Friday, July 20, 2018

अर्को पेले : एमबाप्पे



अर्को पेले : एमबाप्पेरुस विश्वकपमा स्टार खेलाडीहरू फ्लप हुँदा एउटा १९ वर्षीय युवाले तहल्का मच्चाए। अग्लो शरीर, बेजोडको रनिङ र कलात्मक शैलीले उनले निकै चर्चा बटुले।
सन् १९९८ मा क्यामरुनी बुवा र अल्जेरियाकी आमाबाट जन्मिएका ती युवा स्टार हुन्, काइलिन एमबाप्पे। यी किशोर पेरिस सेन्ट जर्मन (पीएसजी) बाट व्यावसायिक फुटबल खेलिरहेका छन्। फ्रान्स राष्ट्रिय टोलीबाट रुस विश्वकप फुटबल खेलेका एमबाप्पे फ्रान्सको मुख्य हतियार बन्न पुगे। सन् २०१७ देखि सिनियर टोलीबाट खेलिरहेका एमबाप्पेको ‘स्ट्राइकिङ पावर’ बेजोडको छ। मैदानमा बल छलाउन र पोस्टमा लैजाने क्षमताले उनलाई चर्चित बनाएको छ। उनले पीएसजीका लागि दुई सिजनमा २१ गोल गरिसकेका छन्। यसैगरी फ्रान्सका लागि खेलेको २२ खेलमा अहिलेसम्म आठ गोल गरिसकेका छन्। उनी फिफा विश्वकप इतिहासमा गोल गर्ने सबैभन्दा कान्छा खेलाडी पनि हुन्। रुस विश्वकपको समूहगत चरणको दोस्रो खेलमा पेरुविरुद्ध गोल गर्दै एमबाप्पेले यो कीर्तिमान बनाएका हुन्। पेरुविरुद्ध गोल गर्दा उनी १९ वर्ष एक सय ८३ दिनका थिए। उनले विश्वकप फुटबलको सात खेलमा चार गोल गरे। विश्वकप छनोट चरणका ६ खेलमा खेलमा भने जम्मा एक गोल गरेका थिए।
एमबाप्पेको परिवार नै खेलकुदमा सक्रिय रहेकै कारण उनलाई खेलकुदमा लाग्न समस्या भएन। उनका बुवा फुटबल प्रशिक्षक थिए भने आमा ह्यान्डबल खेलाडी थिइन्। यसैगरी उनका दाइ पनि व्यावसायिक फुटबलर थिए। जिरेस केम्बो इकोको नामका उनका दाइलाई सानैदेखि बाबुआमाले पालेका थिए।
एमबाप्पेले एएस ब्यान्डीबाट फुटबल कला सिके। उनी पोर्चुगल तथा रियल म्याड्रिडका स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डोको खेलबाट निकै प्रभावित थिए। उनले रोनाल्डोलाई नै आइडल मानेर फुटबल सिके। आफ्नो कोठाभरि रोनाल्डोको तस्बिर झुन्ड्याए। युट्युबमा रोनाल्डो खेललाई पछ्याए। एएस ब्यान्डीबाट सन् २००४ देखि २०१३ सम्म जुनियर फुटबल खेले। एएस ब्यान्डीमा लामो समय बिताएका एमबाप्पे सन् २०१३ मा अर्को फ्रेन्च क्लब मोनाकोमा आबद्ध भए। त्यहाँ उनले दुई वर्ष बिताए। मोनाकोबाट जुनियर फुटबल खेल्दाखेल्दै उनी क्लबको सिनियर बी टोलीमा पर्न सफल भए। एक वर्ष बी टोलीबाट खेल्दाखेल्दै ए टोलीमा परेका उनले तीन वर्षमा खेलेका ४१ खेलमा १६ गोल गर्न सफल भए। मोनाकोबाट एमबाप्पे यही वर्ष ऋणमा पीएसजी पुगेका हुन्। एमबाप्पे मोनाकोबाट एक करोड ६२ लाख पाउन्डमा लोनमा पीएसजीमा आबद्ध भएका हुन्। उनले अघिल्लो सिजनमा २७ खेलमा १३ गोल गरेका थिए।
सानदार फिनिसिङ शैली र मैदानमा द्रुतगतिमा बल अघि बढाउन सक्ने क्षमताका कारण एमबाप्पे धेरैको नजरमा परेका छन्।
एमबाप्पेले विभिन्न क्लबबाट फुटबल खेल्दै गर्दा उनी फ्रान्सको यू–१७, यू–१९ हुँदै राष्ट्रिय टोलीमा आबद्ध हुन पुगे। राष्ट्रिय टोलीमा आवद्ध भएको छोटो समयमै उनी प्लेइङ ११ मा पर्न सफल भए।
सन् १९९८ मा फ्रान्सले घरमै भएको विश्वकप फुटबलको उपाधि जित्दा जन्मिएका एमबाप्पेले दुई पटकको उपाधि विजेता अर्जेन्टिनालाई रुस विश्वकपको प्रिक्वाटरफाइनलबाटै घर फर्काउने क्रममा दुई उत्कृष्ट गोल गरेका थिए। त्यही गोलपछि उनी हटकेक बन्न पुगे। अर्जेन्टिनाविरुद्ध गरेको दुई गोलसँगै उनले विश्व फुटबलको बादशाह पेलेको कीर्तिमानसँग पनि बराबरी गरेका छन्। ६० वर्षअघि पेलेले नकआउट चरणमा दुई गोल गर्दै कीर्तिमान बनाएका थिए। आफ्नो कीर्तिमानसँग बराबरी गरेपछि तीन पटकको विश्वकप विजेता पेलेले एमबाप्पेलाई बधाइ दिएका छन्। सन् १९५८ मा पेलेले दुई गोल गरेयता विश्वकपको एकै खेलमा दुई गोल गर्ने एमबाप्पे कम उमेरका खेलाडी बन्दै पेलेको कीर्तिमानसँग बराबरी गरेका थिए। यी १९ वर्षीय एमबाप्पे क्रोएसियाविरुद्धको फाइनल खेलमा उत्कृष्ट प्रदर्शन गर्दै टोलीलाई उपाधि दिलाउन महत्वपूर्ण भूमिका निभाए। उक्त खेलमा उनले एक गोल गरे। विश्वकपमा आफ्नो छुट्टै छाप छाडेका एमबाप्पे उत्कृष्ट युवा खेलाडीसमेत चुनिए।
एमबाप्पे फुटबलका युवा प्रतिभाले मात्र चर्चित छैनन्। उनको मनकारी भावनाले समेत उनलाई चर्चाको शिखरमा पुर्‍याएको छ। उनले आफूले खेलेका अन्तर्राष्ट्रिय खेलबाट पाउने म्याच फि अपांगता भएका बच्चाहरूको खेलकुदका लागि प्रदान गर्दै आएका छन्। उनले राष्ट्रिय टोलीबाट फुटबल खेल्दा खेलाडीले म्याच फि लिनु उचित नभएको भन्दै आफूले पाउने रकम अपांगताका लागि प्रदान गर्ने गरेका हुन्। रुसमा जारी विश्वकपमा फ्रान्सले उपाधि जित्दा एमबाप्पेले म्याच फिबापत दुई लाख ६५ हजार पाउन्ड पाएका छन्।
एमबाप्पेप्रति अहिले संसारमा ठूला क्लबको नजर छ। इङ्लिस प्रिमियर लिगका पूर्वप्रशिक्षक आर्सेन वेंगरले एमबाप्पेलाई फुटबलका ‘ह्युज ट्यालेन्ट’ भन्दै फ्रान्सकै पूर्वखेलाडी थियरी अनरीसँग समानता रहेको बताएका थिए। यस्तै फ्रान्सकै पूर्वस्ट्राइकर निकोलस एनेल्काले एमबाप्पेको खेल हेर्दा सन् १९९६ को ओलम्पिकमा रोनाल्डोको खेलको याद दिलाएको बताएका थिए। यसैगरी आइभरी कोस्टका डिडिएर ड्रोग्वाले एमबाप्पे ‘कम्प्लिट स्ट्राइकर’ भएको बताएका थिए। उनको खेल्ने आफ्नै देशका अनरी र ब्राजिलका रोनाल्डोले जस्तै रहेको छ। सानदार फिनिसिङ शैली र मैदानमा द्रुत गतिमा बल अघि बढाउन सक्ने क्षमताका कारण एमबाप्पे धेरैको नजरमा परेका छन्।(साभार:अन्नपूर्ण पोष्ट)

Wednesday, July 18, 2018

भर्खरै क्रिकेटबाट सन्यास घोषणा गरेका शक्ति गौचन को हुन् ?


 वि सं २०४१ बैशाख १०गते भैरहवाकामा जन्मिएका दायाँ हाते लेग स्पिनर शक्तिले अभिभावकसँग भारतको मुम्बईमा बस्दा बल र ब्याट समाएका थिए । मुम्बईमै उमेर समूहको क्रिकेट खेलेका उनले सन् २००० मा यू–१७ टोलीको नेतृत्व गर्दै नेपाली क्रिकेटको यात्रा आरम्भ गरेका थिए । ‘बाबु’, ‘शक्ति, द पावर’, ‘घुचु’, ‘हुटिया’ उपनामले चिनिने शक्तिले सन् २००२ मा भएको एसीसी ट्रफीमा ओमनविरुद्ध नेपाली राष्ट्रिय टोलिबाट डेब्यू गरेका थिए ।
अन्तराष्ट्रिय खेलमा ह्याट्रिक लिने नेपाली राष्ट्रिय टिमका पहिलो खेलाडी शक्तिले नेपाली क्रिकेटका लागि १६ वर्ष बिताएका छन् । शक्ति अन्तराष्ट्रिय शतक हान्ने दोस्रो नेपाली खेलाडी हुन् । उनले २००५ मा इटाली विरुद्ध शतक प्रहार गरेका थिए । १६ मार्च २०१४ मा ििवश्वकप अन्तर्गत हङकङविरुद्धको खेलबाट अन्तर्राष्ट्रिय टि–ट्वान्टी विश्वकप क्रिकेटमा डेब्यु गरेका शक्तिले त्यो खेलमा ४ ओभरमा ९ रन खर्चेर महत्वपूर्ण ३ विकेट लिएका थिए । त्यो खेलमा शक्ति ‘म्यान अफ दि म्याच’ घोषित भएका थिए ।
विभिन्न कठिन मोडमा शक्तिले राष्ट्रिय टोलीलाई आफ्नो स्पीनको जादूमयी बलिङबाट जित दिलाएका छन् । ९ ओटा अन्तर्राष्ट्रिय टि–ट्वान्टी क्रिकेटमा शक्तिले ५ दशमलव ६३ को इकोनोमीमा ८ विकेट लिएका छन् । कम रन दिने भएकै कारण उनलाई लोभी बलरका नामले पनि चिनिन्छ । इन्डियन प्रिमीयर लिग (आईपीएल) मा राजस्थान रोेयल्समा शक्ति ट्रायल दिन गएपछि चर्चामा आएका उनी एसोसिएएट क्रिकेटमा चलाख, भरपर्दा र विश्वस्तरीय स्पीनर हुन् । बसन्त रेग्मीसंग लामो समयसम्म बलिङमा जोडि बाँधेका शक्ति अहिले आफ्नो अन्तर्राष्ट्रिय क्रिकेटको संघारमा आइपुगेका छन् ।
नेपाल डिभिजन ५ देखि टी–२० विश्वकप सहभागी हुँदै अन्तर्राष्ट्रिय एकदिवसीय मान्यता पाउँदासम्मका सारथी बनेका शक्ति यही मान्यताको पहिलो सिरिजबाट नै ऐतिहासिक सन्यास लिने मनसायमा पुगेका छन् । शक्तिले भैरहवामा क्रिकेट एकेडेमी चलाएका शक्ति बाँकी जीवन पनि क्रिकेटकै लागि खर्च गर्ने बताउँछन् ।
२००२ पछि अहिलेसम्म शक्तिको शक्ति
सन् २००२ मा सिनियर राष्ट्रिय टोलीमा डेब्यु गरेका शक्ति नेपाली क्रिकेटले जुन उचाइ प्राप्त गरेको छ,त्यसका अभिन्न अ‌ंग हुन्। नेपालले हात पारेका हरेक उपाधिमा शक्तिले आफ्नो उपस्थीति बलियो देखाएका छन्।
इन्डियन प्रिमियर लिग क्बल राजस्थान रोेयल्समा शक्ति ट्रायल दिन गएको विषय निकै चर्चित बनेको थियो। सन् २०१४ को आईसिसी टीट्वेन्टी विश्वकपमा शक्तीले गरेको प्रदर्शनलाई लिएर उनले शक्ती ‘द पावर’ कै उपमा पाएका थिए।
सन् २०१० को एसियन गेम्सदेखी करिब डेढ वर्ष टोलीमा नपरेका शक्तीले त्यसपछि अझ सशक्त पुनरागमन गरेका थिए। उनले सन् २०१२ मा भएको आईसिसी टीट्वेन्टी विश्वकपको विश्वस्तरको छनोटमा १६ विकेट लिएर प्रतियोगिताकै सर्वाधिक विकेट लिने खेलाडीको सुचीमा दोस्रो स्थानमा रहेका थिए। उनले डेनमार्कविरुद्धको खेलमा ह्याट्रिक समेत लिएका थिए। सिनियर अन्तर्राष्ट्रिय क्रिकेटमा नेपाली खेलाडीको यो पहिलो सफलता थियो।
सोही वर्ष भएको एसिसी ट्रफीमा उनले १५ विकेट लिए भने डिभिजन चारमा १० विकेट हात पारे। डिभिजन चारअन्तर्गत मलेसियाविरुद्ध भएको खेलमा उनले विश्व कीर्तिमानी प्रदर्शन गरेका थिए।
उनले १० ओभरमा ८ मेडन राखेर दुई रन दिँदै तीन विकेट लिएका थिए। एकदिशवशीय स्वरुपका सिनियर अन्तर्राष्ट्रिय प्रतियोगितामा शक्तीको यो बलिङ इकोनोमी अहिलेसम्म कसैले तोड्न सकेको छैन। सन् २००१ मा यू(१७ राष्ट्रिय टोलीमा समावेश हुँदै अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न थालेका शक्तीसँग यू(१९ स्तरको विश्वकप समेत खेलेको अनुभव छ। उनी अन्तर्राष्ट्रिय क्रिकेटमा १० पटक प्लेयर अफ दी म्याच घोषित भएका छन्। सिनियर अन्तर्राष्ट्रिय किकेटमा शतक प्रहार गर्ने थोरै नेपाली खेलाडीको सुचिमा शक्तीको पनि नाम छ।
क्रिकेटप्रति उनको समर्पणलाई लिएर सर्वत्र प्रश‌ंसा हुने गरेको छ।
शक्तीले खेलाडी जिवनपछि पनि क्रिकेटमै सक्रिय हुने छनक देखाइसकेका छन्। उनले भैरहवामा आफैले खोलेको क्रिकेट एकेडेमी सन्चालन भएको पनि केही वर्ष भईसकेको छ।

Monday, July 16, 2018

केलियन एमबाप्पे: जसले खोस्दैछन् मेसी-रोनाल्डोको ताज

आइतवार मस्कोमा खेलिएको विश्व कप फाइनलमा फ्रान्सले क्रोएसियालाई ४-२ ले हराउँदा १९ वर्षीय फरवार्ड केलियन एमबाप्पेको गोल पनि सामेल थियो । फ्रान्सको तर्फबाट खेलको चौथो गोल गर्नासाथै एमबाप्पेको नाम एक उपलब्धिसँग जोडियो । उनी फुटबल विश्वकपको फाइनलमा गोल गर्ने दोस्रो टिनेजर बनेका छन् । 
उनी भन्दा पहिले सन् १९५८ मा विश्व कप फाइनलमा पेलेलले गोल गरेका थिए । त्यो बेला पेलेको उमेर १९ वर्ष थियो । त्यो खेलमा पेलेको दुई गोल मद्धतमा ब्राजिलले स्वीडेनलाई ५-२ ले हराएको थियो । पेलेले सय उपलब्धिलाई लिएर ट्वीट गर्दै एमबाप्पेलाई बधाई पनि दिए । 
सानैदेखि प्रतिभावान
रूसमा भएको यस विश्कपमा एमबाप्पेले चार गोल गरे । उनी सबैभन्दा धेरै गोल गर्ने तीन खेलाडीमा सामेल त भएनन् तर उनले फिफा योङ्ग प्लेयर अफ द टुर्नामेन्टको उपाधि भने जिन्त सफल भए । अर्थात्, उनी विश्वकपका सर्वश्रेष्ठ युवा खेलाडी घोषित भए । 
एमबाप्पेको बाल्यकाल पेरिसको बाहरी इलाकामा बितेको थियो । तर उनी सानैबाट धेरै प्रतिभाशाली थिए, जसले आफ्नो प्रतिभाका कारण मानिसको ध्यान खिचे । 
२० डिसेम्बर १९९८ मा फ्रान्सको राजधानी पेरिसमा जन्मिएका एमबाप्पेका पिता विल्फ्राइड मुलत: क्यामरूनका हुन् । उनी फुटबल कोच हुनु र एमबाप्पेका एजेन्ट पनि । एमबाप्पेकी आमा फाएजा लमारी अल्जेरियाकी हु्न् । उनी ह्यान्डबलकी खेलाडी समेत हुन् । 
एमबाप्पेले आफ्नो करियरको शुरुआत पेरिसको फुटबल क्लब एएस बोन्डीबाट सुरु गरे । जहाँ उनका पिता विल्फ्राइड पनि कोच थिए । यहाँ एमबाप्पेले अर्का एक कोच एन्टोनियो रिकार्डीसँग पनि प्रशिक्षण लिन पाए । 
एमबाप्पेको बारेमा रिकार्डीले बीबीसीसँग भनेका थिए, 'एमबाप्पे त्यो समय छ वर्षका थिए, जब मैले पहिलो पटक उनलाई प्रशिक्षण दिएँ । त्यही बेला मैले उनी अन्य बालकहरु भन्दा केही अलग छन् भन्ने महसुस गरेको थिएँ ।'
एमबाप्पे चर्चित भएपछि एएस बोन्डी क्लबको सदस्यता लिनका लागि होड नै चलेको थियो । रिकार्डीले एमबाप्पेको प्रतिभाबारेमा अगाडि भने, "उनको ड्रिबलिङ्ग गजबको थियो र उनी अन्य खेलाडीमा धेरै तेज थिए । मैले यहाँ १५ वर्ष प्रशिक्षण दिएँ र यस क्रममा मैले उनी भन्दा उत्कृष्ट अन्य कुनै खेलाडी देखिनँ । त्यसो त पेरिसमा धेरै प्रतिभा छन् तर उनी जस्ता अरु कोही छैनन्, उनी सर्वश्रेष्ठ छन् ।'
विश्वभर प्रशंसक
एएस बोन्डीपछि एमबाप्पे क्लेयरफोन्टेन एकेडेमीमा गए । त्यहाँ उनको प्रतिभा देखेर उनलाई कयौँ फ्रान्सेली क्लब, रियाल मड्रिड, चेल्सी, लिभरपुल र म्यानचेस्टर सिटीसम्मले अनुबन्धन गराउने कोशिश गरेका थिए । 
एमबाप्पे १२ देखि १५ वर्षको उमेरमा क्लेयरफोन्टेन एकेडेमीका लागि खेल्थे । तर सुरुआत बोन्डीका लागि खेलेका थिए । 
फुटबल क्लबले उनलाई अनुबन्ध गराउन होडबाजी गरेको कुराको पुष्टि विश्वका विश्वकै दोस्रा महंगा फुटबलरका रुपमा उनी मोनाकोबाट पेरिस सेन्ट जर्मेन गएको कुराले पनि गरेको छ । 
यसै वर्ष १३५ मिलियन युरोमा उनी मोनाकोबा पेरिस सेन्ट जर्मेन गएका थिए । जर्मनीका पूर्व स्ट्राइकर तथा म्यानेजर जर्गन क्लिन्समन भन्छन्, 'अहिले त एमबाप्पेले अझै धेरै आउन बाँकी छ। उनले विश्व फुटबल बजारलाई हल्लाइदिएका छन् ।'
३३ वर्षका रोनाल्डो र ३१ वर्षका मेसीलाई बितेका एक दशकदेखि विश्वका सर्वश्रेष्ठ खेलाडीका रुपमा मानिन्छ । फुटबलका पछिल्ला १० प्रतिष्ठित बालोन डोर अवार्ड पनि यिनै दुई खेलाडीको पोल्टामा परेको छ। 
तर इङ्ल्यान्डका पूर्व रक्षक रियो फर्डिनान्ड भन्छन्, 'लियोनेल मेसी र क्रिस्टियानो रोनाल्डो विश्वका सर्वश्रेष्ठ खेलाडीको ताज फ्रान्सका टिनेजर केलियन एमबाप्पेलाई सुम्पिरहेका छन् ।' म्यानचेस्टर युनाइटेडका लागि खेलिसकेका फर्डिनान्ड अगाडि थप्छन्, 'अबका कयौँ वर्षसम्म एमबाप्पे बालोड डिओरको मञ्चमा देखिनेछन् । 
फर्डिनान्डका अनुसार एमबाप्पेमा उमेर भन्दा धेरै परिपक्वता देखिएको छ । अर्कातिर जर्मनीका पूर्व स्ट्राइकर क्लिन्समन भन्छन्, 'एमबाप्पेलाई देख्दा यस्तो लाग्छ उनी १० वर्षदेखि फ्रान्सको टिममा खेलिरहेका छन् ।'
(साभार:अन्नपूर्ण पोष्ट )

Sunday, July 15, 2018

मेस्सीलार्इ घर फर्काउने किशाेर एम्बाप्पे काे हुन्?

खेलपछि मेस्सीसँग अंगालो मार्दै एम्बाप्पे खेलपछि मेस्सीसँग अंगालो मार्दै एम्बाप्पे

ती तीन वर्षअघि मात्रै उनले आफ्नो उच्च माध्यमिक शिक्षा सिध्याएका हुन्। त्यसपछिका उनले फ्रान्सको राष्ट्रिय फुटबल लिग लिगा वानको उपाधि २ पटक जितिसके भने राष्ट्रिय टोली र विश्वको सफलमध्येको एक पेरिस सेन्ट जर्मन(पीएसजी) को टोलीबाट नियमित खेल्ने गर्छन्।
सन् १९९८ मा जन्मिएका यी फरवार्ड २०१७ अघिल्लो सिजनमा मोनाकोबाट ऋणमा पीएसजी आएका थिए। पीएसजीले उनलाई १ सय ८० मिलियन युरोमा नेमारपछि विश्वको दोस्रो महँगो खेलाडीका रुपमा अनुबन्ध गरेको थियो।
२०१६–१७ को सिजनमा मोनाकोबाट उनको व्यवसायिक फुटबल करिअर सुरु भएको हो। पहिलो सिजनमै मोनाकोबाट उनले लिगा वानको उपाधि जिते। मोनाकोबाट ४१ खेल खेल्दै १६ गोल गरेपछि अगष्ट १६ मा पीएसजीले उनलाई नेमारलाई बार्सिलोनाबाट लिए लगत्तै भित्र्याएको थियो। जहाँ उनले पछिल्ला १७ खेल खेल्दै १३ गोल गरेका छन्। २०१७–१८ को सिजनमा उनीसहितको पीएसजीले पुनः लिगा वानको उपाधि जित्न सफल भएकाे थियाे।
एम्बाप्पे
एम्बाप्पे
फ्रान्सको राष्ट्रिय टोलीबाट एम्बाप्पेले मार्च २०१७ मा डेब्यू गरेका हुन्। त्यसअघि उनले १७ र १९ वर्ष मुनिको राष्ट्रिय टोलीबाट खेलेका थिए। पहिलोपटक विश्वकप खेलिरहेका उनले समूहचरणको खेलमा पेरुविरुद्ध गोल गर्दै समूह चरणमा सबैभन्दा कम उमेरमा गोल गर्ने फ्रान्सेली खेलाडी बनेका थिए। अन्तिम १६ मा भने अर्जेन्टिनाविरुद्ध एक पछि अर्को गोल गर्दै उनले सारा विश्वको ध्यान आफूतिर खिचेका छन्।
फुटबलकै सेरोफेरोमा बाल्यकाल
पेरिसको उत्तर पूर्वमा रहेको बोन्डी भन्ने स्थानमा उनको जन्म भएको हो। उनका बुबा वेलफ्रिर्ड एम्बाप्पे फुटबल प्रशिक्षक थिए। फ्रान्सले १९९८ मा विश्वकप जितेको ठिक ६ महिनापछि उनको जन्म भएको थियो। फ्रान्सले स्टेड दी फ्रान्समा विश्वकपको ट्रफी उचालेको थियो। जुन उनको घरभन्दा ११ किलोमिटर टाढा अवस्थित छ।
बाल्यकालमा एम्बाप्पे
बाल्यकालमा एम्बाप्पे
‘मेरा छोरालाई फुटबलप्रति मोह मात्रै थिएन, उ त पागलै थियो,’ बुबा वेलफ्रिर्ड भन्छन्, ‘म प्रशिक्षण दिन जाँदा उ जहिले पनि मसँगै जान्थ्यो। हप्तामा सातै दिन उ मैदानमा हुने हरेक गतिबिधि नियाल्थ्यो। कहिलेकाही त उ चार पाँच वटा खेलहरु लगातार नथाकेर हेथ्र्यो।’
६ वर्षको उमेरसम्म एम्बाप्पे फ्रान्सका राम्रा फुटबल खेल्ने बच्चाहरु मध्येमा एक गनिन थालिसकेका थिए। त्यतिबेला देखि नै फ्रान्सको फुटबल फेडेरेसनको नजर उनीमाथि पर्यो। ११ वर्षको उमेरमा उनलाई फेडेरेशनले आफ्नो प्रशिक्षण केन्द्र क्लारेफोन्टिनेका लािग छनोट गर्यो। जहाँ फ्रान्सका राष्ट्रिय टोलीका सदस्यहरुको विशेष प्रशिक्षण हुने गथ्र्यो। जहाँ उनले छिट्टै आफ्नो प्रतिभाले सबैको मन जिते।
१३ वर्षको उमेरमा एम्बाप्पेको कोठामा रहेका फुटबलरका तस्बिरहरु
१३ वर्षको उमेरमा एम्बाप्पेको कोठामा रहेका फुटबलरका तस्बिरहरु
कसैले उनलाई उनको चाहाना सोध्यो भने स्पेनी महारथी क्लब रियल मड्रिडबाट खेल्ने चाहाना राख्दै भन्थे, ‘हामीले चन्द्रमा छुने लक्ष्य राख्नुपर्छ। यदि हामी त्यहाँ पुग्न सकेनौं भनेपनि बादलसम्म त पक्कै पुग्छौं।’
क्लब फुटबल
२ वर्षसम्म राष्ट्रिय प्रशिक्षण केन्द्रमा प्रशिक्षण लिइसकेपछि खेलाडीहरुको क्लब प्रायः खेलाडीहरुको क्लबहरुमा अनुबन्ध हुन्थे। उनको प्रतिभा देखेर लिगा वानका सहित रियल मड्रिड, चेल्सी, म्यानचेस्टर सिटी, लिभरपुल र वायर्न म्युनिखले लिने चाहाना व्यक्त गरेका थिए। तर, १४ वर्षको उमेरमा उनले लिगा वान क्लब मोनाकोसँग हस्ताक्षर गरे।
नेमारसँग लिगावानको उपाधि उचालेपछि खुशी साट्दै एम्बाप्पे
नेमारसँग लिगावानको उपाधि उचालेपछि खुशी साट्दै एम्बाप्पे
२०१५ मो डिसेम्बरमा मोनाकोबाट परिवर्तित खेलाडीका रुपमा डेब्यू गरेका उनी क्लबको इतिहासमा सबैभन्दा कम उमेर(१६वर्ष ३४७ दिन)मा डेब्यू गर्ने खेलाडी बनेका थिए। २१ वर्षअघि यो कीर्तिमान स्टार थेयरी हेनरीका नाममा थियो।
लगत्तै १७ वर्ष ६२ दिनका दिन मोनोकोबाट पहिलो गोल गर्दै उनले पुनः हेनरीका नाममा रहेको सबैभन्दा कम उमेरमा पहिलो गोल गर्ने रेकर्ड तोडे। यस्तै २०१६ को डिसेम्बरमा उनले पहिलो रेन्नासविरुद्धको खेलमा पहिलो लिग ह्याट्रिक गरेका थिए। अर्को सिजनमा उनी पीएसजीसँग कीर्तिमानी मुल्यमा अनुबन्ध भए।

२०१६ मा जर्मनीमा भएको १९ वर्ष मुनिको युरोकपमा उनी स्टार खेलाडीका रुपमा उदाए। सेमिफाइनलमा दुईसहित उनले पाँच गोल गरेको थिए। सिनियर राष्ट्रिय टोलीबाट उनले १९ खेल खेल्दै ७ गोल गरेका छन्।