Wednesday, October 24, 2018

पिपिएल विजेतालाई घरेलु क्रिकेट नेपालकै सर्वाधिक २७ लाख रुपैयाँ पुरस्कार


Pokhara Premier League
मार्की प्लेयर

  • LS Dhami
क्विन्स इभेन्ट्सले आयोजनामा  कार्तिक ९ गते शुक्रबार देखि पोखरामा सुरु हुने पोखरा प्रिमियर लिग ( पिपिएल ) टि -२० प्रतियोगिताको विजेताले नेपाली घरेलु क्रिकेटमै सर्वाधिक पुरस्कार राशी पाउने भएको छ। प्रतियोगिताको मुख्य प्रयोजन नमस्ते प्रिमियम बियरले गर्ने आयोजकले प्रेस बिज्ञप्तिमार्फत घोषणा गरेको छ।
लिगमा कुल ६ टोलि सहभागी हुँदै छन् जस अन्तर्गत चितवन राइनोजको मार्की प्लेयर पारस खड्का, बिराटनगर टाईटन्सको मार्की प्लेयर सन्दिप लामिछाने, बुटवल ब्लास्टर्सको मार्की प्लेयर सोमपाल कामि, पोखरा पल्टनको मार्की प्लेयर शरद भेसावकर, धनगढी ब्लुजको मार्की प्लेयर दिपेन्द्र ऐरि तथा काठमाडौँ रोयल्सको मार्की प्लेयर ज्ञानेन्द्र मल्ल रहेका छन्।
घरेलु क्रिकेटमा नेपालकै सर्वाधिक पुरस्कार राशी 
पोखरा प्रिमियर लिगको विजेताले यस अघि घोषणा गरे अनुसार नेपाली घरेलु क्रिकेटमै सर्वाधिक पुरस्कार राशी २७ लाख रुपैयाँ प्रदान गर्ने भएको छ। उपविजेता टोलिले १० लाख रुपैयाँ प्राप्त गर्नेछ।
यस अघि नेपाली घरेलु क्रिकेटमा धनगढी प्रिमियर लिगले ( डिपीएल ) पछिल्लो संस्करणको विजेतालाई सर्वाधिक २५ लाख रुपैयाँ प्रदान गरेको थियो जसलाई पिपिएलले उछिनेको छ। डिपीएलको उपविजेताले भने समान १० लाख रुपैयाँनै पाएको थियो।

Pokhara Cricket Ground
Pokhara Cricket Ground 

उत्कृस्ट ३ खेलाडीलाई सुजुकी जिक्सर बाइक
पिपिएल आयोजक क्विन्स इभेन्ट्सले शनिबार प्रतियोगिताको प्लेयर अफ द सिरिज, बेस्ट ब्याट्सम्यान र बेस्ट बलरले १५५ सिसीको सुजुकी जिक्सर बाइक पाउनेछ। नेपाली क्रिकेटमै एकै प्रतियोगितामा उत्कृस्ट ३ जना खेलाडीले बाइक पाउन लागेको यो नै पहिलो पटक हो।
यस्तै प्रत्येक खेलमा रिलायन्स सुपर टेक सिमेन्ट म्यान अफ द म्याचले नगद १० हजार रुपैयाँ र प्रायोजकहरुबाट (एक्स्टेप, सुबीसु, आदि) ५ हजार बराबरको गिफ्ट विभिन्न ह्याम्परप्राप्त गर्नेछन्। लिगको हरेक खेलको विजेता टिमले रिलायन्स सिमेन्ट विनिङ बोनसस्वरुप नगद पुरस्कार १५ हजार ५ सय रुपैयाँ प्राप्त गर्नेछ।
यसबाहेक प्रत्येक खेलमा क्लियर टिभी क्लियर क्याच विजेताले वार्षिक सुबीसुको प्रिमियम प्याकेज प्राप्त गर्नेछन्। साथसाथै हरेक खेलमा सबैभन्दा कम बलमा अर्धशतक प्रहार गर्नेले सुबीसु फास्टेस्ट ५० विजेताले सुबीसुकोतर्फबाट १ वर्षका लागि हाइ स्पिड इन्टरनेट सुविधा पाउनेछन्।
source:wicketNepal

No comments: