हिजो काम सकाएर सोसल मिडियामा घुम्दै गर्दा एक अकल्पनीय घटनाले मन भतभती पोल्यो। जब टुइटर र फेसबुक लगायतका मिडियामा रफ्तारले रबिन्द्र दाइको बारेमा समाचार सेयर भै रहे। एमालेको त्यो झलझलाउँदो ९ महिने सरकारको प्रधानमन्त्री पनि तेस्तै दुर्घटनामा परेको समाचार सुनेको मैले कुनै मिराकल फेरि हुन्छ कि भनेर सोची रहें! अर्का अधिकारी पनि पहिले कै झैं भाग्यमानी हुन्छन कि भनेर भगवान पुकारी रहें... सत्य तेस्तो थिएन,भएन। आखिर जे नसोचेको थिएँ तेहि भयो। एक होनहार युवा जसले देश, राजनीति र देशको अर्थतन्त्रलाई भित्री रुपमा चिनेको र चिरफार गर्न सक्ने थियो देशले गुमायो।

आँफु अर्थशास्त्रको विद्यार्थीको नाताले मैले रबिन्द्र दाइलाइ फगत एक नेता भन्दा पनि असल अर्थबिदको रुपमा मैले चिनें। उनी कुनै सोध गरेर पिएच्डी गरेका फिलोसफर थिएनन तर नेपाली अर्थतन्त्रलाई नजिकैबाट बुझेका एक "अर्ग्यानिक" अर्थ बिस्लेषक र चिन्तक थिए। उनले नेपाली अर्थ र राजनीतिलाई सार्है सरल र गहिरो तरिकाले बुझेका थिए। केही असल पढेका र बुझेका नेतामा पर्ने एक युवा नेता थिए।
आफू बिकास समितिमा हुँदा सुनेबुझेका आर्थिक र सामाजिक कुरा देखि आफ्नो विद्यार्थी जीवन  र राजनीति प्रष्ट देखेका रबिन्द्रले एक किताब लेखेका रैचन "समृद्ध नेपाल"। मैले सोसल मिडियाबाट जानकारी पाएँपछि परिवारको सहयोगमा अस्ट्रेलिया मगाएर पढेको थिएँ। उनको किताब पढे पछि मलाइ रबिन्द्र दाइ नेता भन्दा पनि एक असल बिज्ञको रुपमा पाएँ। उनको किताबमा गरिएका बिश्लेषणयोजना र उपायहरु मात्रै पनि अबलम्बन गर्ने हो भने म जस्तै हजारौं युवा विदेश पलायन हुन पर्दैन। हुन त नेताले भन्छनगर्दैनन भन्ने धेरै सुनिन्छ। रबिन्द्र केही गर्छु भन्ने सोचका थिए भन्ने कुरा उनका पछिल्ला बिकास निर्माणका गतिविधिले प्रष्ट हुन्छन।
१८ औं प्रधानमन्त्री देखेको मेलम्ची देखि तामाकोसीपृथ्वीराजमार्ग स्तर उन्नतिमा भएका ढिलासुस्ती देखेको हाम्रो पुस्ताले रबिन्द्रको अग्रसरतामा रफ्तारले बनेका भैरहवा विमानस्थलपोखरा विमानस्थलनिजगढ विमानस्थलको मुआब्जाबिराटनगर विमानस्थलको मुआब्जात्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएका सुधारकयौं विमानस्थलमा शुरु गरिएका रात्रीकालिन सेवा बिस्तार आदि हेरे प्रष्ट हुन्छ। नेपालको आर्थिक बिकास गर्न हाम्रो पुर्बाधार नै मुख्य चुनौती हुन भनेर राम्रो बुझेर लेखेका रबिन्द्रलाई छिटोभन्दा छिटो गरौं भन्ने लागेको कुरा प्रष्ट हुन्छन भलै उनलाई वाइड बडि विमान खरिद प्रकरणमा शिर्ष नेताकर्मचारी र मिडियाले लेखेटेर ध्वस्त पार्न लागेको लागै गरे। वाइड बडि विमान खरिद प्रकरणमा ४ अर्ब खाने हैसियत रबिन्द्रको कहिले थिएनमलाइ कहिले पत्यार पनि लागेन। खैर अनुसन्धान हुँदै होलाआशा छ त्यो अप्रमाणित असत्य असत्य नै हुनेछ। छिटोभन्दा छिटो काम गर्छु भन्दा केही प्रक्रियागत त्रुटि भए होलान तर राजनैतिक भविश्य  बोकेको नेताले केही क्षणमा नै सकिने गरि भ्रष्टाचार गर्यो भनेर मैले कहिले बिस्वास गरेन। अरुले के सोचे त्यो मेरो बशमा छैनन।
रबिन्द्र अधिकारी अध्यक्ष भएको संददीय समितिले एनसेलको 4G सेवा विस्तारमा रोक नलगाउनु भन्ने आदेश पनि विवादित रह्यो। नेपालमा कारोबार गर्ने संस्था भएकाले एनसेल खरिद विक्रीमा नेपालले लाभकर पाउनु पर्छ भन्ने सम्पुर्ण नेपालीको चाहाना हो। तर संददीय समितिले भावनामा बगेर हैन देशको कानुन, विदेशी लगानीमा पर्ने सम्भावित असर समेत ध्यानमा राखेर निर्णय गर्नुपर्छ। रबिन्द्र अधिकारी लगायत अन्य सदस्यले एनसेललाई 4G सेवा विस्तार गर्न दिँदा राज्यको तर्फबाट निर्णय गरेका थिए। कतिले त्यो निर्णयको विरोध गरे। पठावो नामको राइडि शेयरिंग गर्ने कम्पनीको विवादमा अस्ति मात्र सर्वोच्च अदालतले मुद्दा पक्रियामा रहुन्जेल उसको सेवा बन्द नगर्नु भन्ने आदेशबाट पनि एनसेललाई सेवा विस्तार गर्न नरोक्नु भन्ने आदेशलाई सहि ठहर्याएको छ। 
मेरा एक मित्र जो भैरहवामा बस्नुहुन्छजहिले पनि मलाइ तिमी बाहिर गएर के गर्यौ ? हाम्रोमा त बिकास हुँदै छअब भैरहवा विमानस्थल बने पछि हाम्रो ठाउँमा कायपलट हुन्छ भन्छन। मलाइ जहिले पनि देश बनेको कुराले खुशी लाग्छ। उनले मलाइ जिस्काइ रहदा नि मलाइ झनै आनन्द लाग्छ। निजगढका बारेमा पनि अनेक बहाना र आक्षेप लगाउदा पनि रबिन्द्र दाइ अगाडी बढेकै थिए। आशा छ उनको त्यो अग्रसरता अरु कसैले कायम राख्नेछ
माथीका हरफहरु लेख्दै गर्दा अझै पनि मनमा चुस्स हुन्छ। देशले एक होनहार बिकासप्रेमी नेता गुमायो। एक पटक अर्थमन्त्री सम्म भएको हेर्न मन थियो मलाइ। त्यो पूरा हुन सकेन।
 दाइ! अलबिदा। आशा छ हजुर्को किताबमा लेखेको झैँ "हामी पुष्पलाल, बिपीमदन भन्डारीमनमोहन अधिकारीले देखेका सपना भन्दा धेरै टाढा छौं। सबै नेपालीलाई आफ्नो योगयता क्षमता अनुसार बिकास गर्ने आवश्यक बाताबरण दिन सकिएन। जहाँका जनताले गरीबी र अभाबलाई जित्न सकुन। समृद्ध नेपालमा सुखी जीवन बाँच्न सकुन। जबसम्म हामीले हाम्रा प्राकृतिक श्रोतहरु चिन्दैनौं र मानवीय संसाधनको विकास गर्दैनौंकडा मेहनत गर्ने असल संस्कृती र उधमशिलताको विकासइमानदारी र सरलतामा जोड दिदैनौंहामी परनिर्भर भैरहने छौं!"
तपाइँको सपना पूरा होस! नेपाल समृद्ध बनोस, हामी नेपाली सूखी हौं। हजुरको स्वर्गमा बास होस! अलबिदा रबिन्द्र दाइ !