Monday, October 22, 2018

सन्दीपको अर्को छलाङ::बिग बास खेल्ने पहिलो एसोसिएट राष्ट्रको खेलाडि

sandeep with Universe Boss Chris Gyle
Sandeep Ipl

आईपीएलमा दिल्लीबाट खेलेका सन्दिपले ३ खेलमा ५ विकेट लिएका थिए भने ग्लोबल टि-२० लिगमा मोन्टरियल टाइगर्सको लागि खेल्ने क्रममा ५ खेलमा ८ विकेट लिएका थिए। यस्तै क्यारेबियन प्रिमियर लिगमा सेन्ट किट्स एण्ड नेभिस पेट्रीएट्सको लागि उनले ५ खेलमा कुल ७ विकेट लिएका छन्। सबै लिगमा सन्दिपको इकोनोमी राम्रो रहेको छ भने टिमको महत्वपूर्ण खेलाडीको रुपमा आफुलाई प्रमाणित गरेका छन्।


Sandeep with Michael Clarke
नेपाली लेग स्पिनर सन्दिप लामिछाने आइपीएल पछि बिश्वकै दोश्रर्चित अष्ट्रेलियाको घरेलु टि-२० प्रतियोगिता बिग ब्यास लिग खेल्ने पहिलो नेपाली खेलाडी बनेका छन्।
योसंगै सन्दिप बिग ब्यास लिग खेल्ने पहिलो एसोसिएट खेलाडी समेत बनेका छन्। प्रतियोगिता यहि डिसेम्बर १९ बाट सुरुहुँदै छ।
गत बर्ष इन्डियन प्रिमियर लिगमा दिल्ली डेयरडेभिल्सको प्रतिनिधित्व गरेसंगै सन्दिप विश्वभरका ट्वान्टी-२० लिगमा सहभागी हुँदै आएका छन्। क्यानडाको ग्लोबल टि-२०, क्यारेबियन प्रिमियर लिग (सिपिएल), अफगानिस्तान प्रिमियर लिग (एपिएल) खेलीसकेका सन्दिप केहि महिनापछि आयोजना हुने टि-१० लिगका लागि समेत छनौट भएका छन्।
अष्ट्रेलियाको घरेलु टि-२० प्रतियोगिता बिग ब्यासका लागि सन्दिप लामिछानेलाई मेलबर्न स्टारले अनुबन्धन गरेको हो। सन्दिपले बिग ब्यास लिग खेल्ने आफ्नो सपना रहेको समेत समय समयमा बताउंदै आएका थिए।
बिग ब्यास लिग खेले बापत सन्दिपले कति पैसा पाउनेछन् भने सार्वजनिक गरिएको छैन।
सन्दिपको टोलि मेलबर्न स्टारबाट ग्लेन म्याक्स्वेल, मार्कस स्टोइनिस, पिटर ह्यान्डसकम्ब, एडम जाम्पा, केभिन पिटरसन् जस्ता स्टार खेलाडीले खेलिसकेका छन्। स्टार्सले अहिलेसम्म प्रतियोगिताको उपाधि जित्न सकेको छैन।

बंगलादेश प्रिमियर लिगमा पनि सन्दिपको नाम :
यसै बीच बंगलादेशको घरेलु ट्वान्टी-२० प्रतियोगिता बंगलादेश प्रिमियर लिग (बिपिएल) मा समेत सन्दिप लामिछाने छनौट भएको खबर बाहिरिएको छ। प्रख्यात क्रिकेट साइट क्रिकइन्फो डट कमले उल्लेख गरे अनुसार सन्दिप लामिछानेले सिल्हेट सिक्सरको लागि प्रतियोगिता खेल्नेछन्। यस बिषयमा आधिकारिक जानकारी भने पुष्टि भैसकेको छैन।

पछिल्लो समयमा सर्वाधिक सफल नेपाली क्रिकेटर बन्नेक्रममा सन्दिपले इन्डियन प्रिमियर लिग (आइपिएल) बाट अन्तर्राष्ट्रिय फ्रेनचाइज क्रिकेट यात्रा सुरु गरेका थिए। नेपाली लेग स्पिनर यस अघि इन्डियन प्रिमियर लिग ( आईपीएल ), ग्लोबल टि-२० क्यानडा र क्यारेबियन प्रिमियर लिग टि-२० खेलीसकेका छन्। इन्डियन प्रिमियर लिगमा सन्दिप २० लाख भारतीय रुपैयाँमा बिक्रि भएका थिए भने क्यारेबियन प्रिमियर लिगमा ५ हजार डलर तथा ग्लोबल टि-२० लिग क्यानडामा ४० हजार डलरमा ड्राफ्टबाट सन्दिप छानिएका थिए।

No comments: