Saturday, October 13, 2018

सन्दिपले कायम गरे राष्ट्रिय टोलीबाट ठुलो किर्तिमान

Sandeep Lamichhane

  • LS Dhami, असोज  २६ 
नेपाली राष्ट्रिय क्रिकेट टिममा २०१६ मा डेब्यु गरेका स्टार नेपाली लेग स्पिनर सन्दिप लामिछानेले एकपछि अर्को सफलताको भर्यांग चढीरहेका छन्।
भर्खरै १८ बर्ष उमेर पुरा गरेका सन्दिपले इन्डियन प्रिमियर लिग, क्यारेबियन प्रिमियर लिग, ग्लोबल टि-२० लिग जस्ता ठुला प्रतियोगितामा राम्रो प्रदर्शन गरेर चर्चा कमाईसक्दा राष्ट्रिय टिमको लागि पनि उतिकै योगदान दिईरहेका छन्।
मलेसियामा जारि आईसीसी टि-२० बिश्व कप छनौट एसिया ( पूर्वी ) छनौट प्रतियोगिता अन्तर्गत सिंगापुर बिरुद्धको खेलमा ४ विकेट लिएपछि गुगली ब्वाईले अर्को सफलताको ताज पहिरिएका छन्।
प्रतियोगितामा कुल २४ विकेट लिंदै उनले १९९६ देखि सुरु भएको नेपाली अन्तर्राष्ट्रिय क्रिकेटको इतिहासमै एकै प्रतियोगितामा सबै भन्दा धेरै विकेट लिने बलरको किर्तिमान आफ्नो नाम गरेका हुन्।
यस अघि यो रेकर्ड बसन्त रेग्मी र बिनोद दासको नाममा रहेको थियो। रेग्मीले सन् २०१२ को डिभिजन-४ प्रतियोगितामा तथा बिनोद दासले सन् २००५को एसीसी फास्ट ट्रयाक कन्ट्रीज ( तिन दिवसीय ) प्रतियोगितामा २१ विकेट लिएका थिए।


Basant Regmi
Basant Regmi

चिनसंग यस अघिको खेलमा ३ विकेट लिएपछि सन्दिपको प्रतियोगितामा कुल विकेट संख्या २० पुगेको थियो। बसन्त र बिनोदको बराबरी गर्न सन्दिपलाई १ विकेट र रेकर्ड कायम गर्न २ विकेटको आवस्यकता रहेको थियो।
सिंगापुरसंग खेलको छैठौं ओभरमा पहिलो ओभर बलिङ्ग गरेका सन्दिपले चेतन सूर्यवंशीलाई करन केसीको हातबाट क्याच आउट गराएर रेकर्डको बराबरी गरेका थिए। लगतै स्पेलको दोश्रो ओभर गरे पनि उक्त ओभरमा विकेट भने प्राप्त गर्न सकेनन्। त्यसपछि सन्दिपलाई पुनः १३ औं ओभरमा बलिङ्गमा ल्याईयो जुन ओभरको चौथो बलमा मनप्रित सिंहलाई बिनोद भण्डारीद्वारा स्टम्पिङ्ग गराउदै सन्दिपले नयाँ रेकर्ड कायम गरे।
त्यसपछि पनि सन्दिप रोकिएनन् र १८ औं ओभरको पहिलो र तेश्रो बलमा २ विकेट लिंदै विकेट संख्या २४ पुर्याए र ठुलो रेकर्ड कायम गरे।
 बिरुद्ध  विकेट  स्पेल 
म्यानमार४ विकेट ( २-०-३-४ )
मलेसिया५ विकेट ( ४-०-२०-५ )
थाईल्याण्ड५ विकेट ( ३-१-८-५ )
भुटान३ विकेट ( ४-२-६-३ )
चिन३ विकेट ( ४-१-४-३ )
सिंगापुर ४ विकेट ( ३.३-०-१६-४
प्रतियोगितामा सन्दिपले २४ विकेट लिन कुल २०.३ ओभर बलिङ्ग गर्दै मात्र ४१ रन खर्चेका छन्।
यस अघि पनि सन्दिपले यु-१९ स्तरमा गत बर्ष जुलाईमा सिंगापुरमा सम्पन्न यु-१९ बिश्वकप छनौट प्रतियोगितामा ६ खेलमा कुल २४ विकेट लिंदै  किर्तिमान राखेका थिए। यु-१९ र सिनियर स्तरमा अब एकै प्रतियोगितामा धेरै विकेट लिने किर्तिमान सन्दिप लामिछानेको नाममा थियो|
साभार:विकेट नेपाल 

No comments: