वि सं २०४१ बैशाख १०गते भैरहवाकामा जन्मिएका दायाँ हाते लेग स्पिनर शक्तिले अभिभावकसँग भारतको मुम्बईमा बस्दा बल र ब्याट समाएका थिए । मुम्बईमै उमेर समूहको क्रिकेट खेलेका उनले सन् २००० मा यू–१७ टोलीको नेतृत्व गर्दै नेपाली क्रिकेटको यात्रा आरम्भ गरेका थिए । ‘बाबु’, ‘शक्ति, द पावर’, ‘घुचु’, ‘हुटिया’ उपनामले चिनिने शक्तिले सन् २००२ मा भएको एसीसी ट्रफीमा ओमनविरुद्ध नेपाली राष्ट्रिय टोलिबाट डेब्यू गरेका थिए ।
अन्तराष्ट्रिय खेलमा ह्याट्रिक लिने नेपाली राष्ट्रिय टिमका पहिलो खेलाडी शक्तिले नेपाली क्रिकेटका लागि १६ वर्ष बिताएका छन् । शक्ति अन्तराष्ट्रिय शतक हान्ने दोस्रो नेपाली खेलाडी हुन् । उनले २००५ मा इटाली विरुद्ध शतक प्रहार गरेका थिए । १६ मार्च २०१४ मा ििवश्वकप अन्तर्गत हङकङविरुद्धको खेलबाट अन्तर्राष्ट्रिय टि–ट्वान्टी विश्वकप क्रिकेटमा डेब्यु गरेका शक्तिले त्यो खेलमा ४ ओभरमा ९ रन खर्चेर महत्वपूर्ण ३ विकेट लिएका थिए । त्यो खेलमा शक्ति ‘म्यान अफ दि म्याच’ घोषित भएका थिए ।
विभिन्न कठिन मोडमा शक्तिले राष्ट्रिय टोलीलाई आफ्नो स्पीनको जादूमयी बलिङबाट जित दिलाएका छन् । ९ ओटा अन्तर्राष्ट्रिय टि–ट्वान्टी क्रिकेटमा शक्तिले ५ दशमलव ६३ को इकोनोमीमा ८ विकेट लिएका छन् । कम रन दिने भएकै कारण उनलाई लोभी बलरका नामले पनि चिनिन्छ । इन्डियन प्रिमीयर लिग (आईपीएल) मा राजस्थान रोेयल्समा शक्ति ट्रायल दिन गएपछि चर्चामा आएका उनी एसोसिएएट क्रिकेटमा चलाख, भरपर्दा र विश्वस्तरीय स्पीनर हुन् । बसन्त रेग्मीसंग लामो समयसम्म बलिङमा जोडि बाँधेका शक्ति अहिले आफ्नो अन्तर्राष्ट्रिय क्रिकेटको संघारमा आइपुगेका छन् ।
नेपाल डिभिजन ५ देखि टी–२० विश्वकप सहभागी हुँदै अन्तर्राष्ट्रिय एकदिवसीय मान्यता पाउँदासम्मका सारथी बनेका शक्ति यही मान्यताको पहिलो सिरिजबाट नै ऐतिहासिक सन्यास लिने मनसायमा पुगेका छन् । शक्तिले भैरहवामा क्रिकेट एकेडेमी चलाएका शक्ति बाँकी जीवन पनि क्रिकेटकै लागि खर्च गर्ने बताउँछन् ।
२००२ पछि अहिलेसम्म शक्तिको शक्ति
सन् २००२ मा सिनियर राष्ट्रिय टोलीमा डेब्यु गरेका शक्ति नेपाली क्रिकेटले जुन उचाइ प्राप्त गरेको छ,त्यसका अभिन्न अंग हुन्। नेपालले हात पारेका हरेक उपाधिमा शक्तिले आफ्नो उपस्थीति बलियो देखाएका छन्।
सन् २००२ मा सिनियर राष्ट्रिय टोलीमा डेब्यु गरेका शक्ति नेपाली क्रिकेटले जुन उचाइ प्राप्त गरेको छ,त्यसका अभिन्न अंग हुन्। नेपालले हात पारेका हरेक उपाधिमा शक्तिले आफ्नो उपस्थीति बलियो देखाएका छन्।
इन्डियन प्रिमियर लिग क्बल राजस्थान रोेयल्समा शक्ति ट्रायल दिन गएको विषय निकै चर्चित बनेको थियो। सन् २०१४ को आईसिसी टीट्वेन्टी विश्वकपमा शक्तीले गरेको प्रदर्शनलाई लिएर उनले शक्ती ‘द पावर’ कै उपमा पाएका थिए।
सन् २०१० को एसियन गेम्सदेखी करिब डेढ वर्ष टोलीमा नपरेका शक्तीले त्यसपछि अझ सशक्त पुनरागमन गरेका थिए। उनले सन् २०१२ मा भएको आईसिसी टीट्वेन्टी विश्वकपको विश्वस्तरको छनोटमा १६ विकेट लिएर प्रतियोगिताकै सर्वाधिक विकेट लिने खेलाडीको सुचीमा दोस्रो स्थानमा रहेका थिए। उनले डेनमार्कविरुद्धको खेलमा ह्याट्रिक समेत लिएका थिए। सिनियर अन्तर्राष्ट्रिय क्रिकेटमा नेपाली खेलाडीको यो पहिलो सफलता थियो।
सोही वर्ष भएको एसिसी ट्रफीमा उनले १५ विकेट लिए भने डिभिजन चारमा १० विकेट हात पारे। डिभिजन चारअन्तर्गत मलेसियाविरुद्ध भएको खेलमा उनले विश्व कीर्तिमानी प्रदर्शन गरेका थिए।
उनले १० ओभरमा ८ मेडन राखेर दुई रन दिँदै तीन विकेट लिएका थिए। एकदिशवशीय स्वरुपका सिनियर अन्तर्राष्ट्रिय प्रतियोगितामा शक्तीको यो बलिङ इकोनोमी अहिलेसम्म कसैले तोड्न सकेको छैन। सन् २००१ मा यू(१७ राष्ट्रिय टोलीमा समावेश हुँदै अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न थालेका शक्तीसँग यू(१९ स्तरको विश्वकप समेत खेलेको अनुभव छ। उनी अन्तर्राष्ट्रिय क्रिकेटमा १० पटक प्लेयर अफ दी म्याच घोषित भएका छन्। सिनियर अन्तर्राष्ट्रिय किकेटमा शतक प्रहार गर्ने थोरै नेपाली खेलाडीको सुचिमा शक्तीको पनि नाम छ।
क्रिकेटप्रति उनको समर्पणलाई लिएर सर्वत्र प्रशंसा हुने गरेको छ।
शक्तीले खेलाडी जिवनपछि पनि क्रिकेटमै सक्रिय हुने छनक देखाइसकेका छन्। उनले भैरहवामा आफैले खोलेको क्रिकेट एकेडेमी सन्चालन भएको पनि केही वर्ष भईसकेको छ।
No comments:
Post a Comment