Sunday, June 23, 2019
Thursday, April 25, 2019
Ncell कर काण्ड
- एनसेल अहिले पनि सबैभन्दा धेरै कर तिर्ने कम्पनीमध्ये एक हो । ठूलो रोजगारदाता पनि हो । हामीले गर्ने हरेक कलबाट राज्यलाई कर पुगेको हुन्छ ।
नतिरिएको भनेको कर कम्पनी किनबेच हुँदाको पूँजीगत लाभकर हो । त्यो कर तिर्नुपर्दैन भनेर हाम्रै नेता र सरकारले छुट दिएका थिए । घूस, चन्दा र सहयोगका नाममा उसबाट मोटो रकम लिएर कर छुट दिइएको थियो । उसले धन्यवाद स्वरूप पत्रिकाको मुख्य पृष्ठदेखि पोलपोलसम्म तस्बीर पनि झुन्ड्याइदिने गरेकै छ । तिर्नुपर्ने कम्पनीलाई तिर्नुपर्दैन भनेर फिर्ता जान दिने हाम्रै नेतृत्वहरू हुन् ।
सर्वोच्च अदालतले कर असुल्न फैसला गरिसकेको छ र सरकारले त्यसलाई पालना गर्नै पर्छ । अलिकति नैतिक सङ्कट परेको होला, तर कर असुल्ने जनताले होइन, सरकारले हो ।
सरकारले चाह्यो भने एक हप्तामा कर असुल्न सक्छ । कानुनहरू छन्, धरौटी रकम छ, लाइसेन्स सरकारको हातमा छ । उसले एक मिनटभित्र देशभर एनसेल बन्द गरिदिन सक्छ । सकिन्छ भने सरकारलाई दबाब दिउँ । एनसेल होइन, घूस खाएर हिजो कर तिर्नु नपर्ने सल्लाह दिनेहरूलाई बहिष्कार गरौँ ।
आफ्ना भ्रष्ट नेताहरूलाई चोख्याउने गरी एनसेल बहिष्कारको नारा लगाउनु जरूरी छैन । एनसेलकै नम्बर प्रयोग गरेर सरकारलाई कर उठाउन दबाब दिन सकिन्न र ?
Saturday, March 23, 2019
SEE-2075
एसइई परीक्षा-२०७५
जम्मा परीक्षार्थी:-४ लाख ७५हजार तीन
छात्र:- दुई लाख ३६ हजार ४४५
छात्रा:-दुई लाख ३८ हजार ५५८
प्रदेश नं १ :- ८३८१८
प्रदेश नं २ :- ७०५१८
प्रदेश नं ३:- १०६००२
गण्डकी प्रदेश:- ४८०६३
प्रदेश नं ५ :- ७६९८३
कर्णाली प्रदेश:- ३५६२४
सुदूरपश्चिम प्रदेश :-५३९७२
परीक्षा केन्द्र र केन्द्राध्यक्ष:-१९६९
सहकेन्द्राध्यक्ष:-३१६७
सुरक्षाकर्मी:-२९५३५
परिक्षा आज चैत्र १०-२१सम्म संचालन हुने
जम्मा परीक्षार्थी:-४ लाख ७५हजार तीन
छात्र:- दुई लाख ३६ हजार ४४५
छात्रा:-दुई लाख ३८ हजार ५५८
प्रदेश नं १ :- ८३८१८
प्रदेश नं २ :- ७०५१८
प्रदेश नं ३:- १०६००२
गण्डकी प्रदेश:- ४८०६३
प्रदेश नं ५ :- ७६९८३
कर्णाली प्रदेश:- ३५६२४
सुदूरपश्चिम प्रदेश :-५३९७२
परीक्षा केन्द्र र केन्द्राध्यक्ष:-१९६९
सहकेन्द्राध्यक्ष:-३१६७
सुरक्षाकर्मी:-२९५३५
परिक्षा आज चैत्र १०-२१सम्म संचालन हुने
Thursday, February 28, 2019
रबिन्द्र अधिकारी को हुनुहुन्थ्यो ? उहाँको संक्षिप्त जीवनी......
रबिन्द्र अधिकारी ( जीवनी)
पिता - इन्द्र प्रसाद अधिकारी
माता - लक्ष्मीदेवी अधिकारीको
जन्म मिति - बि.सं. २०२६ साल बैशाख २२ गते
जन्मस्थल - कास्की भरतपोखरी गाबिस-९ जामुनाबोटमा
श्रीमती - बिद्या भट्टराई( तत्कालीन विद्यार्थी नेतृ , हाल त्रिभुवन विश्वविद्यालय अन्तर्गत आरआर क्याम्पसमा प्राध्यापनरत)
अध्ययन - ब्यवस्थापनमा स्नातकोत्तर
सन्तान : दुई छोरा(विराज र स्वराज )
पिता - इन्द्र प्रसाद अधिकारी
माता - लक्ष्मीदेवी अधिकारीको
जन्म मिति - बि.सं. २०२६ साल बैशाख २२ गते
जन्मस्थल - कास्की भरतपोखरी गाबिस-९ जामुनाबोटमा
श्रीमती - बिद्या भट्टराई( तत्कालीन विद्यार्थी नेतृ , हाल त्रिभुवन विश्वविद्यालय अन्तर्गत आरआर क्याम्पसमा प्राध्यापनरत)
अध्ययन - ब्यवस्थापनमा स्नातकोत्तर
सन्तान : दुई छोरा(विराज र स्वराज )

विद्यार्थी राजनीति :
१. २०३७ सालमा विद्यार्थी राजनीति मार्फत राजनीतिमा प्रवेश,
२. प्रबेशिका उतीर्ण गर्ने बित्तिकै बन बिज्ञान अध्ययन संस्थानमा भर्ना भएपनि केही समयपछि २०४२ सालमा पृथ्वीनारायण क्याम्पस पोखरामा अध्ययन शुरू ,
३. बिद्यालयदेखि नै राजनितिमा चासो राख्ने हुनाले क्याम्पस पुगेपछि बिद्यार्थी राजनैतिक गतिबिधिमा सक्रिय,
४. २०४४ सालमा अनेरास्वबियु पृथ्वीनारायण क्याम्पस कमिटीको अध्यक्ष,
५. २०४५ मा १ बर्ष माध्यमिक बिद्यालयमा अध्यापन,
६. २०४५ सालमा स्वबियु पृथ्वीनारायण क्याम्पस सदस्य,
७. २०४५ सालमा नै अनेरास्वबियु कास्की जिल्ला कमिटी अध्यक्ष,
८. २०४७ सालमा गण्डकी अन्चल अध्यक्ष तथा अनेरास्वबियु केन्द्रीय सदस्य,
९. २०४९ सालमा पृथ्वीनारायण क्याम्पस पोखरामा स्वबियु सभापति निर्वाचित,
१०. २०५३ सालमा त्रिबि केन्द्रीय क्याम्पस किर्तीपुरमा स्वबियु सभापति निर्वाचित,
११. २०५३ सालमा नै स्वबियु काउन्सिल नेपालका संयोजक निर्वाचित,
१२. २०५६ सालमा अनेरास्वबियुका केन्द्रीय अध्यक्ष,
विद्यार्थी आन्दोलनमा उल्लेख्य :
१. २०३७ सालमा विद्यार्थी राजनीति मार्फत राजनीतिमा प्रवेश,
२. प्रबेशिका उतीर्ण गर्ने बित्तिकै बन बिज्ञान अध्ययन संस्थानमा भर्ना भएपनि केही समयपछि २०४२ सालमा पृथ्वीनारायण क्याम्पस पोखरामा अध्ययन शुरू ,
३. बिद्यालयदेखि नै राजनितिमा चासो राख्ने हुनाले क्याम्पस पुगेपछि बिद्यार्थी राजनैतिक गतिबिधिमा सक्रिय,
४. २०४४ सालमा अनेरास्वबियु पृथ्वीनारायण क्याम्पस कमिटीको अध्यक्ष,
५. २०४५ मा १ बर्ष माध्यमिक बिद्यालयमा अध्यापन,
६. २०४५ सालमा स्वबियु पृथ्वीनारायण क्याम्पस सदस्य,
७. २०४५ सालमा नै अनेरास्वबियु कास्की जिल्ला कमिटी अध्यक्ष,
८. २०४७ सालमा गण्डकी अन्चल अध्यक्ष तथा अनेरास्वबियु केन्द्रीय सदस्य,
९. २०४९ सालमा पृथ्वीनारायण क्याम्पस पोखरामा स्वबियु सभापति निर्वाचित,
१०. २०५३ सालमा त्रिबि केन्द्रीय क्याम्पस किर्तीपुरमा स्वबियु सभापति निर्वाचित,
११. २०५३ सालमा नै स्वबियु काउन्सिल नेपालका संयोजक निर्वाचित,
१२. २०५६ सालमा अनेरास्वबियुका केन्द्रीय अध्यक्ष,
विद्यार्थी आन्दोलनमा उल्लेख्य :
- शिक्षामा भएको निजीकरण र ब्यापारिकरण विरुद्ध लामो संघर्ष
- प्रबिधिक शिक्षाको बिस्तार र गुणस्तरियता, सबैका लाई गुणस्तरिय शिक्षा जस्ता आन्दोलनको अगुवाइ
- वहुचर्चित कालापानी मार्चको नेतृत्व
- सीमा सुरक्षा अभियान, नेपाली भू-भाग डूबाउने लक्ष्मणपुर बांधको बिरोध
- शाहज्यादा पारस शाहको ज्यादती बिरुद्द आन्दोलन, हत्यारा बस्ने दरबारमा हैंन जेलखानमा हो भन्दै ५ लाख २३ हजार हस्ताक्षर दरबारमा बुझाउने आन्दोलनको नेतृत्व
- यातायात लगायत सार्बजनिक क्षेत्रमा ३३ प्रतिशत बिद्यार्थी सहूलियतको आन्दोलनको प्रमुख अगुवाई
राजनीतिक यात्रा :
१. २०४६ सालदेखि राजनीतिमा विशेष सक्रिय,
२. पञ्चायत विरोधी आन्दोलनमा लागेका कारण २०४६ सालमा ८ महिना जेल जीवन,
३. प्रतिगमन विरोधी आन्दोलनमा ४ पटक पक्राउ परी हिरासत,
४. बिगतमा एमाले कास्की जिल्ला कमिटीका सदस्य,
५. बिगतमा एमाले कास्की जिल्ला कमिटीका सचिव,
६. बिगतमा एमाले कास्की जिल्ला कमिटीका अध्यक्षमा निर्वाचित,
७. संविधान सभा २०६४ को सभासद,
८. २०७० सालको संविधानसभा सदस्य,
९. रुपान्तरित व्यबस्थापिका संसदको सदस्य,
१०.२०७४ को आमनिर्वाचनमा पुन: तेस्रोपटक कास्कीवाट प्रतिनिधि सभामा निर्वाचित,
११.नेकपाका केन्द्रीय सदस्य ,
१२.वर्तमान सरकारका संस्कृति ,पर्यटन तथा नागरिक उड्डयनमन्त्री,
१. २०४६ सालदेखि राजनीतिमा विशेष सक्रिय,
२. पञ्चायत विरोधी आन्दोलनमा लागेका कारण २०४६ सालमा ८ महिना जेल जीवन,
३. प्रतिगमन विरोधी आन्दोलनमा ४ पटक पक्राउ परी हिरासत,
४. बिगतमा एमाले कास्की जिल्ला कमिटीका सदस्य,
५. बिगतमा एमाले कास्की जिल्ला कमिटीका सचिव,
६. बिगतमा एमाले कास्की जिल्ला कमिटीका अध्यक्षमा निर्वाचित,
७. संविधान सभा २०६४ को सभासद,
८. २०७० सालको संविधानसभा सदस्य,
९. रुपान्तरित व्यबस्थापिका संसदको सदस्य,
१०.२०७४ को आमनिर्वाचनमा पुन: तेस्रोपटक कास्कीवाट प्रतिनिधि सभामा निर्वाचित,
११.नेकपाका केन्द्रीय सदस्य ,
१२.वर्तमान सरकारका संस्कृति ,पर्यटन तथा नागरिक उड्डयनमन्त्री,
कृति/प्रकाशन
१. संविधानसभा : लोकतन्त्र र पुनर्संरचना
२. समृद्द नेपाल
३. बिगत दुई दशकदेखि राजनीति एवं विकास सम्बन्धी उंहाका सयौ अनुसन्धान र राजनीतिक लेखहरु प्रकाशित हुदै आएका छन!!
१. संविधानसभा : लोकतन्त्र र पुनर्संरचना
२. समृद्द नेपाल
३. बिगत दुई दशकदेखि राजनीति एवं विकास सम्बन्धी उंहाका सयौ अनुसन्धान र राजनीतिक लेखहरु प्रकाशित हुदै आएका छन!!
निधन:२०७५ फाल्गुन १५
हिमाली छोरो आङछिरिङ : छोटो जीवनका लामो यात्री
पर्यटन मन्त्री रविन्द्र अधिकारीसँगै ताप्लेजुङमा बुधबार हेलिकोप्टर दुर्घटनामा परी निधन भएका आङ छिरिङ शेर्पा चर्चित सगरमाथा आरोही स्व. पासाङ ल्हामु शेर्पाका साँहिला देवर हुन् । भाउजू सगरमाथा चढ्दै गर्दा आङ छिरिङ ट्रेकिङ व्यवसायमा थिए, जो पछि विमानका मालिक बने ।
हिमाली पर्यटन व्यवसायमा लागेर आङ छिरिङले २० वर्षको छोटो अवधिमा आफूलाई यति एयरलाइन्स, तारा एयर अनि हिमालय एयरको मालिक मात्रै बनाएनन्, छोटै अवधिमा उनी नेपाली पर्यटन व्यवसायको ‘सम्राट’ मा परिणत भए ्
पछिल्लो अवधिमा नेपालमा स्याटेलाइट खरिद गर्ने तयारी गर्दागर्दै ५८ वर्षको उमेरमा आङ छिरिङको असामयिक निधन भयो ।
को हुन् आङ छिरिङ ?
सोलुखुम्बुको साविक जुविङ गाविस, (पासाङ ल्हामु गाउँपालिका) मा जन्मेका आङ छिरिङ सम्पन्न परिवारका साहिँला छोरा हुन् । उनका बुबाको प्रशस्त जग्गाजमीन र खर्क थियो, जहाँ चौंरी र भेडाहरु प्रशस्त थिए । गाउँको सम्पन्न मानिने शेर्पा परिवारले पशुपालनका साथै गाउँमा पैसाहरु पनि लगानी गर्ने गर्थ्यो ।
आङ छिरिङका चार दाजुभाइमध्ये जेठा दाजु अलि अगाडि नै बिते । माइला दाजु लाक्पा सोनाम यति एयरलाइन्सका चेयरमेन हुन् । उनी सगरमाथा आरोही पासाङ ल्हामुका पति हुन् ।
आङ छिरिङ सन् १९९८ सम्म ट्रेकिङ व्यवसायमा थिए । उनका भाइ टेन्डी शेर्पा पनि अन्य दुई दाजुभाइसँगै पर्यटन व्यवसायमै थिए । यसैवीच ०५५ सालमा सोलुखुम्बुमा एसियन एयरको हेलीकोप्टर दुर्घटनामा परी टेण्डीको निधन भयो ।
नागरिकता अनुसार केही फरक भएता पनि आङ छिरिङको उमेर ५८ वर्ष रहेको पारिवारिक स्रोत बताउँछ । हाल उनका श्रीमती र दुई छोरा छन् । दुबै छोराले व्यवसायमा बुबालाई सघाइराखेका थिए ।
पछिल्लो समय आङ छिरिङ यति एयर लाइन्सका प्रवन्ध निर्देशक थिए । दुर्घटनामा परेको डाइनास्टी हेलिकोप्टरमा पनि उनको सेयर लगानी छ । हिमालय एयर उनको पछिल्लो व्यसाय हो ।
सुरुमा आङछिरिङ आफैं टे्रकिङमा जान्थे । दाजु सोनाम र भाइ टेण्डीसमेत मिलेर तीनभाइले ट्रेकिङ चलाइराखेका थिए । सुरुमा दाजुभाइ मिलेर सानो ट्रेकिङ एजेन्सी खोलेका थिए । पछि त्यसैलाई फैलाउँदै फैलाउँदै ठूलो कम्पनी बनाए ।
सन् १९९८ मा उनीहरुले यति एयरलाइन्स सुरु गरे । २१ वर्षमा चलिरहेको यतिले हाल साढे ९ सय मानिसलाई प्रत्यक्ष रोजगारी दिइरहेको छ । यसका अतिरिक्त आङ छिरिङका अरु पनि धेरै कम्पनीहरु छन् । काठमाडौंको चर्चित गोकर्ण रिसोर्ट, चितवनको कसरा रिसोर्टदेखि लिएर ट्राभल एजेन्सी, ट्रेकिङ एजेन्सीहरु देशैभरि छन् । यति बाहेक हिमालय एयरलाइन्स र तारा एयरलाइन्स पनि आङ छिरिङकै हुन् ।
२० वर्षमा पर्यटन सम्राट !
पर्यटन व्यवसायी आङ छिरिङ शेर्पा मुख्य गरी पर्यटनसम्वद्ध व्यवसायमा संलग्न थिए । शेर्पाको थामसेर्कु समूहले पर्यटनलाई नै मुख्य आधार बनाएर विभिन्न फरक-फरक खालका व्यवसाय गरिरहेको छ । समूहका ‘मास्टर माइन्ड’ शेर्पा यति एयरलाइन्सका सञ्चालक थिए । तारा एयरमा पनि उनकै समूहको लगानी छ । हेलिकोप्टर सञ्चालक डाइनेस्टी एयरमा पनि शर्पाको मुख्य समूह साझेदारका रुपमा छ ।
नेपालको पहिलो अन्तर्राष्ट्रिय उडान भर्ने हिमालय एयरलाइन्समा पनि शेर्पाको साझेदारी छ । हिमालयमा चिनियाँ लगानीकर्ताहरु भए पनि शेर्पाकै मुख्य भूमिकामा यो एयरलाइन्स चलिरहेको छ ।
काठमाडौंको गोकर्ण फरेस्ट रिसोर्ट र चितवनको कसरा रिसोर्ट पनि शेर्पाकै स्वामित्वमा छ । यस्तै सोलुखुम्बुको यति माउन्टेन होम पनि यही समूहको हो । यस्तै केर एन्ड ड्वेनी नेपाल, कोरा टुर, यति एड्भेन्चर, यति होलिडेज लगायतका थुप्रै ट्राभल र टुर्सहरु पनि शेर्पाकै हुन् । थामसेर्कु समूहले पछिल्लो समयमा अन्य क्षेत्रमा पनि लगानी बढाउने गरी योजना बनाउँदै थियो ।
यो समूहलाई सञ्चालनमा सबै व्यवसायलाई सफलताका साथ अघि बढाउन आङ छिरिङको ठूलो अभाव झेल्नुपर्ने उनका निकटस्थहरु बताउँछन् ।
पर्यटन व्यवसायीमाझ सबैभन्दा अग्रणी पहिचान बनाएका शेर्पाको निधनले विशेष गरी यति एयरलाइन्सलाई व्यवसायिक रुपमा बढी चुनौति थपिनेछ । तर, उनका उत्तराधिकारीहरु पनि सक्षम रहेकाले धेरै अप्ठोर अवस्था नआउने विश्वास उनको परिवार र कम्पनीका उच्च पदस्थ अधिकारीलाई छ ।
निकटस्थको नजरमा आङ छिरिङ
आङ छिरिङलाई नजिकबाट चिन्नेहरु उनलाई एकदमै भिजनरी, दिमागवाला मान्छे ठान्छन् । व्यवसाय दाजुभाइले मिलेर गरे पनि मुख्य ब्रेन आङ छिरिङ नै रहेको निकटस्थहरु बताउँछन् । सुरुमा यति एयरका एमडी माइला दाजु सोनाम आफैं थिए । भाइहरु छिरिङ र टेण्डी डाइरेक्टर थिए । पछि सोनामले तिमी चलाउ भनेर भाइ आङछिरिङलाई यति एयर सुम्पिए । र, आफूले बढीजसो ट्रेकिङ व्यवसाय हेर्न थाले । छिरिङ आएपछि २० वर्षको अवधिमा कम्पनीले ठूलो आकार लियो ।
जानकारहरुका अनुसार आङ छिरिङ मिलनसार स्वाभावका थिए । तर, सुरुमा भेट्नेले उनी छुचोजस्तो ठान्थे । गाली गरिहाल्ने बानि भएता पनि मनमा पाप नभएको र व्यापारिक दिमाग भएको व्यक्तिका रुपमा उनका व्यवसायिक पार्टनरहरु आङ छिरिङलाई स्मरण गर्छन् ।
आङ छिरिङको स्वभाव ‘रिजर्भ’मा बस्नेखालको थियो । उनी सतहमा आउनै नचाहने र मञ्चहरुमा नजाने स्वाभावका थिए । मिडया व कसैले केही बुझ्न चाहेमा उनी अरुलाई नै अघि सार्थे । पत्रकारलाई अन्तरवार्ता दिन मान्दैनथे ।
हिमाली जनताका साथी
आफैंं हिमाली भेगमा जन्मेको हुनाले आङ छिरिङले हिमाली जनताको सेवामा चासो दिने गरेको उनका निकटस्थहरु बताउँछन् । कतिपय अवस्थामा घाटै भएर पनि हिमाली भेगमा हवाइ सेवा सञ्चालन गर्ने गरेको दाबी उनका कम्पनीका कर्मचारीहरुको छ । जस्तो कि तारा एयरले दुर्गममा धेरै सेवा गरेको छ र बिरामीहरुले राहत पाएको कम्पनीका अधिकारीहरु बताउँछन् ।
‘अस्तिमात्रै सिमिकोटमा हिउँ पर्दा पनि तारा एयरले काम गर्यो,’ तारा एयरमा कार्यरत एक कर्मचारीले अनलाइनखबरसँग भने, ‘आङ छिरिङले हिमालका विकट क्षेत्रमा सेवा गर्न कहिल्यै छाडेनन् । एयरक्राफ्ट घाटामै गए पनि खाद्यान्न सप्लाई गर्ने उनको बानीलाई हेर्दा उनी बिजनेस मोटिभ मात्रै भन्दा पनि पर्यटनको विकासमा ध्यान दिने व्यक्ति थिए ।’
शेर्पाका सहपाठीहरुका अनुसार उनी हिमाली क्षेत्रको विकास गरेन भने विदेशी पर्यटकहरु आउँदैनन् भन्ने मान्यता राख्थे । आङ छिरिङ आफैं हिमाली भेगमा जन्मिएका हुनाले पनि उनलाई हिमाली क्षेत्रका जनताको दुःख थाहा थियो र त्यसलाई महसुस गर्थे ।
यति एयरलाइन्सका एक कर्मचारीले अनलाइनखबरसँग भने, ‘ आङ छिरिङ हिमाली भेगमा जन्मेका ठेट नेपाली छोरा हुन् । अरु शेर्पाका छोराहरु विदेश जान्छन्, तर उनी एकजना सच्चा नेपालीको छोरा थिए । त्यो समुदायबाट आएर उनले नेपालको पर्यटनमा साम्राज्य नै खडा गरेका थिए । उनको निधनले नेपालको पर्यटन व्यवसायले धेरै क्षति व्यहोर्नुपरेको छ ।’
सामाजिक कार्यहरुमा पनि आङ छिरिङले सहयोग गर्ने गरेका थिए । धेरैका बच्चाहरुलाई सहयोग गरेको उनका स्टाफहरु सम्झन्छन् । गत ल्होसारमा उनले २ लाख सहयोग गरेका थिए । स्टाफहरु विरामी हुँदा उपचारमा सहयोग गर्थे ।
तर, बुधबार एउटा भवितव्य आइलाग्यो । छोटो अवधिमा नेपालको पर्यटन एवं हवाइ यातायातको क्षेत्रमा अतुलनीय योगदान गरेका एकजना ‘हिमालका यति’ हामीमाझ अलप भएका छन् ।
अलबिदा रबिन्द्र दाइ !

-दीपक पौडेल
हिजो काम सकाएर सोसल मिडियामा घुम्दै गर्दा एक अकल्पनीय घटनाले मन भतभती पोल्यो। जब टुइटर र फेसबुक लगायतका मिडियामा रफ्तारले रबिन्द्र दाइको बारेमा समाचार सेयर भै रहे। एमालेको त्यो झलझलाउँदो ९ महिने सरकारको प्रधानमन्त्री पनि तेस्तै दुर्घटनामा परेको समाचार सुनेको मैले कुनै मिराकल फेरि हुन्छ कि भनेर सोची रहें! अर्का अधिकारी पनि पहिले कै झैं भाग्यमानी हुन्छन कि भनेर भगवान पुकारी रहें... सत्य तेस्तो थिएन,भएन। आखिर जे नसोचेको थिएँ तेहि भयो। एक होनहार युवा जसले देश, राजनीति र देशको अर्थतन्त्रलाई भित्री रुपमा चिनेको र चिरफार गर्न सक्ने थियो देशले गुमायो।

आँफु अर्थशास्त्रको विद्यार्थीको नाताले मैले रबिन्द्र दाइलाइ फगत एक नेता भन्दा पनि असल अर्थबिदको रुपमा मैले चिनें। उनी कुनै सोध गरेर पिएच्डी गरेका फिलोसफर थिएनन तर नेपाली अर्थतन्त्रलाई नजिकैबाट बुझेका एक "अर्ग्यानिक" अर्थ बिस्लेषक र चिन्तक थिए। उनले नेपाली अर्थ र राजनीतिलाई सार्है सरल र गहिरो तरिकाले बुझेका थिए। केही असल पढेका र बुझेका नेतामा पर्ने एक युवा नेता थिए।
आफू बिकास समितिमा हुँदा सुने, बुझेका आर्थिक र सामाजिक कुरा देखि आफ्नो विद्यार्थी जीवन र राजनीति प्रष्ट देखेका रबिन्द्रले एक किताब लेखेका रैचन "समृद्ध नेपाल"। मैले सोसल मिडियाबाट जानकारी पाएँ, पछि परिवारको सहयोगमा अस्ट्रेलिया मगाएर पढेको थिएँ। उनको किताब पढे पछि मलाइ रबिन्द्र दाइ नेता भन्दा पनि एक असल बिज्ञको रुपमा पाएँ। उनको किताबमा गरिएका बिश्लेषण, योजना र उपायहरु मात्रै पनि अबलम्बन गर्ने हो भने म जस्तै हजारौं युवा विदेश पलायन हुन पर्दैन। हुन त नेताले भन्छन, गर्दैनन भन्ने धेरै सुनिन्छ। रबिन्द्र केही गर्छु भन्ने सोचका थिए भन्ने कुरा उनका पछिल्ला बिकास निर्माणका गतिविधिले प्रष्ट हुन्छन।
१८ औं प्रधानमन्त्री देखेको मेलम्ची देखि तामाकोसी, पृथ्वीराजमार्ग स्तर उन्नतिमा भएका ढिलासुस्ती देखेको हाम्रो पुस्ताले रबिन्द्रको अग्रसरतामा रफ्तारले बनेका भैरहवा विमानस्थल, पोखरा विमानस्थल, निजगढ विमानस्थलको मुआब्जा, बिराटनगर विमानस्थलको मुआब्जा, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएका सुधार, कयौं विमानस्थलमा शुरु गरिएका रात्रीकालिन सेवा बिस्तार आदि हेरे प्रष्ट हुन्छ। नेपालको आर्थिक बिकास गर्न हाम्रो पुर्बाधार नै मुख्य चुनौती हुन भनेर राम्रो बुझेर लेखेका रबिन्द्रलाई छिटोभन्दा छिटो गरौं भन्ने लागेको कुरा प्रष्ट हुन्छन भलै उनलाई वाइड बडि विमान खरिद प्रकरणमा शिर्ष नेता, कर्मचारी र मिडियाले लेखेटेर ध्वस्त पार्न लागेको लागै गरे। वाइड बडि विमान खरिद प्रकरणमा ४ अर्ब खाने हैसियत रबिन्द्रको कहिले थिएन, मलाइ कहिले पत्यार पनि लागेन। खैर अनुसन्धान हुँदै होला, आशा छ त्यो अप्रमाणित असत्य असत्य नै हुनेछ। छिटोभन्दा छिटो काम गर्छु भन्दा केही प्रक्रियागत त्रुटि भए होलान तर राजनैतिक भविश्य बोकेको नेताले केही क्षणमा नै सकिने गरि भ्रष्टाचार गर्यो भनेर मैले कहिले बिस्वास गरेन। अरुले के सोचे त्यो मेरो बशमा छैनन।
रबिन्द्र अधिकारी अध्यक्ष भएको संददीय समितिले एनसेलको 4G सेवा विस्तारमा रोक नलगाउनु भन्ने आदेश पनि विवादित रह्यो। नेपालमा कारोबार गर्ने संस्था भएकाले एनसेल खरिद विक्रीमा नेपालले लाभकर पाउनु पर्छ भन्ने सम्पुर्ण नेपालीको चाहाना हो। तर संददीय समितिले भावनामा बगेर हैन देशको कानुन, विदेशी लगानीमा पर्ने सम्भावित असर समेत ध्यानमा राखेर निर्णय गर्नुपर्छ। रबिन्द्र अधिकारी लगायत अन्य सदस्यले एनसेललाई 4G सेवा विस्तार गर्न दिँदा राज्यको तर्फबाट निर्णय गरेका थिए। कतिले त्यो निर्णयको विरोध गरे। पठावो नामको राइडि शेयरिंग गर्ने कम्पनीको विवादमा अस्ति मात्र सर्वोच्च अदालतले मुद्दा पक्रियामा रहुन्जेल उसको सेवा बन्द नगर्नु भन्ने आदेशबाट पनि एनसेललाई सेवा विस्तार गर्न नरोक्नु भन्ने आदेशलाई सहि ठहर्याएको छ।
मेरा एक मित्र जो भैरहवामा बस्नुहुन्छ, जहिले पनि मलाइ तिमी बाहिर गएर के गर्यौ ? हाम्रोमा त बिकास हुँदै छ, अब भैरहवा विमानस्थल बने पछि हाम्रो ठाउँमा कायपलट हुन्छ भन्छन। मलाइ जहिले पनि देश बनेको कुराले खुशी लाग्छ। उनले मलाइ जिस्काइ रहदा नि मलाइ झनै आनन्द लाग्छ। निजगढका बारेमा पनि अनेक बहाना र आक्षेप लगाउदा पनि रबिन्द्र दाइ अगाडी बढेकै थिए। आशा छ उनको त्यो अग्रसरता अरु कसैले कायम राख्नेछ।
माथीका हरफहरु लेख्दै गर्दा अझै पनि मनमा चुस्स हुन्छ। देशले एक होनहार बिकासप्रेमी नेता गुमायो। एक पटक अर्थमन्त्री सम्म भएको हेर्न मन थियो मलाइ। त्यो पूरा हुन सकेन।
दाइ! अलबिदा। आशा छ हजुर्को किताबमा लेखेको झैँ "हामी पुष्पलाल, बिपी, मदन भन्डारी, मनमोहन अधिकारीले देखेका सपना भन्दा धेरै टाढा छौं। सबै नेपालीलाई आफ्नो योगयता क्षमता अनुसार बिकास गर्ने आवश्यक बाताबरण दिन सकिएन। जहाँका जनताले गरीबी र अभाबलाई जित्न सकुन। समृद्ध नेपालमा सुखी जीवन बाँच्न सकुन। जबसम्म हामीले हाम्रा प्राकृतिक श्रोतहरु चिन्दैनौं र मानवीय संसाधनको विकास गर्दैनौं, कडा मेहनत गर्ने असल संस्कृती र उधमशिलताको विकास, इमानदारी र सरलतामा जोड दिदैनौं, हामी परनिर्भर भैरहने छौं!"
तपाइँको सपना पूरा होस! नेपाल समृद्ध बनोस, हामी नेपाली सूखी हौं। हजुरको स्वर्गमा बास होस! अलबिदा रबिन्द्र दाइ !
Saturday, January 19, 2019
Thursday, January 17, 2019
मानिसमा कुन रोग छ भन्ने नङको रङ हेरेरै थाहा हुन्छ|
डा. ललितकुमार मिश्र
नङको काम हात-खुट्टाका औलाको सौन्दर्य बढाऊने मात्र होइन । यसले शरीरभित्र लुकेर रहेका बिभिन्न रोगबारे संकेत पनि दिने गर्छ । नङमा आउने रङको परिवर्तनले शारीरिक तथा मानसिक स्वास्थ्यबारे जानकारी दिन्छ भन्ने । यदि नङमा सेतो दाग, गुलाबीपना या धर्सो देखिएमा त्यो कुनै गम्भीर रोगको संकेत पनि हुन सक्छ । लिभर, मुटु, फोक्सो, छाला एवं मानसिक स्वास्थ्य समस्या सम्बन्धि समस्याको संकेत नङले पनि दिने गर्छ । त्यसैले, विरामी जाँचको क्रममा उसको हात, खुट्टाका औलाका नङको परिक्षण गरिन्छ । होमियोप्याथिक चिकित्सा पद्दतिमा बिरामिको नङको रङ परिवर्तन हुनुलाई बिषेश महत्व दिईन्छ ।
थाइराइडको समस्या
↳स्वस्थ नङ सिधा र दाग-धब्वारहित हुन्छ । तर, नङ छोटो समयमै भाँचिने, चर्कीने सुख्खा हुने भएमा त्यो थाइराइड हर्मोन असन्तुलनको लक्षण हुन सक्छ । थाइराइडको कारण नङ झर्नेजस्ता समस्एया पनि हुन्छ । थाइरायडहार्मोनस असंतुलनकोसंकेत गर्दछ ।नङ चिरिएको वा रङ पविर्तन भएर पहेलो भएको छ भने त्यो फंगल इनफेक्सनको कारण पनि हुन सक्छ ।
↳स्वस्थ नङ सिधा र दाग-धब्वारहित हुन्छ । तर, नङ छोटो समयमै भाँचिने, चर्कीने सुख्खा हुने भएमा त्यो थाइराइड हर्मोन असन्तुलनको लक्षण हुन सक्छ । थाइराइडको कारण नङ झर्नेजस्ता समस्एया पनि हुन्छ । थाइरायडहार्मोनस असंतुलनकोसंकेत गर्दछ ।नङ चिरिएको वा रङ पविर्तन भएर पहेलो भएको छ भने त्यो फंगल इनफेक्सनको कारण पनि हुन सक्छ ।
छालाको क्यान्सर
नङको भित्रपट्टी कुनै गहिरो रगंको धर्सा देखिएमा सचेत हुनुपर्छ । यस्तो भएमा जतिसक्दो चाडो स्वास्थ्य परीक्षण गर्न जरुरी हुन्छ । किनभने यस्तो कालो धर्सा छालाको क्यानसरको संकेत पनि हुन्छ ।
त्यस्तै, नङको रङ परिवर्तन भएर पहेलो भएमा त्यो अन्य क्यानर जस्तो घातक रोगको पनि लक्षण हुन सक्छ । नङको रङ निलो हुँदै गएको छ भने त्यो मुुटु रोगको लक्षण हो ।
फोक्सोको समस्या
कतिपयको नङको आकार परवर्तन भएर घडिको शिशाजस्तो हुने गर्छ । यसले क्ष्यरोग, फोक्सोको टियुमरजस्ता समस्यातर्फ पनि इंगित गर्छ । त्यस्तै, नङ चम्चा आकारको भएमा त्यसले छाला सम्बन्धि रोग तथा मानशिक समस्यातर्फ संकेत गर्छ ।
वंशाणुगत समस्या
यदि नङमा डाँडाको टुप्पाजस्तो खस्रो धर्सा देखिएको छ भने त्यो प्राकृतिक या वशांनुगत रोगको संकेत हुन सक्छ । त्यति मात्र नभएर यस्तो रङले अर्थराईटिस, कोलाईटिस, जस्ता रोग हुनसक्ने पनि सम्भावना देखाउँछ ।
नङको रङ निलो हुदै गईरहेको छ भने अक्सिजनको कमी, स्वासप्रश्वासको समस्या वा मुटु रोगको कारण पनि हुन सक्छ ।
मधुमेह
बेलाबखत नङको रङ आधा गुलाबि र आधासेतो देखिन सक्छ । यस्तो रङले मधुमेहको संकेत गर्छ । नङ निकै सेतो देखिएको छ भने एनिमिया पनि भएको हुन सक्छ ।
इतिहास
⇒चिकित्सा शास्त्रको इतिहास हेर्ने हो भने, प्राचिन कालमा आजको जस्तो रोग निदानका आधुनिक उपकरण थिएनन् । त्यतिबेला आयुर्वेदिकले रोगीको शारीरिक निरीक्षणको क्रममा नाडी, जिब्रो र हात खुट्टाका नङलाई हेरि रोग पत्ता लगाउने गर्थे । उनीहरुले यसकै आधारमा गम्भीर रोगको समेत सफल उपचार गर्थे ।
जब सन् १७९० मा होमियोप्याथिक चिकित्साको बिकास भयो, त्यसपछि रोगीको अन्य परीक्षण गराउनुका साथै हात-खुट्टाका नडङको बिभिन्न अवस्थालाइ मध्येनजर राखेर, नङको रुप, रङ, आकार, परिवर्तनको आधारमा पनि रोगको पहिचान गर्ने र त्यसैअनुसार सफल उपचार गर्दै आइरहेको छ ।
(मिश्र आस्था होमियो क्लिनिकका होमियोप्याथिक कन्सल्टेन्ट हुन् )
Monday, January 14, 2019
Friday, January 11, 2019
आज राष्ट्रिय एकता दिवसको अवसर जुराएर विवेकशील साझा फुटेछ रेन्त । च्याउ उम्रे जस्तै गरि उमृने मात्रै हाम्रो नेपालमा ... अरे हजुर पार्टी खोलेर मात्रै देशको बिकास अनि सेवा हुन्छ भनेर काँ छ लेख्या त्यस्को सट्टा बरु देशमा यस्तो बेरोजगारी छ,गरिबी छ एउटा सानो भएनी उद्योगधन्दा खोलेर केही मात्र भएनी एअरपोर्टमा लाइनमा बसेका लख्खा जवानहरुलाइ देसमै व्यवस्थापन गरेर देशको सेवा हुदैन र? #थुक्क_लाजनिति
LS Dhami http://bit.ly/2GAIa5o
Thursday, January 10, 2019
नयाँ मर्यादाक्रम-२०७५ सार्वजनिक, कसको स्थान कहाँ ? (सूचीसहित)
- LS Dhami
सरकारले नयाँ सरकारी मर्यादाक्रम सार्वजनिक गरेको छ, जसमा जनप्रतिनिधिलाई कर्मचारीभन्दा माथि राखिएको छ ।
२०७४ सालको स्थानीय तह निर्वाचनपछि सरकारले राष्ट्रपतिलगायत राष्ट्रिय जीवनका बिभिन्न क्षेत्रमा रहेका व्यक्तिहरुको मर्यादाक्रम हेरफेर गरेको थियो । त्यसमा गाउँपालिका अध्यक्षलगायत स्थानीय जनप्रतिनिधिलाई नेपाली सेनाका क्याप्टेनभन्दा पनि तल राखिएपछि विवाद भएको थियो ।त्यस्तै नगरपालिकाका मेयरलाई सहसचिवभन्दा तल राखिएको थियो । मर्यादाक्रममा असहमति जनाउँदै नगरपालिका संघ र गाउँपालिका महासंघले प्रधानमन्त्रीलाई ध्यानाकर्षणसमेत बुझाएका थिए ।
नयाँ मर्यादाक्रममा प्रदेश प्रमुखलाई छैटौं नम्बरमा राखिएको छ । केन्द्र सरकारका मन्त्री, प्रदेशका मुख्यमन्त्री, विपक्षी दलका नेता, नेपाल रत्न पाउनेहरु, पूर्वप्रधानन्यायाधीश, संविधानसभाका अध्यक्ष, उपसभामुख, राष्ट्रियसभाका उपाध्यक्ष, सत्तापक्षका संसदीय दलका उपनेता लगायतका छन् ।
प्रदेशका मन्त्री र केन्द्रका सांसद, राज्यमन्त्री, काठमाडौं महानगरका मेयर, पूर्वसांसद, मुख्यसचिव र प्रधानसेनापति नवौं नम्बरमा छन् । अन्य महा
नगरका मेयर, प्रदेशका सहायकमन्त्री लगायत दशौं नम्बरमा छन् ।सचिव, प्रहरी प्रमुख, उपमहानगरका प्रमुख र काठमाडौंका उपमेयरको मर्यादाक्रम एउटै कायम गरिएको छ । नगरपालिकाका प्रमुख १४ औं र गाउँपालिकाका प्रमुख १५ औं नम्बरमा हुँदा सरकारका उपसचिव, प्रमुख सेनानी १७ औं नम्बरमा छन् ।
तल हेरौं:-
१. राष्ट्रपति
२. उपराष्ट्रपति
३. प्रधानमन्त्री
४. प्रधानन्यायाधीस
५. संविधानसभा अध्यक्ष/ब्यवस्थापिका संसदका सभामुख
६. पूर्व राष्ट्रपति, उपप्रधानमन्त्री
७. मन्त्री, ब्यवस्थापिका संसदका विपक्षी दलका नेता, पूर्व उपराष्ट्रपति, पूर्व प्रधानमन्त्री, पूर्व प्रधानन्यायाधीस, ब्यवस्थापिका संसदका उपसभामुख, संविधानसभाका उपाध्यक्ष, पूर्वसभामुख
८. राज्यमन्त्री, संविधानसभा/ब्यवस्थापिका संसदका विभिन्न समितिका सभापति/अध्यक्ष
९. राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रज्ञा प्रतिष्ठानका कुलपतिहरु
१०. सर्वोच्च अदालतका न्यायाधीस, न्यायपरिषदका सदस्य
११. सहायक मन्त्री
१२. संविधानसभा/ब्यवस्थापिका संसदका सदस्य
१३. संबैधानिक निकायका प्रमुख, महान्यायाधीवक्ता, नेपाल सरकारका मूख्य सचिव, प्रधान सेनापति, संसद सचिवालयका महासचिव
१४. उच्च अदालतका मुख्य न्यायाधीश, राष्ट्रिय योजना आयोगका सदस्य, संबैधानिक निकायका पदाधिकारी, नेपाल राष्ट्रबैंकका गभर्नर, प्रज्ञाप्रतिष्ठानका उपकुलपति, विश्वविद्यालयका उपकुलपति
१५. नेपाल सरकारका सचिव, नेपाल सरकारका बिशिष्ट श्रेणिका कर्मचारी, नेपाल स्थित विदेशी राजदुत, सार्कका महासचिव, नेपाली राजदूत, सर्बोच्च अदालतका रजिष्टार, नायब महान्यायाधिवक्ता, उच्च अदालतका न्यायाधिश
१६. रथी, प्रहरी महानिरीक्षक, सशस्त्र प्रहरी महानिरीक्षक, मुख्य अनुसंधान निर्देशक (राष्ट्रिय अनुसंधान विभाग), नेपाल स्थित संयुक्त राष्ट्र संघीय विकास कार्यक्रमका आवासीय संयोजक
१७. उपरथी, अतिरिक्त महानिरीक्षक, सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक, राष्ट्रिय अनुसंधान विभागका अतिरिक्त मूख्य अनुसंधान निर्देशक
१८. जिल्ला विकास समितिका निर्वाचित सभापति, महानगरपालिकाका प्रमुख (निर्वाचित)
१९. नेपाल सरकारका सहसचिव, महानिर्देशक, उपमहानिर्देशक, जिल्ला न्यायाधीश, राजपत्रांकित प्रथम श्रेणिका कर्मचारी, उपमहानगरपालिकाका प्रमुख (निर्वाचित), नगरपालिकाका प्रमुख (निर्वाचित)
२०. नेपालस्थित विदेशी कन्सलर जनरल, नेपालस्थित अन्य अन्तर सरकारी संस्थाका प्रमुख
२१. सहायक रथी, प्रहरी नायव महानिरिक्षक, सशस्त्र प्रहरी नायव महानिरिक्षक, राष्ट्रिय अनुसंधान विभागका अनुसंधान निर्देशक
२१. सहायक रथी, प्रहरी नायव महानिरिक्षक, सशस्त्र प्रहरी नायव महानिरिक्षक, राष्ट्रिय अनुसंधान विभागका अनुसंधान निर्देशक
२२. महासेनानी, प्रहरी बरिष्ठ उपरिक्षक, सशस्त्र प्रहरी बरिष्ठ उपरिक्षक, राष्ट्रिय अनुसंधान विभागका सह अनुसंधान निर्देशक
२३. नेपाल सरकारका उपसचिव, निर्देशक, राजपत्रांकित द्धितीय श्रेणिका कर्मचारी
२४. प्रमुख सेनानी, प्रहरी उपरिक्षक, सशस्त्र प्रहरी उपरिक्षक, राष्ट्रिय अनुसंधान विभागका उप अनुसंधान निर्देशक
२५. सेनानी, प्रहरी नायव उपरिक्षक, सशस्त्र प्रहरी नायव उपरिक्षक, राष्ट्रिय अनुसंधान विभागका अनुसंधान अधिकृत, गाविस (अध्यक्ष)
२६.सह सेनानी, नेपाल सरकारका शाखा अधिकृत, राजपत्रांकित तृतीय श्रेणिका कर्मचारी
२७. उपसेनानी, प्रहरी निरिक्षक, सशस्त्र प्रहरी निरिक्षक, राष्ट्रिय अनुसंधान विभागका अनुसंधान अधिकृत
Sunday, January 6, 2019
फाप्लामा हुने धनगढी प्रिमियर लिग (डिपिएल) सिजन-३ को अक्सन विशेष
![]() |
| अक्सनमा सहभागी रणनीतिक खेलाडीहरु |
काठमाण्डौको अन्नपूर्ण होटेलमा सम्पन्न अक्सनमा जम्मा १८६ जना खेलाडीहरु सहभागी थिए त्यसमध्ये ७२ जना खेलाडीहरु बिक्रि भए। यस्तै ट्यालेन्ट हन्टबाट आएका १२ जना खेलाडीहरु मध्ये ६ जनालाई ६ वटा टिमले लिए।जसमध्ये प्रत्येक टिमले ११ जना खेलाडीहरु टिममा लिएका छन्। डिपिएलमा ६ वटा टोलिहरु छन् धनगढी स्टार्स, सीवाईसी अत्तरिया ,महेन्द्रनगर युनाईटेड, , रुपन्देही च्यालेञ्जर्स, बिराटनगर किंग्स र काठमाडौँ गोल्डेन्स रहेका छन्।
अक्सनमा सहभागी ६ वटा टिम मध्ये रुपन्देही च्यालेञ्जर्सले १४ लाख ४५ हजार रुपैयाँ खर्च गर्यो। धनगढी स्टार्सले १२ लाख २० हजार, महेन्द्रनगर युनाईटेडले ११ लाख ५० हजार,काठमाडौँ गोल्डेन्सले १० लाख ९५ हजार, बिराटनगर किंग्सले ९ लाख ९० हजार तथा दिपेन्द्र ऐरि रणनीतिक खेलाडी रहेको सीवाईसी अत्तरियाले ९ लाख रुपैयाँ खर्च गर्यो।
डिपिएल अक्सनमा ६ खेलाडीहरु सर्बाधिक अधिकतम मुल्य २ लाख ५० हजार रुपैयाँ मा बिक्रि भएका छन् ।
डिपिएल मा सर्वाधिक मुल्यमा बिक्रि हुने खेलाडीहरुमा
१. बिनोद भण्डारी ( रुपन्देही च्यालेञ्जर्स , २ लाख ५० हजार )
पछिल्लो सिजन महेन्द्रनगर युनाईटेडको कप्तानी गरेका बिनोद भण्डारी यो पटक फरक टिमबाट खेल्ने छन्। भण्डारीलाई धनगढी स्टार्स बाहेक सबै टिमले अधिकतम मूल्य २ लाख ५० हजारको लागि बोलि लगाए पनि गोलाप्रथा मार्फत उनि रुपन्देही च्यालेञ्जर्समा छानिएका थिए।
२. ललित भण्डारी ( रुपन्देही च्यालेञ्जर्स , २ लाख ५० हजार )
राष्ट्रिय क्रिकेट टिमका नियमित देब्रे हाते तिब्र गति बलरलाई सीवाईसी अत्तरिया र रुपन्देही च्यालेञ्जर्सले अधिकतम मूल्यमा बोलि लगाएको थियो। गोला प्रथा मार्फत उनि पनि रुपन्देहीमा छानिएका थिए। डिपिएलको पछिल्लो सिजन ललित लिग विजेता टिम धनगढी टिम चौराहाको लागि खेलेका थिए।
३. आरिफ शेख ( महेन्द्रनगर युनाईटेड, २ लाख ५० हजार )
राष्ट्र्यी टिमका नियमित मध्येक्रम ब्याट्सम्यान आरिफ शेखलाई रुपन्देही र अत्तरिया बाहेक अन्य ४ टिमले अधिकतम मूल्यको लागि बोलि लगाएको थियो। गोला प्रथा मार्फत उनि महेन्द्रनगर युनाईटेड टिममा छानिए।
४. ललित राजबंशी ( काठमाडौँ गोल्डेन्स , २ लाख ५० हजार )
राष्ट्रिय टिमका नियमित देब्रे हाते स्पिनर ललित राजबंशीलाई अधिकतम मूल्यमा काठमाडौँ गोल्डेन्सले मात्रै बोलि लगाएको थियो। ललितले अन्तिम पटक पनि काठमाडौँ गोल्डेन्सको लागि खेलेका थिए।
५. भिम शार्की ( रुपन्देही च्यालेञ्जर्स , २ लाख ५० हजार )
यु-१९ राष्ट्रिय क्रिकेट टिमको प्रतिनिधित्व गरेर पछिल्लो समय घरेलु क्रिकेटमा राम्रो प्रदर्शन गर्दै चर्चा कमाएका भिम शार्कीलाई रुपन्देही च्यालेञ्जर्सले २ लाख ५० हजार रुपैयाँ खर्चियो। खेलाडी किन्न अधिकतम १२ लाख रुपैयाँ राखिए पनि २५ प्रतिशत जरिवाना रकम तिर्दै सार्कीलाई रुपन्देहीले टिममा लियो। धेरै टिमले बोलि लगाए पनि गोला प्रथामा उनलाई रुपन्देहीले टिममा भित्र्याएको हो।
६ . पवन सर्राफ ( धनगढी स्टार्स , २ लाख ५० हजार )
यु-१९ राष्ट्रिय क्रिकेटर पवन सर्राफलाई ३ वटा टिमले बोलि लगाएको थियो। गत सिजन बिराटनगर किंग्सको प्रतिनिधित्व गरेका सर्राफ अफ-स्पिन बलिङ्ग तथा ब्याटिंग समेत बलिङ्ग गर्ने गर्छन्।
यी बाहेक ४ जना अन्य खेलाडीहरु पनि महँगो मुल्य मा बिकेका छन :
प्रदिप ऐरि ( रुपन्देही च्यालेञ्जर्स , २ लाख ४० हजार )
ओपनिङ्ग ब्याट्सम्यान तथा विकेटकिपर प्रदिप ऐरिलाई रुपन्देही च्यलेञ्जर्सले २ लाख ४० हजार रुपैयाँ बोलि लगायो। ऐरिले अन्तिम पटक डिपिएलमा पनि रुपन्देहीको प्रतिनिधित्व गरेका थिए।
सन्दिप जोरा ( सीवाईसी अत्तरिया , २ लाख ३० हजार )
यु-१९ राष्ट्रिय क्रिकेटर सन्दिप जोरालाई सीवाईसी अन्य टिम पनि बोलि लगाए पनि अन्ततः सीवाईसी अत्तरियाले २ लाख ३० हजारमा खरिद गर्यो। आक्रामक ब्याटिंग गर्ने जोरा गत सिजन पनि सीवाईसी अत्तरियाबाट खेलेका थिए।
रोहित पौडेल ( महेन्द्रनगर युनाईटेड , २ लाख ३० हजार )
राष्ट्रिय टिमका युवा ब्याट्सम्यान रोहित पौडेललाई धनगढी स्टार्स र महेन्द्रनगर युनाईटेडले बोलि लगाएका थिए। पौडेल पछिल्लो सिजन पनि महेन्द्रनगरको लागि खेलेका थिए।
भुवन कार्की ( सीवाईसी अत्तरिया , २ लाख १० हजार )
देब्रे हाते स्पिनर तथा अल-राउण्डर भुवन कार्कीलाई सीवाईसी अत्तरियाले २ लाख १० हजार रुपैयाँमा खरिद गर्यो। गत सिजन भुवन महेन्द्रनगर युनाईटेडको लागि खेलेका थिए।
विस्तृतमा हेर्नुहोस टीम ,रणनीतिक खेलाडी र अरु खेलाडीलाई खरिद मूल्य:-
काठमाडौँ गोल्डेन्स (रणनीतिक खेलाडी: ज्ञानेन्द्र मल्ल )
किनेको खेलाडी : ललित राजबंशी – २ लाख ५० हजार, अनिल साह – १ लाख ७० हजार , बिक्रम भुसाल – १ लाख ६० हजार , अबिनभ यादब – ३० हजार , राशिद खान – १ लाख ७० हजार , योगेन्द्र यादब – ७० हजार, नन्दन यादब – ५० हजार , सोनु तामांग – ६५ हजार , सुर्य तामांग – ५० हजार, मेहबुब आलम – ५० हजार , सुधिर चौधरी – ३० हजार , बिक्रम ठगुन्ना – ३० हजार
महेन्द्रनगर युनाईटेड (रणनीतिक खेलाडी: शरद भेसावकर )
रोहित पौडेल – २ लाख ३० हजार , अविनाश बोहारा – १ लाख ७० हजार, आरिफ शेख – २ लाख ५० हजार*, अमर सिंह रौटेला – १ लाख २० हजार, सागर ढकाल – १ लाख , सिद्धान्त लोहनी – ७० हजार, दिलिप नाथ – ७५ हजार, शाहब आलम – ६० हजार, कुशल मल्ल – ५० हजार, सन्दिप रजाली – ४० हजार , दिपेन्द्र चन्द – ३० हजार , सन्तोष भट्ट – ३० हजार , सुशील खड्का – ३० हजार
रुपन्देही च्यालेञ्जर्स (रणनीतिक खेलाडी: बसन्त रेग्मी )
भिम शार्की – २ लक्ख ५० हजार, ललित भण्डारी – २ लाख ५० हजार, प्रदिप ऐरि – २ लाख ४० हजार, पुरन बिक – ५० हजार, सन्दिप सुनार – १ लाख १० हजार, बिक्रम सोब – ६० हजार, सुमित महर्जन – ७५ हजार, बिनोद भण्डारी – २ लाख ५० हजार* , सुरज दराई – ३० हजार , अनिल खरेल – ३० हजार , शेर मल्ल – ३० हजार
सीवाईसी अत्तरिया (रणनीतिक खेलाडी: दिपेन्द्र सिंह ऐरि )
सन्दिप जोरा – २ लाख ३० हजार, जितेन्द्र सिंह ठकुरी – ७५ हजार, भुवन कार्की – २ लाख १० हजार , दिपेन्द्र रावत – ३० हजार , प्रेम तामांग – ५० हजार , आदील अन्सारी – ५० हजार , रामनरेश गिरि – ७५ हजार , कमल सिंह ऐरि – ९० हजार , शुबेन्दु पाण्डे – ५० हजार, खगेन्द्र जोशी – ३० हजार , रित गौतम – ३० हजार, ज्ञानेन्द्र कुँवर – ३० हजार
धनगढी प्रिमियर लिगले यो संस्करण पनि आफुलाई देशकै ठुलो धनराशीको प्रतियोगिता गर्ने घोषणा गरेको छ। यस अघिको संस्करणमा डिपिएल विजेताले २५ लाख पुरस्कार पाएको थियो। पोखरा प्रिमियर लिगले विजेतालाई २७ लाख राशि दिएको हुँदा यो पटक डिपिएलले त्यो भन्दा बढी रकम विजेतालाई प्रदान गर्नेछ।डीपीएलको पहिलो र दोस्रो संस्करणको विजेता टिम चौराह धनगढी हो । पहिलो संस्करणमा उसले विराटनगर किंग्स र दोस्रो संस्करणमा काठमाडौं गोल्डन्सलाई पराजित गर्दै उपाधि उचालेको थियो।
Subscribe to:
Posts (Atom)




