 |
| शक्तिदाइले खेलाडी जीवनबाट सन्यास लिदै गर्दै टि यु खेल मैदानमा लिएको सेल्फी |
#शक्ति_गौचन
एउटा यस्तो नाम,जस्ले खेलले मात्र नभै आफ्नो शान्त स्वाभाब र हसिलो अनुहार अनि नेपालको लागि १९ बर्स खेली नेपाललाई एक दिबसिय मान्यता सम्म ल्याई पुर्याई,आफ्नो खेल जीवनबाट सन्यास लिए।खाइ नखाइ अभाबै अभाबमा खेलेर पनि देशलाइ यहाँसम्म पुराउने मुख्य भुमिका शक्ति दाइको पनि थियो । विपक्षि ब्याटम्यानले अरु बलरलाइ कुटिरहेको बेला शक्ति दाइले अनेकौ पटक सम्हालेको याद ताजा छ । सलुट छ दाइ तपाइलाइ देशले शधै सम्झनेछ ❤️
वि सं २०४१ बैशाख १०गते भैरहवाकामा जन्मिएका दायाँ हाते लेग स्पिनर शक्तिले अभिभावकसँग भारतको मुम्बईमा बस्दा बल र ब्याट समाएका थिए । मुम्बईमै उमेर समूहको क्रिकेट खेलेका उनले सन् २००० मा यू–१७ टोलीको नेतृत्व गर्दै नेपाली क्रिकेटको यात्रा आरम्भ गरेका थिए । ‘बाबु’, ‘शक्ति, द पावर’, ‘घुचु’, ‘हुटिया’ उपनामले चिनिने शक्तिले सन् २००२ मा भएको एसीसी ट्रफीमा ओमनविरुद्ध नेपाली राष्ट्रिय टोलिबाट डेब्यू गरेका थिए ।
पाली क्रिकेटले अन्तर्राष्ट्रिय जगतमा सफलता पाउन थालेदेखिको निरन्तर स्तम्भ र साक्षी हुन शक्ति गौचन । भैरहवाको टोलीबाट उदाएका यि प्रतिभाले नेपाली क्रिकेटलाई लगभग दुई दशक साथ दिए । यही दुई दशक लामो यात्रालाई विश्राम दिदै शक्तिले सक्रिय खेलाडी जीवनबाट शनिबार हात उठाएका छन् शक्तिले साउनमा नेदरल्यान्ड्सविरुद्धको एकदिवसीय शृंंखला आफ्नो अन्तिम अन्तर्राष्ट्रिय खेल हुने घोषणा गरेका थिए।एकदिवसीय मान्यता पाएपछि नेपाली राष्ट्रिय टोलीले नेदरल्यान्ड्ससँग पहिलो खेल खेल्ने तयारी गर्दै थियो। सोही खेल शक्तिका लागि राष्ट्रिय टोलीबाट अन्तिम अन्तर्राष्ट्रिय खेल थियो। नेदरल्यान्ड्स भ्रमणको पहिलो खेलमा हार बेहोरेको नेपालले दोस्रो खेलमा जितका साथ शृंखला बराबरी गर्दा शक्तिको अन्तर्राष्ट्रिय भ्रमणले पनि सुखद बिट मारेको थियो।
 |
The Power Shakti Gauchan
शक्ति घरेलु मैदानमा हुने अन्तर्राष्ट्रिय खेलपछि घरेलु समर्थकमाझ खेलजीवनबाट बिट मार्ने चाहनामा थिए। तर नेपाल क्रिकेट संघ (क्यान) को अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) बाट निलम्बन र नेपालमा अन्तर्राष्ट्रिय टोलीको भ्रमणका लागि कतैबाट पनि पहल नहुँदा शक्तिले एभरेस्ट प्रिमियर लिग (इपिएल) नै खेलजीवनको अन्तिम प्रतियोगिता र चितवन टाइगर्स अन्तिम प्रतिद्वन्द्वी हुने निधो गरे।
कीर्तपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा जारी एभरेस्ट प्रिमियर लिग (इपिएल) मा शक्तिको टोली पोखरा राइनोजले समूहको अन्तिम खेलमा चितवन टाइगर्सलाई ७ विकेटको नतिजा सुम्पिएसँगै उनको सुखद बिदाइ लक्ष्य पूर्ण हुन सकेन। अन्तिम खेलमा पोखराले नियमित कप्तान काइल कोइट्जरको स्थानमा उनलाई कप्तानको जिम्मेवारी दिएको थियो।
प्रतियोगिताको सुरुआती ४ खेल गुमाएसँगै पोखरा यसअघि नै प्रतियोगिताबाट बाहिरिसकेको थियो। प्रतियोगिताको ५ खेलमा गरी १८.५ ओभर बलिङ गरेका शक्तिले मात्र २ विकेट लिए। बिदाइको क्षणमा आफूलाई सम्हाल्न नसक्दा खेलमैदानमै उनको आँसु झर्यो। उनको भावुक क्षणलाई उपस्थित सबैले अनुभूत गरे। शक्तिलाई पोखरा राइनोज र चितवन टाइगरका खेलाडीले काँधमा राख्दै मैदानवरपर घुमाए। सो क्रममा उनले नेपालको झन्डा काँधमा बोकेर आँसु झार्दै दर्शकलाई अभिवादन गरेका थिए।
‘मेरो एउटै चाहाना थियो, घरेलु समर्थकमाझ खेलजीवनलाई पूर्णविराम लगाउने,’ शक्तिले भने, ‘एटटा खेलाडीले सधैं खेलजीवनको सुखद अन्त्य चाहन्छ। तर मेरो हकमा भने त्यो भएन। मैले राष्ट्रिय स्तरको प्रतियोगिताबाटै खेल जीवन टुंग्याउने निर्णय लिएको हुँ।’
शक्तिले १९ वर्षे खेलजीवनबाट टाढा भए पनि आफू क्रिकेटबाट भने कहिल्यै टाढा नहुने बताए। शक्तिले अब आफ्नो लक्ष्य नेपाललाई १० वर्षभित्र टेस्ट राष्ट्रको मान्यता दिलाउनु रहेको बताए।
‘हामीले अहिले एकदिवसीय राष्ट्रको मान्यता पाएका छाैं, यो ठूलो उपलब्धि हो। अब मेरो सपना र लक्ष्य भनेको नेपाललाई आगामी १० वर्षभित्रमा टेस्ट राष्ट्रको मान्यता दिलाउनु हो,’ शक्तिले भने, ‘त्यसको लागि म हरेक क्षेत्रबाट लागिपर्नेछु।’
उनले सम्पूर्ण नेपाली क्रिकेट समर्थकलाई धन्यवाद व्यक्त गरे। चितवनविरुद्धको खेलमा शक्तिले ४ ओभरमा २५ रन दिए पनि विकेट भने प्राप्त गर्न सकेनन्। पोखराको इनिङमा उनी १ रनमा अविजित रहेका थिए।
अगामी दिन अझ शसक्त रहनु शक्ति दाइ
नेपाली क्रिकेटलाई यो स्थानसम्म ल्याई पुर्याएर आफ्नो जिम्मेवारी नयाँ पुस्तालाई सुम्पने तपाईको यो निर्णयको स्वागत सँगै सुखद भविष्यको शुभकामना।
तपाईको योगदानलाई नेपाली क्रिकेट जगतले कहिले बिर्सने छैन।
|
No comments:
Post a Comment