Tuesday, October 2, 2018

सिगाश धाम

 
सिगाश गा.पा.०२ रहेको सिगाश बाबाको मन्दिर

➤LS Dhami

सुन्दर सुदूरपश्चिम प्रदेश  विभिन्न सांस्कृतिक, आर्थिक, धार्मिक तथा पर्यटकीय दृष्टिकोणले उच्च सम्भावना बोकेको सुन्दर  ठाउँ हो \यहाँको अनुपम सम्पदाले पर्यटकलाइ अनेक किसिमले  लोभ्याइरहेको हुन्छ| त्यसै मध्यको एक हो    - श्री सिगाश धाम बैतडी 
 तत्कालिन ५  वटा गा.वि.स.गाँजरी,सिगाश,थालाकांडा शिवलिंग ढुंगाड(च्वाँगढ   क्षेत्र)अहिलेको सिगाश गाउपालिका को मध्यभागमा रहेको छ र यो अत्यन्तै उच्च सिखरमा रहेको मन्दिर  को आफ्नै लामो कालखण्ड देखिको इतिहास र यसप्रति यसक्षेत्रका मानिसको गहिरो आस्था रहिआएको यस क्षेत्रमा प्रत्यक बर्ष कार्तिक महिनामा बिशाल मेला लाग्ने गर्दछ र बैतडी बझाङ र डोटी बाट समेत भक्तजन मेला भर्न आउने गरेकाछन | यसबेला यो क्षेत्रका देश विदेश तिर गएका ब्यक्तिहरु समेत नबिराई घर आउछन र श्री सिगास महाप्रभु को भक्तिमा समर्पित हुन्छन / यो अत्यन्त अग्लो सिखरमा रहेको धाम बाट यो क्षेत्र बाट धेरै टाढा रहेका ठाउँ हरु जस्तो दिपायलको डोटी क्षेत्र, डडेल्धुरा,बझाङ, साथै भारतको कुमाउ, गडवाल यानकि पिथोरागढ़ समेत राम्रो संग देखिन्छ|जसबाट यो प्रस्ट हुन्छ कि एकै ठाउमा गएर थुप्रै ठाउँ हरु देख्न सकिने यो एक अत्यन्त रमणीय ठाउँ बैतडी जिल्लाकै उच्च सिखर हो र धार्मिक तथा पर्यटकीय दृष्टिले एकदमै महत्वपूर्ण छ | 
यस क्षेत्र को विकास तथा विस्तार को लागि पहुच वाला ब्यक्ति, यो क्षेत्रका नेताहरु तथा सरकार कसैको पनि उचित ध्यान पर्न नसकेको कारण यो क्षेत्र शुसुप्त र सिमित अवस्थामा रहेको छ | यसको बिकाश तथा बिस्तारको लागि पहुँच हुने वाला ब्यक्तिहरुले आफ्नो सिमित स्वार्थलाई मात्रै नहेरी सामाजिक तथा राष्ट्रिय स्वार्थलाई मध्यनजर गरि अगाडी बढेमा यो क्षेत्र को विकास सहजै हुनेछ र यो क्षेत्रका जनताहरुको जीवनमा आर्थिक तथा सबै रुपमा कायापलट हुने निश्चित छ|